News Portal

डोटी उद्योग बाणिज्य संघमा मोहन कलेलको प्यानलै विजयी

हिमाली संचार संवाददाता
८३६ पटक

डोटी – डोटी उद्योग बाणिज्य संघको निर्वाचनबाट मोहन कलेलको प्यानल बिजयी भएको छ ।

आइतवार सम्पन्न मतगणनाको परिणाम अनुसार कलेलले ६०४ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन । उनका प्रतिद्वन्द्वी बिक्रम साउँद (घटाल) ले ३४३ प्राप्त गरेका छन् ।

उद्योगतर्फको उपाध्यक्षमा कलेल प्यानलकै खेम भण्डारी ५८९ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नयनवहादुर बोहराले ३०८ मत प्राप्त गरे ।

यस्तै बाणिज्यतर्फको उपाध्यक्षमा बासुदेव गौतमले ४८६ मत पाइ विजयी भए । उनका प्रतिद्वन्द्वी नरवहादुर खड्काले ४१० मत प्राप्त गरे ।
महासचिवमा दिपकबहादुर खड्का ५५० मत पाइ विजयी भए । उनका प्रतिद्वन्द्वी हर्कवहादुर खत्रीले ३४१ मत प्राप्त गरे ।

कोषाध्यक्षमा दिर्घवहादुर साउँद ५५६ मतले बिजयी भए । उनका प्रतिद्वन्द्वी बमवहादुर बोगटीले ३२२ मत प्राप्त गरे ।

सचिवमा लक्ष्मी श्रेष्ठले ४३१ पाई बिजयी भइन । उनका प्रतिद्वन्द्वी लोकवहादुर खड्काले ४०० मत ल्याए । मुख्य पद्मा बिजयी हुनेहरु सवै कलेल प्यानलबाटै चुनाव लडेका थिए ।

यस्तै महिला सदस्यहरुमा ईन्द्रादेवी साउँद, गंगा कुमारी खड्का बोगटी, मन्जु कु खड्का, रन्जना बागचन्द र चन्द्र माझी विजयी भएका छन् ।

खुला सदस्यमा अमित अमात्य, गणेश भण्डारी, दल बहादुर बलायर र लाल कठायत बिजयी भएको डोटी उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार एवं नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्रवहादुर बलायरले जानकारी दिए ।

जम्मा मतदाता संख्या एक हजार दुई सय ४२ रहेकामा एक हजार एक सय १४ मत खसेका थिए । खसेका मतमध्ये एक सय चार मत बदर भएको निर्वाचन अधिकृत अधिवक्ता डण्डीराज ओझाले बताए ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...