News Portal

डोटी उद्योग बाणिज्य संघमा मोहन कलेलको प्यानलै विजयी

हिमाली संचार संवाददाता
७५४ पटक

डोटी – डोटी उद्योग बाणिज्य संघको निर्वाचनबाट मोहन कलेलको प्यानल बिजयी भएको छ ।

आइतवार सम्पन्न मतगणनाको परिणाम अनुसार कलेलले ६०४ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन । उनका प्रतिद्वन्द्वी बिक्रम साउँद (घटाल) ले ३४३ प्राप्त गरेका छन् ।

उद्योगतर्फको उपाध्यक्षमा कलेल प्यानलकै खेम भण्डारी ५८९ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नयनवहादुर बोहराले ३०८ मत प्राप्त गरे ।

यस्तै बाणिज्यतर्फको उपाध्यक्षमा बासुदेव गौतमले ४८६ मत पाइ विजयी भए । उनका प्रतिद्वन्द्वी नरवहादुर खड्काले ४१० मत प्राप्त गरे ।
महासचिवमा दिपकबहादुर खड्का ५५० मत पाइ विजयी भए । उनका प्रतिद्वन्द्वी हर्कवहादुर खत्रीले ३४१ मत प्राप्त गरे ।

कोषाध्यक्षमा दिर्घवहादुर साउँद ५५६ मतले बिजयी भए । उनका प्रतिद्वन्द्वी बमवहादुर बोगटीले ३२२ मत प्राप्त गरे ।

सचिवमा लक्ष्मी श्रेष्ठले ४३१ पाई बिजयी भइन । उनका प्रतिद्वन्द्वी लोकवहादुर खड्काले ४०० मत ल्याए । मुख्य पद्मा बिजयी हुनेहरु सवै कलेल प्यानलबाटै चुनाव लडेका थिए ।

यस्तै महिला सदस्यहरुमा ईन्द्रादेवी साउँद, गंगा कुमारी खड्का बोगटी, मन्जु कु खड्का, रन्जना बागचन्द र चन्द्र माझी विजयी भएका छन् ।

खुला सदस्यमा अमित अमात्य, गणेश भण्डारी, दल बहादुर बलायर र लाल कठायत बिजयी भएको डोटी उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार एवं नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्रवहादुर बलायरले जानकारी दिए ।

जम्मा मतदाता संख्या एक हजार दुई सय ४२ रहेकामा एक हजार एक सय १४ मत खसेका थिए । खसेका मतमध्ये एक सय चार मत बदर भएको निर्वाचन अधिकृत अधिवक्ता डण्डीराज ओझाले बताए ।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...