News Portal

शेरबहादुर पुन:शेर बन्ने दाउमा : अहिले देखि नै चलखेल सुरू, पहिलो अस्त्र सुनिलबहादुर थापा

कर्ण बहादुर अधिकारी
९९६ पटक

२०७७ साउन १८, आइतबार 

नुवाकोट – नेपाली काँग्रेस नेपालको राजनैतिक ईतिहासमा सबै भन्दा पुरानो र मजबुद पार्टी हो भन्नेमा दुई मत नै छैन्। बिक्रम संबत २००३ देखि २०७७ साल सम्मको आरोह अवरोहमा पार्टी हाक्नेहरूको चारीत्रिक अबस्थाका बारेमा पुरानापुस्तादेखि आजका नयाँ पुस्ताहरू पूर्ण रूपमा जानकार छन्। पार्टी भित्र शक्ति संतुलित राख्नका लागि पार्टी भित्रका नेताहरू घिन लाग्दो हर्कत गर्न पनि पछि नपरेको उदाहरण हामीसंग प्रसस्तै छन्।

बिपीदेखि शेर बहादुर देउवासम्म पार्टी आई पुग्दा पार्टी भित्र अन्तरघात गर्ने देखि आन्तरीक किचलो सृजना गरी पार्टीलाई तहस नहस पार्नेहरू आज पनि पार्टी भित्र त्यसरी नै सलबलाई रहेका छन्। सत्ता साझेदारीको लागि कहिले माओबादीसंग कहिले एमाले त कहिले सानातिना पार्टीसंग गला मिलाउनेहरू आजका दिनमा पनि पार्टीलाई तहसनहस बनाउन लागि परी रहेका छन्।

१३ औं महाधिवेशनमा सभापतिको पद हत्याउन सफल भएका देउवा १४ औं महाधिवेशनमा पनि केन्द्रिय कमिटीमा आफ्नो बर्चस्व कायम गर्नका लागि अहिले देखिनै आफ्नो पक्षमा जनमत बढाउन लागि परेका छन्। राप्रपाका पूर्बअध्यक्ष एवं नेपालका चलाख पूर्बप्रधानमन्त्री स्वर्गीय सुर्यबहादुर थापाका सुपुत्र, पूर्ब मन्त्री एवं राप्रपाका केन्द्रिय सदस्य सुनिलबहादुर थापालाई काँग्रेस भित्र भित्राउनका लागि देउवा सफल भएका छन्। काँग्रेस भित्र अरू पार्टीका नेता कार्यकर्ता भित्राउनु काँग्रेसलाई फाईदा भए पनि हिजै साधरण सदस्यता हस्तान्तरण गरी आजै केन्द्रिय कमिटीमा त्यस माथि पनि सह-महामन्त्री जस्तो पद दिन्छु भन्नु लज्जास्पद कुरा हो।

यसरी अरू पार्टीका नेता कार्यकर्तालाई केन्द्रिय कमिटीमा स्थान दिन खोज्नु र ५ /६ दशक देखि पार्टी भित्र योग्दान दिनेलाई लात हानेर किनारा लगाउनुलाई राम्रो मान्न सकिदैन। काँग्रेस भित्रका माथिल्लो तहका मै हुँ भन्नेहरूले गर्दा तल्लो तहमा रहेका कार्यकर्तालाई प्रत्येक्ष रूपमा असर पुगेको छ।

काँग्रेस भित्र सुकिला मुकिला र गुटबन्दीको जालोमा रमाउनेहरूका कारण पार्टी आशामा भन्दा पनि निरासाको खाडलमा धकेली रहेको छ। माहामानव बिपीको महानबाणी बर्तमान अबस्थाका काँग्रेसका सुकिला मुकिलाहरूलाई मिल्न पुगेको छ।

जब पार्टी भित्र चिल्ला र सुकिला मुकिलाहरूको हाबी हुन्छ तब काँग्रेसका ईमान्दार कार्यकर्ताहरूले पार्टीको साँख जोगाउनका लागि पार्टी भित्र आन्तरीक लडाई लड्न जरूरी छ। महाननेता र तिनका आसेपासेले नै काँग्रेसलाई धमिराले झै खोक्रो बनाउदै छन्।

पार्टी भित्र बिपीका निति र सिद्धान्तलाई बिस्तारै पाखा लगाउदै देउवा, रामचन्द्र, शशांक, प्रकाशमान, सिटौला र शेखरबाद लागु गरी रहेका छन्। यसले अर्गानिक काँग्रेसलाई हाईब्रिड बनाउन लागि पर्दैछन। तसर्थ काँग्रेसका असल कार्यकर्ताहरूले यो बेतिथीका बिषयमा लडाई लड्न जरूरी छ। पार्टी भित्र ल्याईतेहरूको बिगबिगी बढ्दै छ।

नेपाली कांग्रेसलाई १४ औं महाधिवेशनको हावाले छोई सकेको छ। सभापति शेरबहादुर देउवा १४ औं महाधिवेशनमा पुनः सभापतिको उम्मेदवार बन्नका लागि ठूलै कसरत गरी रहेका छन्। चाँहे अरू पार्टीका नेतालाई तानेर होस वा आफ्नालाई नै जालमा पारेर नै किन नहोस काँग्रेस भित्र देउवाकै बर्चस्व देखिदै गएको छ।

