News Portal

नेपाली सहयोगी हातहरु मकाउद्वारा तीज विशेष २०२० आयोजना

मकाउका स्थानीय महिलाहरुको समेत सहभागिता

हिमाली संचार संवाददाता
६२३ पटक
२०७७ भाद्र ५, शुक्रवार

मकाउ । विश्वभरका हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व हरितालिका तीज आज शुक्रबार परेको भए पनि मुलुक भन्दा बाहिर रहेका नेपाली समुदायमा आफ्नो समयानुकूल हरितालिका तीज भन्दा केही दिन अधिदेखि तीजको लहर चलीरहेको छ।

हिन्दू पात्रोअनुसार प्रत्येक संवत्सरको भाद्रशुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेष गरी भगवान् शिवलाई खुसी पार्न व्रत लिने र पार्वतीसहित उनको पूजाआराधना गर्ने परम्परा अनुसार निराहार व्रत बसेर नजिकको कुवा, खोला/नदीहरुमा विहानै स्नान गरी विभिन्न शिवालयहरुमा पुजा गर्ने परम्परा रहेको भए पनि मकाउमा यसको रौनक केही दिन अधिदेखि छायको छ।

मकाउमा गत १७ तारिख गैर आवासीय नेपाली संघ “महिला मञ्च” मकाउमा तीज विशेष कार्यक्रम आयोजना गरेको थियो। महिला संयोजक सर्मिला राईका अनुसार मकाउमा रहेका नेपाली महिलाहरुको चाहाना अनुसार तीज विशेष कार्यक्रम यस पाली पनी निरन्तरता दिइएकी बताइ।

हिजो २० तारिख नेपाली सहयोगी हातहरु, मकाउले पनि तीज कार्यक्रम आयोजना गरेको कार्यक्रम भव्य रुपमा सफल भएको नेपाली सहयोगी हातहरु, मकाउका संयोजक निर्मला थापा मगरले बताइन्।

संयोजक थापा मगरका अनुसार नेपाली चाड विदेशमा महत्वपूर्ण हुने भएकाले मकाउमा रहेका नेपाली महिलाहरु भेला भएर तीज कार्यक्रम आयोजना गरेकी बताइन।

आयोजित कार्यक्रममा मकाउका स्थानीय महिलाहरुको समेत सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन मकाउकी समाजसेवी महिला रोज म्याडमले केक काटेर उद्घाटन गरेकी थिइन । 

नेपाली सहयोगी हातहरु, मकाउले आयोजना गरेको तीज विशेष २०२० कार्यक्रममा संस्थाका निर्देशक उदय वाग्ले, अध्यक्ष सुदर्शन थापा मगर, महासचिव रमेश अधिकारी लगायद अन्य आजीवन सदस्यहरुले आफ्नो सहभागिता जनाएर तीजको शुभकामना दिएको साथै हौसला प्रदान गर्नु भएको संयोजक निर्मला थापा मगरले हिमालीसंचारसंगको कुराकानीमा बताएकी हुन्।

मकाउका स्थानीय महिलाहरुले समेत रातो पहिरनमा चुरा पोते लगाएर नेपाली तीजको अबसरमा तीज गीतमा नेपाली महिलाहरुसंगै मकाउ फिसरमेन भित्र रहेको D-2 स्थित छमछमी नाचेका थिए। पछिल्लो समय तीज अझ लोकप्रिय बन्दै गएको।

धार्मिक मान्यता अनुसार निराहार, जलाहार, फलाहार, एकछाक खाएर हरितालिका तीजको व्रत बस्नु पर्ने धार्मिक मान्यता रहेको छ। तीजको अवसरमा ‘अविवाहितले सुयोग्य वर पाऊँ, विवाहितले आफ्नो शिवजीबाट पार्वतीलेझैं माया पाऊँ, जीवनभर दाम्पत्य जीवनको सुखभोग गर्न पाऊँ र विधवा महिलाले अर्को जन्ममा सुयोग्य पति पाऊँ र वैधव्य जीवन बिताउनु नपरोस्’ भन्ने मनोकामनाका साथ व्रत बस्ने प्रचलन रहेको छ।

नेपालमा यो वर्ष कोभिड–१९ संक्रमण तीव्र रूपमा बढेकाले नेपाल सरकारले बुधबार रातिदेखि कडा निषेधाज्ञा लागु गरेको छ। कोरोना संक्रमणको त्रासले सामूहिक रूपमा भेला भएर दर खान र तीजमा विगतमा जस्तो नाचगान र जमघट गरी मनाउन सरकारले रोक लगाएको कारण परिवारका सदस्यसँगै घरमै बसेर दर खान, तीज मनाउन र पूजापाठ गर्न नेपाल सरकारले आग्रह गरेकाले यस वर्ष तीजको रमझम र चहलपहल देखिएको छैन। मकाउ विश्वकै सुरक्षित मानिएको हुदा मकाउ सरकारले सर्वसाधारण समक्ष उच्च सुरक्षा अपनाउन अनुरोध गर्दै सार्वजनिक कार्यक्रम लगायदका सार्वजनिक स्थलहरु सामान्य राखेको।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...