News Portal

सिमानामा अलपत्रलाई ल्याउन माथिको आदेश छैन : प्रहरी प्रमुख

हिमाली संचार संवाददाता
५२४ पटक
जेष्ठ ५, २०७७

झापा -झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले माथिको आदेश नआएसम्म भारतबाट नेपाली ल्याउन नसकिने दाबी गरे। कोइरालाले भने,‘बैठक ल्याउने निर्णय गरेको हुन सक्छ तर गृह मन्त्रालयवाट आधिकारित निर्देशन नआएसम्म ल्याउन सकिन्न ।’

उनले अलपत्रलाई ल्याएर राख्ने क्वारेन्टाइनसमेत तयारी भइनसकेको बताए। ‘उनीहरुलाई ल्याएर कहाँ राख्ने के ख्वाउने ?,’ उनले भने।

सर्वपक्षीय बैठकमा प्रदेश सरकारका कानुन मन्त्री हिक्मत कार्कीले नेपाल र भारतबीचको सहमतिअनुसार नेपालमा भएका भारतीयलाई पारि र भारतमा भएका नेपालीलाई वारि ल्याउने औपचारिक निर्णय हुन बाँकी रहेको जनाएका थिए।

भारतबाट आएकाहरुलाई होल्डिङमा राख्ने, क्वारेन्टाइनमा राख्ने या सम्बन्धित जिल्ला पठाउने कुरामा प्रदेश सरकार जिम्मेवार रहेको जनाए। भारतबाट करिब २० हजार नेपाली प्रदेशको विभिन्न नाकाबाट नेपाल प्रवेश गर्ने अवस्थामा रहेको मन्त्री कार्कीले जनाए।

मेचीपारि हाल हजारभन्दा बढी नेपाली अलपत्र अवस्थामा रहेको जानकारी आएको छ। कतिपय भने रातिको समयमा अवैध ढंगबाट नेपाल प्रवेश गरिरहेको स्थानीयवासीहरुको भनाईछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...