News Portal

    हङकङमा बिहिवार ९५ जनामा कोरोना संक्रमण पुष्टि, हालसम्म हङकङमा ४५ जनाको मृत्यु

    हिमाली संचार संवाददाता
    ३९९ पटक
    २०७७ साउन २२,बिहिवार

    युवा राई, हङकङ । हङकङमा विहीवार थप ९५ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ।

    हङकङ स्वास्थ्य संरक्षण केन्द्रकी डा. चुवाङ शुक वानले न्युज ब्रिफिङमा ९१ जना स्थानीय र ४ आयातित गरी ९५ जनामा कोरोना संक्रमणको पुष्टि भएको बताएकी हुन् । हङकङमा कोरोना संक्रमितको संख्या ३,८५० पुगेको छ।

    नयाँ संक्रमितहरुमा ५२ जना अघिल्ला केसहरुसंग जोडिएका र ३९ जनाको संक्रमणको स्रोत खुल्न नसकेको जनाइएको छ। आयातित संक्रमितहरुमा फिलिपिन्सबाट फर्केका एक घरेलु सहयोगी र भारतबाट हङकङ फर्केका तीन जना रहेका छन्।

    हङकङमा थप एक जना कोरोनाका मृत्यु भएको अस्पताल अथोरिटीले पुष्टि गरेको छ। ८५ वर्षीय पुरुष जेष्ठ नागरिकको विहीवार अपरान्ह चुन मुन अस्पतालमा मृत्यु भएको जनाइएको छ। त्यस्तै, मंगलवार चुन मुन अस्पतालमा मृत्यु भएका ८६ वर्षीय पुरुषमा पनि कोरोना पोजिटिभ भेटिएको पुष्टि भएको छ। यससंगै हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ।

    २,४५८ जना कोरोनाका विरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १,२०४ जनाको उपचार भइरहेको छ। ३९ जना कोरोना सङ्क्रमित विरामीको अवस्था गम्भीर रहेको जनाइएको छ।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    सुनचाँदीको मूल्यमा गिरावट

    नेपालको सुनचाँदी बजारमा मंगलबार एकैदिन उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि...

    आज २०८२ साल असार ३ गतेको राशिफल

    आज असार ३, २०८२ (जुन १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएनएको आधिकारिकताबारे कुनै पनि भ्रममा नपर्न अध्यक्ष श्रेष्ठको आग्रह

    अमेरिका, असार २ — गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) का अध्यक्ष महेशकुमार...

    रंगेलीका सुनचाँदी व्यवसाय ५ दिनदेखि बन्द

    रविन्द्र बराल/ मोरङ, असार २ – सरकारले सुनचाँदीमा अनावश्यक रुपमा कर लगाएको विरोधमा रंगेलीका सुनचाँदी...

    सुनचाँदी व्यवसायीहरू सडकमा : करको बोझ हटाउन माग

    काठमाडौं, असार २ – नेपालभरका सुनचाँदी व्यवसायीहरू सरकारले लगाएको नयाँ कर संरचनाविरुद्ध आक्रोशित बन्दै आज...