News Portal

  • ६ वटै प्रदेशसभा समितिका सभापति निर्विरोध

    ४८२ पटक

    बुटवल – प्रदेशसभामा सबै विषयगत समितिको नेतृत्व निर्विरोध चयन भएको छ ।

    सत्तारुढ नेकपासँगै प्रतिपक्षी कांग्रेस र संघीय समाजवादी फोरम नेपालबीच प्रदेशसभा समितिको नेतृत्वको भागबण्डा मिलेपछि निर्विरोध सभापति चयन भएको हो ।

    प्रदेश ५ को प्रदेशसभामा ६ वटा समिति छन् । बुधवार बसेका तीन विषयगत समितिका छुट्टाछुट्टै बैठकले समितिको सभापति चयन गरेको हो भने तीन समितिको सभापति चुन्न बिहीबार हुने निर्वाचनका लागि पनि एकल उम्मेदवारी परेको छ ।

    सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसका डिल्लीबहादुर चौधरी चयन भएका छन् ।

    अर्थ, उद्योग तथा पर्यटन समितिमा नेकपाका दधिराम न्यौपाने र भौतिक पूर्वाधार तथा विकास समितिमा नेकपाकै आशा स्वर्णकार निर्विरोध निर्वाचित भएका हुन् ।

    प्रदेश मामिला तथा कानून समितिको सभापतिमा दामा कुमारी शर्मा, सामाजिक विकास समितिको सभापतिमा दृगनारायण पाण्डे र भूमि व्यवस्था तथा कृषि समितिको सभापतिमा विजयबहादुर यादवको मात्र उम्मेदवारी परेको छ ।

    एकल उम्मेदवारी परेकाले तीनैजना स्वतः निर्वाचित भएको र त्यसलाई भोलि औपचारिकता दिइने प्रदेशसभा सचिवालयका प्रवक्ता ईश्वरीप्रसाद शर्माले जानकारी दिए ।

    शर्मा र पाण्डे नेकपा तथा यादव संघीय समाजवादी फोरमका प्रदेशसभा सांसद हुन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २९ गतेको राशिफल

    आज असोज २९, २०८२ (अक्टोबर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    सभामुखद्वारा संसद् विघटनबारे दल र कानुनविदसँग छलफल गर्ने तयारी

    काठमाडौं, असोज २८ – संसद् विघटनको विषयले राजनीतिक तातोपन बढाउँदै गर्दा सभामुख देवराज घिमिरेले यसको...

    भाइटीकाको उत्तम साइत कात्तिक ६ गते

    काठमाडौं, असोज २८ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम समय सार्वजनिक...

    मेयर बालेनको टिप्पणीप्रति किसान महासंघको आपत्ति, माफी नआए थप कदम चाल्ने चेतावनी

    काठमाडौं, असोज २८ — अखिल नेपाल किसान महासंघले काठमाडौं महानगरका मेयर बालेन साहले सामाजिक सञ्जालमा...

    कांग्रेसमा महाधिवेशनको बहस : देउवाको जवाफ– “सल्लाह गरेर अघि बढौंला”

    काठमाडौं, असोज २८ – नेपाली कांग्रेसमा महाधिवेशनको विषयले फेरि आन्तरिक तनाब बढाएको छ। केन्द्रीय समिति...