News Portal

  • संसदको अभिलेखबाट हिन्दी बोलेको हटाउन सर्वोच्चमा रिट

    हिमाली संचार संवाददाता
    ३७३ पटक
    २०७७ असार ७, आइतबार

    काठमाडौं – संघीय संसदमा हिन्दी भाषामा बोलिएका रेकर्ड हटाउन र नेपाली भाषामा मात्रै बोल्न परमादेश जारी गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर हुने बाटो खुलेको छ ।  यसअघि सर्वोच्चका मुख्य रजिस्ट्रारले गरेको दरपीठ आज बदर भएपछि रिट दायर हुने भएको छ । मुख्य रजिस्ट्रारले दरपीठ गरेको आदेश न्यायाधीश टङ्कबहादुर मोक्तानको एकल इजलासले आज बदर गरेपछि रिट दायर हुने भएको हो  ।

    विधानको धारा ७ को १ मा सरकारी कामकाजको भाषा देवनागरी लिपीमा लेखिने नेपाली भाषा हुनेछ भनिएको र  संविधानको धारा १ को २  र धारा ४८ को ‘ख’ मा संविधान र कानुनको पालना गर्नु नागरिकको कर्तव्य हुनेछ भनिएकोले विधायकहरु संघीय संसद्का दुवै सदनमा बोल्ने सरकारी कामकाज कै लागि भएकोले संसदमा नेपाली भाषा बोल्नुपर्ने रिटमा जिकिर गरिएको छ ।

    संसदमा बोलेको कुरा इतिहाससम्म अभिलेख हुने भएकोले नेपाली भाषा मात्र बोल्न माग गरिएको  छ । त्यस्तै यसअघि सांसदहरु सरिता गिरी र अमृता अग्रहरीले प्रतिनिधिसभाको बैठकमा बोलेको हिन्दी भाषा संसद्को अभिलेखबाट हटाउन समेत माग गरिएको छ ।

    संविधानको धारा १३३ को उपधारा २, ३ बमोजिम उत्प्रेषणको आदेशले  हिन्दी भाषामा बोलिएको सामग्री हटाई बदर गरी नेपाली भाषा बोल्नु र बोलाउनु भनी संसदमा दुवै सदनका नाममा परमादेश जारी गर्न माग गरिएको छ ।  आजको इजलासमा वरिष्ठ अधिवक्ता डाक्टर चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरू अनन्तराज लुइँटेल, केशरजंग केसी, कमल कोइराला, सन्तोष भण्डारी, लोकेन्द्र ओली लगायतले बहस गरेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...