News Portal

  • काँग्रेस सुर्खेतले नयाँ क्रियाशिल सदस्यता र नविकरण गर्ने

    हिमाली संचार संवाददाता
    ५०२ पटक

    २०७७ साउन ५, सोमबार
    सुर्खेत – नेपाली काँग्रेस सुर्खेतले क्षेत्र, प्रदेश, नगरहुदै वडासम्म नयाँ क्रियाशिल सदस्यता र नविकरण गर्ने निर्णय गरेको छ। आज बसेको जिल्ला कार्यसमितिको बैठकले केन्द्रको परिपत्रअनुसार सुर्खेतमा रहेका दुई वटा क्षेत्रका सभापति मार्फत नविकरण र नयाँ सदस्यता फारम भर्ने निर्णय गरेको हो।

    क्षेत्रियकार्य समितिले प्रदेशलाई, प्रदेशले नगरलाई, नगरले वडा कार्यसमितिलाई नविकरण र नयाँ सदस्य फारम भर्ने काँग्रेसको व्यवस्था रहेको छ। आज जिल्ला कार्यसमितिले क्षेत्रलाई बुझाएको छ भने क्षेत्रले ३ दिन भित्र प्रदेशलाई बुझाँउने छ र नगरले वडालाई बुझाँउने छ।

    भरेको फारम पुनः वडाहुँदै नगर, प्रदेश, क्षेत्रहुँदै जिल्लामा आएपछि अन्तिम निर्णय जिल्लाले गर्ने काँग्रेसको विधानमा व्यवस्था रहेको छ।

    यसैबीच क्षेत्र नम्बर १ को भेरीगंगामा अन्य राजनितिकदलबाट आएकाहरुलाई विधानको दुरुपयोग गर्दै आफुनिकटका व्यक्तिलाई हालेको भन्दै कार्यसमितिका सदस्यहरुले आपत्ति जनाएका छन।

    उनिहरुले अन्य राजनितिक दलबाट प्रवेश गरेकाहरुलाई क्रियाशिल सदस्य दिने प्रवाधानको व्यापक दुरुपयोग भएको भन्दै त्यसलार्इ सच्याउन माग गरेका छन।

    भेरीगंगामा ३ सय ८ जनालाई अन्य राजनितिदलबाट आएको भनी क्रियाशिल सदस्य र अन्य विभिन्न पदको लागी सिफारीस गरिएको कार्यसमितिका सदस्यहरु बताएका छन।

    उनिहरुले एउटा उदेश्यको लागी गरेको व्यवस्थालाई संगठलाई कब्जा गर्ने उदेश्यले दुरुपयोग गर्नु आपत्तिजनक भएको बताएका छन।

    यस्तै काँग्रेसले कोरोना र बाढिपहिरोबाट देशभर भएको जनधनको क्षेतिप्रति दुख व्यक्त गर्दै क्षेति भएकाहरुको व्यवस्थापन गर्न सरकारको ध्यानआर्षण गराउने निर्णय गरेको छ।

    सभापति कमलराज रेग्मीले कोरोना कारण सबैक्षेत्र अस्तव्यस्त तथा धरासयी भएको भन्दै सरकारले समयमै उचित व्यवस्थापन गर्न नसक्नु दुरभाग्य भएको बताउनु भयो।

    उहाँले विभिन्न क्षेत्रमा कार्यरत श्रमिकहरु सबैभन्दा बढि प्रभावित भएको भन्दै उनिहरुलार्इ परेको समस्या सम्बोधन गर्न सरकार गम्भिर नभएको आरोप लगाउनु भयो।

    यस्तै भोली ३८ औ विपि स्मृति दिवसको अवसरमा वीरेन्द्रनगर-११ सुब्बाकुनामा वृक्षारोपन गर्ने निर्णय गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सिन्धुलीमा एकै परिवारका १६ जना रहस्यमय ढंगमा बेपत्ता, घरमा आगलागी र जनावर अलपत्र

    सिन्धुली, साउन १२ – सिन्धुली जिल्लाको गोलन्जर गाउँपालिका–६, भण्डास बिप्पर कटेरीमा एकै परिवारका १६ जना...

    “लोडसेडिङ होइन, प्रणालीको चापले लाइन गयो” — प्राधिकरण प्रमुख शाक्यको प्रष्टोक्ति

    काठमाडौं, साउन १२ – पछिल्ला दिनमा देशका विभिन्न स्थानमा देखिएको विद्युत अवरुद्धको विषयमा नेपाल विद्युत...

    दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिरमै सम्पन्न गर्ने प्रधानमन्त्री ओलीको निर्देशन

    काठमाडौं, साउन १२ – देशको प्रतिष्ठासँग जोडिएको राष्ट्रिय खेलकुद प्रतियोगिता अब ढिलाइमा होइन, समयमै सम्पन्न...

    चितवनतर्फ जाँदै गरेको ट्याक्सी धार्केमा दुर्घटना, एकै परिवारका पाँचसहित ६ जना घाइते

    काठमाडौं, साउन १२ – काठमाडौंबाट चितवनतर्फ गइरहेको ट्याक्सी सीतापाइला–धार्के सडक खण्डमा सोमबार बिहान दुर्घटनामा परेको...

    जनकपुरमा २३ वर्षीया महिला मृत अवस्थामा फेला, माइती पक्षले दाइजोका कारण हत्या भएको आरोप

    जनकपुरधाम, साउन १२ – जनकपुरधाम उपमहानगरपालिका–४ मा आइतबार राति एक महिला रहस्यमय अवस्थामा मृत फेला...