News Portal

  • कांग्रेसको महाधिवेशन ७ फागुनबाटै हुने

    हिमाली संचार संवाददाता
    ४३४ पटक

    २०७७ असार १४, आइतबार
    बालकृष्ण अधिकारी/काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले १४ औं महाधिवेशनको अन्तिम मितिलाई कायमै राख्दै अन्य कार्यतालिका संशोधन गर्ने भएको छ। कोरोना भाइरसको संक्रमणसँगै महाधिवेशनको सम्पूर्ण कार्यतालिका प्रभावित भएपछि आइतबार बसेको पदाधिकारी बैठकले फागुन ७ देखि १० गते अन्तिम मितिलाई कायम राख्दै अन्य कार्यतालिका परिर्वतन गरेको हो।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बसेको बैठकले महाधिवेशनको संशोधित कार्यतालिका तय गरेको छ। संशोधित कार्यतालिकालाई अनुमोदन गर्न मंगलबार दिउँसो १ बजे केन्द्रीय समितिको बैठक कांग्रेसले बोलाएको छ।

    कात्तिक १६ गते देखि तल्लो तहको अधिवेशन सुरु गर्ने यसअघिको कार्यतालिका संशोधन गर्दै कांग्रेसले पुसमा पुर्‍याएको छ। यसअघि नै महाधिवेशनको कार्यतालिका संशोधन गरीसकेको कांग्रेसले संगठन समायोजनसहितका ९ चरणको तालिका संशोधन भएका छन्।

    फागुन ७ देखि १० गतेसम्म १४ औं महाधिवेशन गर्ने पार्टीको यसअघिको मितिलाई कायमै राखेर नयाँ कार्यतालिका पेस गर्न सभापति शेरबहादुर देउवाको निर्देशनानुसार महामन्त्री पूर्णबहादुर खड्काले संशोधित कार्यतालिका पेस गरेका थिए।

    उनले पदाधिकारी बैठकमा पेस गरेको कार्यतालिका अनुसार असार मसान्ताभित्र संगठन समायोजनको काम सक्न जिल्लाहरूलाई समय दिइने भएको छ। अझै २६ जिल्लाको संगठन समायोजन सक्न बाँकी भएपछि कांग्रेसले निर्वाचन समितिसँगको परार्मसमा समायोजनका लागि नयाँ निर्देशीका पठाइने भएको छ।

    महाधिवेशनको प्रारम्भीक चरण अन्र्तगत सदस्यता वितरण र नविकरण सुरु गरेको कांग्रेसले अब साउन मसान्तासम्म सदस्यता वितरणको समय दिने भएको छ। यसअघि  चैतसम्म मात्र समय तोकिएको थियो। अहिलेसम्म संगठन समायोजनको काम सकेका ४० जिल्लाले सदस्यता नविकरण र नयाँ वितरणको काम सुरु गरिसकेका छन्।

    सदस्यता छानविनसहितका सात चरणको काम सकेर सभापतिले सदस्यताको प्रमाणित प्रतिलिपि मंसिर मसान्त भित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउनुपर्ने उल्लेख छ। यसअघि उक्त मिति साउन मसान्तका लागि तय गरिएको थियो।

    त्यसैगरी कात्तिक १६ गतेबाट सुरु गर्ने भनिएको गाउँ/नगर अधिवेशन दुई महिना पर पुस ६ गते देखि गर्नेगरी संशोधन गरिएको छ। संशोधित कार्यतालिका अनुसार पुस ८ गते गाउँ/नगर, प्रदेशसभा पुस ११ गते, प्रतिनिधिसभा क्षेत्र पुस १३ गतेका लागि तय भएको छ।

    कात्तिक २५ का लागि तय भएको जिल्ला अधिवेशन पुस १६ गते गर्ने निर्णय गर्दै कांग्रेसले प्रदेश अधिवेशन माघ ६ गतेका लागि प्रस्ताव गरिएको छ। यसअघि प्रदेश अधिवेशन मंसिर २९ गते गर्ने कांग्रेसले निर्णय गरेको थियो तर, कोरोना भाइरसको संक्रमणसँगै सदस्यता वितरणसहितका सम्पूर्ण काम रोकिएपछि सभापति देउवाले महाधिवेशन टार्न लागेको भन्दै इतर समुहले आलोचना गर्दै आएका छन्।

    यसैबीच केन्द्रीय समितिको बैठकमा राज्य व्यवस्था समितिको बैठकबाट वैवाहिक अंगिकृतसहित नागरिकताका विषयमा संविधान विपरित गरेको निर्णयका विषयमा पनि पार्टीले आधिकारी धारणा बाहिर ल्याउने छ।

    संशाेधित कार्यतालिका यस्तो छ:

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रसुवा कारागारबाट सबै कैदी फरार, कुख्यात अपहरणकारी उदय सेट्टी पनि छुटे

    काठमाडौं, भदौ २५ – रसुवा कारागारमा रहेका सबै ९८ जना कैदी फरार भएका छन्। कारागारका...

    जेनजी समूहको भर्चुअल छलफलमा ३२ सयभन्दा बढी सहभागी

    काठमाडौं, भदौ २५ – राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि गरेको आह्वानपछि जेनजी पुस्ताका युवाहरूले वृहद...

    संसद भवनमा ३२ जनाको मृत्यु भएको दाबी भ्रमित सूचना : प्रहरी

    काठमाडौं, भदौ २५ – हाल भइरहेको जेनजि आन्दोलनसँग जोडेर सामाजिक सञ्जालमा फैलाइएको “संसद भवनभित्र ३२...

    प्रहरीबाट खोसिएका हतियार सेनाको जिम्मा

    काठमाडौं, भदौ २५ – मंगलबारको आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियार, नगद र सञ्चार सामग्री नेपाली...

    आज २०८२ साल भदौ २५ गतेको राशिफल

    आज भदौ २५, २०८२ (सेप्टेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...