News Portal

६ वटै प्रदेशसभा समितिका सभापति निर्विरोध

५८४ पटक

बुटवल – प्रदेशसभामा सबै विषयगत समितिको नेतृत्व निर्विरोध चयन भएको छ ।

सत्तारुढ नेकपासँगै प्रतिपक्षी कांग्रेस र संघीय समाजवादी फोरम नेपालबीच प्रदेशसभा समितिको नेतृत्वको भागबण्डा मिलेपछि निर्विरोध सभापति चयन भएको हो ।

प्रदेश ५ को प्रदेशसभामा ६ वटा समिति छन् । बुधवार बसेका तीन विषयगत समितिका छुट्टाछुट्टै बैठकले समितिको सभापति चयन गरेको हो भने तीन समितिको सभापति चुन्न बिहीबार हुने निर्वाचनका लागि पनि एकल उम्मेदवारी परेको छ ।

सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसका डिल्लीबहादुर चौधरी चयन भएका छन् ।

अर्थ, उद्योग तथा पर्यटन समितिमा नेकपाका दधिराम न्यौपाने र भौतिक पूर्वाधार तथा विकास समितिमा नेकपाकै आशा स्वर्णकार निर्विरोध निर्वाचित भएका हुन् ।

प्रदेश मामिला तथा कानून समितिको सभापतिमा दामा कुमारी शर्मा, सामाजिक विकास समितिको सभापतिमा दृगनारायण पाण्डे र भूमि व्यवस्था तथा कृषि समितिको सभापतिमा विजयबहादुर यादवको मात्र उम्मेदवारी परेको छ ।

एकल उम्मेदवारी परेकाले तीनैजना स्वतः निर्वाचित भएको र त्यसलाई भोलि औपचारिकता दिइने प्रदेशसभा सचिवालयका प्रवक्ता ईश्वरीप्रसाद शर्माले जानकारी दिए ।

शर्मा र पाण्डे नेकपा तथा यादव संघीय समाजवादी फोरमका प्रदेशसभा सांसद हुन् ।

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...