News Portal

  • केपी ओली प्रतिगामी : गृहमन्त्री बादल

    हिमाली संचार संवाददाता
    ५५६ पटक

    २०७७ साउन १७, शनिबार
    काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समूहको भेलाले प्रधानमन्त्री केपी ओली र उनको समूह प्रतिगामी भएको निष्कर्ष निकालेको छ।

    थापा समूहका काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको भेलाले ओली समूह प्रतिगामी भएको निष्कर्ष निकालेको हो।

    नेकपाभित्रको विवाद चर्किंदै जाँदा गृहमन्त्री थापाले पार्टी विवाद कसरी समाधान गर्ने ? भन्ने विषयमा केन्द्रित रहेर आफूनिकट नेताहरुसँग परामर्श गरेका थिए।

    बैठकमा स्थायी समिति सदस्य देव गुरुङ, पम्फा भुसाल, हितमान शाक्य लगायतका बहुमत नेताहरुले केपी ओली र उनको समूहमा प्रतिगामी सोंच हावी रहेको बताएका थिए।

    नेताहरुले पूर्वमाओवादी समूहलाई कमजोर बनाएर जनयुद्धको औचित्य समाप्त पार्ने खेल भइरहेकोतर्फ गृहमन्त्री थापालाई सचेत गरेका थिए।

    भेलामा बोल्दै नेता देव गुरुङले ओली समूह प्रतिगामी र प्रचण्ड नेपाल समूह यथास्थितिवादी रहेको धारणा सुनाएका थिए। गुरुङले प्रतिगामी समूहसँग मिलेर क्रान्तिका उपलब्धी जोगाउन नसक्ने मत राखेका थिए।

    भेलामा पार्टी एकता संकटमा परेको भन्दै आ-आफ्नो ठाउँबाट जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्ने विषयमा छलफल भएको थियो।

    गृहमन्त्री थापाले ओलीसँग वैचारिक र कार्यशैलीका दृष्टिले धेरै बिमति रहे पनि पार्टी एकताको रक्षाका निम्ति आफू लचक भएको धारणा राखेको एक नेताले बताए।

    भेलामा पार्टी एकतालाई रक्षा गर्न भूमिका खेल्ने र पार्टी एकता बचाउन नसक्ने परिस्थितिमा प्रचण्ड नेपाल समूहलाई साथ दिने गरी छलफल भएको छलफलमा सहभागी एक केन्द्रीय सदस्यले बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...

    २२ दिनदेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध, मोबाइल बैङ्किङ प्रयोगकर्ता समस्यामा

    हिक्मत आचार्य/काठमाडौँ। तीन सातादेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध हुँदा ग्राहक ठुलो मर्कामा परेका...

    आज २०८२ साल कार्तिक २५ गतेको राशिफल

    आज कार्तिक २५, २०८२ (नोभेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    फूलासीबाट फिनालेसम्म: बिध्या चौहानको प्रेरणादायी यात्रा

    काठमाडौँ, कार्तिक २४ – मिसेस नेपाल वर्ल्ड २०२५ की चर्चित प्रतिस्पर्धीमध्ये एक हुन् बिध्या चौहान।...

    धनपालथानका सुर्जालालका छोराको आँखा उपचारका लागि सहयोगको अपिल

    रबिन्द्र बराल/मोरङ, कार्तिक २४ – मोरङको धनपालथान गाउँपालिका वडा नं. ५ स्थित रामपुर बैरियामा वर्षौंदेखि...