News Portal

एनआरएन मकाउ महिला मञ्चद्वारा तीज कार्यक्रम २०२० भव्यताका साथ सम्पन्न

हिमाली संचार संवाददाता
९३३ पटक
२०७७ भाद्र १, सोमवार

मकाउ – गैरआवासीय नेपाली संघ “महिला मञ्च” मकाउद्वारा आयोजित तीज २०२० कार्यक्रम गैरआवासीय नेपाली संघ महिला मञ्चकी संयोजक सर्मिला राईको अध्यक्षतामा तीज विशेष २०२० भव्यताका साथ सम्पन्न भएको छ।

आयोजित कार्यक्रमको स्वागत मन्तव्य शुसिला राईले दिएकी थिईन भने गैरआवासीय नेपाली संघ आइसीसी सदस्य तथा पुर्व अध्यक्ष शान्तिदेवी अधिकारीले तीज विशेष आफ्नो धारणा राखेकी थिइन।

त्यस्तै, नेपाली सहयोगी हातहरु, मकाउका संयोजक निर्मला थापा मगरले तीजको शुभकामना मन्यतव्य दिएकी थिइन भने आगामी अगष्ट २० तारिख बिहिवार “नेपाली सहयोगी हातहरु, मकाउले आयोजना गर्न लागेको तीज कार्यक्रममा समेत D-2 मकाउमा तीज विशेष कार्यक्रम २०२० रहेको हुदा सहभागिताको लागि सम्पूर्णमा महिला दिदि बहिनीहरुमा उपस्थितिको लागि विशेष अनुरोध गरेकी थिइ।

आयोजित कार्यक्रमका संयोजक सर्मिला राईले उपस्थित सम्पूर्ण महिला दिदि बहिनीहरुमा तीज विशेष २०२० शुभकामना दिएकी थिइन भने  कृष्ण शेम्पा याम्फु राईले आयोजित कार्यक्रम संचालन गरेको थिए। 

आयोजित कार्यक्रममा भाग्य, सिमा र ममता लगायदका कालाकारहरुले कार्यक्रममा चेली माईतीको बोलको गीतमा सामुहिक नृत्य प्रस्तुत गरेकी थिइन। त्यस्तै, गैरआवासीय नेपाली संधका सक्रिय सदस्यहरु शुसिला राई, रीता राई, संगिता रीजाल र विष्णु केसी लगायद आयोजित कार्यक्रममा सम्मान समेत गरिएको थियो। त्यस्तै, समाजसेवी गीता मगर शेर्पालाई पनि विशेष सम्मान गरिएको थिय।

प्रवासमा रहेका नेपाली समुदायले आफ्नो संस्कृति परम्परा अन्य समयमा जस्तै, यो महामारी कोभिड-१९ को समयमा समेत मकाउमा रहेको नेपाली दिदि बहिनीहरुले भव्य र सभ्य रुपमा तीज कार्यक्रम २०२० भव्यताका साथ आफ्ना मौलिक भेषभूषा सहित कार्यक्रममा सहभागी भएका नारीहरुले छमछमी नाच्दै भरपुर रमाईलो गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...