News Portal

सिमानामा अलपत्रलाई ल्याउन माथिको आदेश छैन : प्रहरी प्रमुख

हिमाली संचार संवाददाता
४८५ पटक
जेष्ठ ५, २०७७

झापा -झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले माथिको आदेश नआएसम्म भारतबाट नेपाली ल्याउन नसकिने दाबी गरे। कोइरालाले भने,‘बैठक ल्याउने निर्णय गरेको हुन सक्छ तर गृह मन्त्रालयवाट आधिकारित निर्देशन नआएसम्म ल्याउन सकिन्न ।’

उनले अलपत्रलाई ल्याएर राख्ने क्वारेन्टाइनसमेत तयारी भइनसकेको बताए। ‘उनीहरुलाई ल्याएर कहाँ राख्ने के ख्वाउने ?,’ उनले भने।

सर्वपक्षीय बैठकमा प्रदेश सरकारका कानुन मन्त्री हिक्मत कार्कीले नेपाल र भारतबीचको सहमतिअनुसार नेपालमा भएका भारतीयलाई पारि र भारतमा भएका नेपालीलाई वारि ल्याउने औपचारिक निर्णय हुन बाँकी रहेको जनाएका थिए।

भारतबाट आएकाहरुलाई होल्डिङमा राख्ने, क्वारेन्टाइनमा राख्ने या सम्बन्धित जिल्ला पठाउने कुरामा प्रदेश सरकार जिम्मेवार रहेको जनाए। भारतबाट करिब २० हजार नेपाली प्रदेशको विभिन्न नाकाबाट नेपाल प्रवेश गर्ने अवस्थामा रहेको मन्त्री कार्कीले जनाए।

मेचीपारि हाल हजारभन्दा बढी नेपाली अलपत्र अवस्थामा रहेको जानकारी आएको छ। कतिपय भने रातिको समयमा अवैध ढंगबाट नेपाल प्रवेश गरिरहेको स्थानीयवासीहरुको भनाईछ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...