News Portal

दाताको सहयोग रोकिँदा अनाथ बालबालिकालाई छाक टार्न शकस

हिमाली संचार संवाददाता
६८४ पटक

२०७७ साउन २७, मंगलबार
नरहरि सापकोटा/गोरखा – आफन्त भनेका शिक्षक र सँगै बस्ने साथी, घर भनेको यही विद्यालय। दशैँ, तिहार, माघेसंक्रान्ती जुनसुकै पर्वमा पनि सधै सँगै विद्यालयमै। बिहान १० बजे खुल्ने र ४ बजे बन्द हुने विद्यालय होइन गोरखा नगरपालिका ६ को बालमन्दिर मावि।

यहाँ २२ जना अनाथ बालबालिका दाताको सहयोगमा पढ्दै, बस्दै आएका छन् तर बिगत १४ महिना देखि सहयोग पठाउँदै आएका दाताले नपठाउँदा बिहान बेलुकी के खाने भन्ने चिन्ता बालबालिकालाई छ।

अष्ट्रेलियाको लग अन फाउण्डेसनले वार्षिक ३ लाख ५० हजार सहयोग गर्दै आएका थिए। उक्त सहयोग १४ महिनादेखि नआउँदा बालबालिकालाई खाद्यान्न अभाव भएको विद्यालयका प्रधानाध्यापक लुमनाथ लामिछानेले बताए।

२२ जना चिने जानेकाहरुकोमा केही गएका छन् प्रधानाध्यापक लामिछानेले भने, १२ जना विद्यार्थी विद्यालयमै छन्। बाँकी भएका विद्यार्थीहरुलाई बिहान बेलुकी खाना खुवाउनै मुस्किल छ ‘अहिले बिभिन्न संघसंस्था र ब्यक्तिलाई हारगुहार गरेर छाक टार्नु परेको छ’ उनले भने ‘नियमित आउने सहयोग रोकियो भने अनाथ, असहाय बालबालिकालाई पहिले झै राख्न सक्ने क्षमता विद्यालयसँगै रहँदैन।

केही समय अघि अष्ट्रेलियामा आगलागी भएको थियो। त्यहाँका नागरिक पिडामा भएकाले विद्यालयलाई सहयोग केही ढिला गरी पठाउने आश्वासन फाउण्डेसनका ‘मार्क’ नामक ब्यक्तिले गरेका थिए। त्यसयता पुनः लकडाउन भएपछि दाताले सहयोग पठाउने समय धकेलिएको छ।

‘कहिले आउँछ वा आउँदैन पत्तो भएन’ प्रअ लामिछानेले भने। अष्ट्रेलियन नागरिकले ६/६ महिनामा बालमन्दिरका १४ जना विद्यार्थीलाई पठाउने सहयोगले २२ जना विद्यार्थी विद्यालयले राख्दै आएको थियो।

विद्यालयमा आवासीय रुपमा बस्दै आएका विद्यार्थीलाई मासिक ८० हजार रुपैयाँ खानामा खर्च लाग्छ। दाताको सहयोग बाहेक ब्यक्ति संघसंस्थाले बिभिन्न पर्व, दिवसको अवसर पारेर सहयोग गर्ने गरेका छन्।

‘बिरामी परेकालाई निजी मेडिकलहरुले पनि निःशुल्क उपचार गरिदिने गरेका छन्’ विद्यालयका प्रअ लामिछानेले भने ‘अहिले स्वास्थ्य बिमा गराएकाले सजिलो भएको छ।

अहिले बालमन्दिर माविमा आवासीय रुपमा बस्दै आएका धार्चे गाउँपालिकाका १० जना, बारपाक सुलिकोट गाउँपालिकाका ४ जना, चुमनुब्री गाउँपालिका, गोरखा नगरपालिका, आरुघाट गाउँपालिकाको २/२ जना, सिरानचोक गाउँपालिकाको एक र अर्का एक गरी २२ जना रहेका छन्।

भूकम्पमा आमाबाबु गुमाएका, परिवारको संरक्षण नपाएका ६ देखि २० वर्ष उमेरका ६ जना केटी र १६ जना केटा बालमन्दिरमा बस्दै आएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...