News Portal

  • दाताको सहयोग रोकिँदा अनाथ बालबालिकालाई छाक टार्न शकस

    हिमाली संचार संवाददाता
    ६२३ पटक

    २०७७ साउन २७, मंगलबार
    नरहरि सापकोटा/गोरखा – आफन्त भनेका शिक्षक र सँगै बस्ने साथी, घर भनेको यही विद्यालय। दशैँ, तिहार, माघेसंक्रान्ती जुनसुकै पर्वमा पनि सधै सँगै विद्यालयमै। बिहान १० बजे खुल्ने र ४ बजे बन्द हुने विद्यालय होइन गोरखा नगरपालिका ६ को बालमन्दिर मावि।

    यहाँ २२ जना अनाथ बालबालिका दाताको सहयोगमा पढ्दै, बस्दै आएका छन् तर बिगत १४ महिना देखि सहयोग पठाउँदै आएका दाताले नपठाउँदा बिहान बेलुकी के खाने भन्ने चिन्ता बालबालिकालाई छ।

    अष्ट्रेलियाको लग अन फाउण्डेसनले वार्षिक ३ लाख ५० हजार सहयोग गर्दै आएका थिए। उक्त सहयोग १४ महिनादेखि नआउँदा बालबालिकालाई खाद्यान्न अभाव भएको विद्यालयका प्रधानाध्यापक लुमनाथ लामिछानेले बताए।

    २२ जना चिने जानेकाहरुकोमा केही गएका छन् प्रधानाध्यापक लामिछानेले भने, १२ जना विद्यार्थी विद्यालयमै छन्। बाँकी भएका विद्यार्थीहरुलाई बिहान बेलुकी खाना खुवाउनै मुस्किल छ ‘अहिले बिभिन्न संघसंस्था र ब्यक्तिलाई हारगुहार गरेर छाक टार्नु परेको छ’ उनले भने ‘नियमित आउने सहयोग रोकियो भने अनाथ, असहाय बालबालिकालाई पहिले झै राख्न सक्ने क्षमता विद्यालयसँगै रहँदैन।

    केही समय अघि अष्ट्रेलियामा आगलागी भएको थियो। त्यहाँका नागरिक पिडामा भएकाले विद्यालयलाई सहयोग केही ढिला गरी पठाउने आश्वासन फाउण्डेसनका ‘मार्क’ नामक ब्यक्तिले गरेका थिए। त्यसयता पुनः लकडाउन भएपछि दाताले सहयोग पठाउने समय धकेलिएको छ।

    ‘कहिले आउँछ वा आउँदैन पत्तो भएन’ प्रअ लामिछानेले भने। अष्ट्रेलियन नागरिकले ६/६ महिनामा बालमन्दिरका १४ जना विद्यार्थीलाई पठाउने सहयोगले २२ जना विद्यार्थी विद्यालयले राख्दै आएको थियो।

    विद्यालयमा आवासीय रुपमा बस्दै आएका विद्यार्थीलाई मासिक ८० हजार रुपैयाँ खानामा खर्च लाग्छ। दाताको सहयोग बाहेक ब्यक्ति संघसंस्थाले बिभिन्न पर्व, दिवसको अवसर पारेर सहयोग गर्ने गरेका छन्।

    ‘बिरामी परेकालाई निजी मेडिकलहरुले पनि निःशुल्क उपचार गरिदिने गरेका छन्’ विद्यालयका प्रअ लामिछानेले भने ‘अहिले स्वास्थ्य बिमा गराएकाले सजिलो भएको छ।

    अहिले बालमन्दिर माविमा आवासीय रुपमा बस्दै आएका धार्चे गाउँपालिकाका १० जना, बारपाक सुलिकोट गाउँपालिकाका ४ जना, चुमनुब्री गाउँपालिका, गोरखा नगरपालिका, आरुघाट गाउँपालिकाको २/२ जना, सिरानचोक गाउँपालिकाको एक र अर्का एक गरी २२ जना रहेका छन्।

    भूकम्पमा आमाबाबु गुमाएका, परिवारको संरक्षण नपाएका ६ देखि २० वर्ष उमेरका ६ जना केटी र १६ जना केटा बालमन्दिरमा बस्दै आएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ८ गतेको राशिफल

    आज कार्तिक ८, २०८२ (अक्टोबर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    माइतीघरमा जेनजी आन्दोलनका समर्थकहरूको प्रदर्शन, शहीदहरूको सम्झना

    काठमांडौं, कात्तिक ७ – जेनजी आन्दोलनका समर्थकहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै शहीदहरूको बलिदान सम्झन र...

    आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु

    काठमाडौं, कात्तिक ७ – गायिका नितु पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे...

    १५ नयाँ दल दर्ता, आयोगले गर्यो अध्ययन

    काठमाडौं, कार्तिक ७ – निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि आएका १५ दलको आवेदन...

    माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकीकरण अन्तिम चरणमा

    काठमाडौं, कार्तिक ७ – लामो समयदेखि वामपार्टीबीचको एकताको प्रयास अन्तिम चरणमा पुगेको छ। नेकपा माओवादी...