बरिष्ठ नेता रामचन्द्र पौडेल र कोइराला परिवारको आ-आफ्नै मतभेद हुँदा अहिलेसम्म यिनीहरू उम्मेदवारको विषयमा ढुक्क भएर बाहिर बोलेका छैनन्। तर देउवा सभापति लड्ने निश्चित जस्तै भई सकेको छ। उनले तयारी समेत तिव्र रूपले अगाडि बढाएका छन्।

सभापति उठ्ने औपचारिक रूपमा सार्वजनिक नगरे पनि आन्तरीक तयारी भने गरी रहेका छन् यसको ज्वलन्त उदाहरण राप्रपा केन्द्रिय नेता सुनिलबहादुर थापालाई पार्टी भित्राउनु र सह-महामन्त्री पद दिन्छु भन्नु हो। देउवा निवासमा बर्तमानबाट नै आफ्ना पक्षका केन्द्रीय नेता देखि जिल्ला स्तरीय नेताको घुइँचो लाग्ने गरेको छ। आफू निकटका नेता देखि कार्यकर्ता समेतलाई देउवाले सभापति जित्न के के गर्नुपर्छ भन्नुस् भनेर समन्वय गरी रहेका छन्।

यसरी देउवा अगाडी बढी रहदा अन्य पक्ष भने मौन छन्। हेरौ देउवाले चौंधौ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिन्छ की दिदैन यो गर्भ भित्रको कुरा हो। मेरो ब्यक्तिगत बिचारमा भने चौंधौ महाधिवेशनमा देउवाले उम्मेदवारी घोषणा नगरी अरूलाई नै सभापतिको जिम्मेवारी दिनु पर्छ।

पार्टीलाई सन्तुलनमा राख्ने हो भने गुटबन्दीलाई पार्टी भित्र प्रश्रये दिनु हुँदैन तर बर्तमान अबस्थामा भने पार्टी भित्र केन्द्रिय नेताहरूको गुट भने यस्तो छ। सभापति देउवाको पक्षमा पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार, विमलेन्द्र निधि, फर्मूल्लाह मन्सुर, आनन्द ढुङ्गाना, डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, विश्वप्रकाश शर्मा, एनपी साउद, मानबहादुर विश्वकर्मा, अम्बिका बस्नेत, शंकर भण्डारी, रमेश लेखक, भीष्म आङ्दम्वे, देवेन्द्रराज कँडेल, पुष्पा भुसाल, ध्यानगोविन्द रञ्जित, केशवकुमार बुढाथोकी, वीरबहादुर बलायर, चित्रलेखा यादव, ईश्वरी न्यौपाने, शीला खड्का, मोहन बस्नेत, पार्वती डिसी, अमृत अर्याल, किशोरसिंह राठौर र श्याम घिमिरे रहेका छन। त्यसै गरी डा. शेखर कोइराला पक्षमा, डा. चन्द्र भण्डारी, डा. अमरेशकुमार सिंह, गगन थापा, प्रदीप पौडेल रहेका छन्। त्यसरी नै, रामचन्द्र पौडेल पक्षमा डा. रामशरण महत, डा. नारायण खड्का, प्रकाशमान सिंह, महेश आचार्य, हृदयराम थानी, अर्जुननरसिंह केसी, धनराज गुरुङ, नवीन्द्र राज जोशी, कमला पन्त, जीवन परियार रहेका छन। त्यसरी नै डा. शशाङ्क कोइराला पक्षमा, दिलेन्द्रप्रसाद बडु, दिलबहादुर घर्ती, पद्मनारायण चौधरी, गुरुराज घिमिरे र दीपक गिरी पर्दछन। कृष्ण सिटौला पक्षमा भने भीमसेनदास प्रधान, उपमाकान्त चौधरी, तारामान गुरू र शिव हुमागाईं छन्।

अब तपाई आफै अनुमान लगाउन सक्नु हुन्छ पार्टी भित्रको बलियो छ भनेर। देउवा आफ्नो यो कार्यकालमा कति सफल भए भन्ने बिषयमा घाम जस्तै छर्लङ्ग छ। पार्टीका भातृ संस्थाहरू तहन नहस भएको अबस्था छ।

स्थानीय तहको संरचना तहस नहस भएको छ। बिदेशस्थित जनसम्पर्क समितिहरूको अबस्था पनि त्यस्तै छ। आफू निकटकालाई मनोनित गरी भातृ संस्थाहरूको केन्द्रिय सदस्य बनाएका छन्। पार्टीका निति र सिद्धान्तका बारेमा २ जनाको बीचमा एक शब्द बोल्न नसक्ने वा ज्ञानै नभएकाहरूलाई माथिल्लो तहमा अंकुश लगाएर तान्ने काम गर्दैछन। बौदिक ब्यक्तित्व भए पनि चिनजान नभएकाहरूले कहि कतै स्थान पाउन सकेका छैनन्।

अब हामी सहजै अनुमान गर्न सक्छौ पार्टीको बर्तमान अबस्थाका बारे। यदि काँग्रेसलाई मजबुद बनाएर अगाडी बढाउने हो भने यस्ता बिसंगति ब्यथितिहरूको अन्त्ये हुन जरूरी छ। केन्द्रमा बस्नेहरू सबैलाई समान ब्यबहार गर्न जरूरी छ। कसैलाई काँखा कसैलाई पाखा गर्नु हुँदैन।

(कर्ण बहादुर अधिकारी, नेपाली जनसम्पर्क समिति मकाउ/संस्थापक सचिव।)

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...