News Portal

सरकारप्रती कांग्रेस महामन्त्री खड्काको टिप्पणी: दुई जना संक्रमित हुँदा देश ठप्प, २० हजार हुँदा खुल्ला ?

हिमाली संचार संवाददाता
५९७ पटक

२०७७ साउन ८, बिहीवार
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री पुर्णबहादुर खड्काले सरकारले बुधाबारदेखी खुल्ला गरेको लकडाउनप्रति टिप्पणी गरेका छन्।

मुलुकमा २ जना कोरोना संक्रमित हुदा पुरै देश ठप्प, २० हजार हुँदा खुला ? भन्दै आक्रोसयुक्त टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता खड्काले २ जना कोरोना संक्रमित हुदा पुरै देशमा एकै पटक लकडाउन गर्ने र समुदायमा संक्रमित फैलदै गरेको अबस्था र २० हजार संक्रमित पुगेको समयमा पनि पुरै देशमा एकै पटकमा लकडाउन खुला गरेको भन्दै टिप्पणी गरेका छन्।

उनले अगाडी भनेका छन्ः के हाम्रो सरकार अध्ययन, विश्लेषण र कार्ययोजना बनाएर यो सब काम गरि रहेको छ ? या त तदर्थबादमा यी सब गरिदैछ ?

यस्तो महामन्त्री खड्काको ट्विट:

२ जना कोरोना संक्रमित हुदा पुरै देशमा एकै पटक लकडाउन, समुदायमा संक्रमित फैलदै गरेको अबस्था र २० हजार संक्रमित पुगेको समयमा पनि पुरै देशमा एकै पटकमा लकडाउन खुला, के हाम्रो सरकार अध्ययन, विश्लेषण र कार्ययोजना बनाएर यो सब काम गरि रहेको छ ? या त तदर्थबादमा यी सब गरिदैछ ?

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...