कृष्ण सरको निमन्त्रणालाई नाई भन्न सकिन म ! २०७३ भाद्र १२ गते काठमाडौबाट पुष्कर शाह (दाई) पनि आउनु भएको रहेछ, इलाम जिल्लाले साईकल-यात्रा प्रतियोगिता कार्यक्रम आयोजना गरेको रहेछ। त्यसैले, मलाई पनि जाउ जाउ लाग्यो। म बिहान ५ बजे धरान भानु चोक पुगे। त्यहा ३ जना साइकल यात्रीहरु मलाई कुरी रहनु भएको रहेछ। झिस्मिसेमा आकाशका कुइनेटोबाट भुइमा उज्यालो खस्दै थियो।
बसहरु काठमाडौ जाने तयारीमा त कोही धन्कुटा, हिले हिले भन्दै कराउदै गरेको आवाजहरु सुनिन्थ्यो अनि कोही मान्छे पसिनाले निथ्रुक्क शरीर भिजेका डौडी रहेको देखिन्थ्यो। ईलाम जाने बस भानु चोक पुर्वपट्टी तल्लो पट्टी रहेछ। मैले पनि साइकल बसको हुडमा राखेर मजाले बाँधे।
हामी बसको सिटमा बसी केही गफ गर्दै ईटहरी पुग्यौ। त्यहा १ जना बैनी पनि हामी संगै इलाम जाने कुरा भएकोले हामीले पर्खिन थाल्यौ, बैनी आइ पुग्नु भयो। इलाम तिर हाम्रो यात्रा अघि बढ्यो।
पुष्कर दाईको मीठो गफले हामी दमक पुगेको पत्तै भएन। त्यहा २ जना भाईहरु पनि हामीसंगै इलाम जाने भएकाले उहाहरु पनि अगाडी नै हामालाई पर्खी रहेको रहेछन। हामी उहाहरुको साइकल पनि बसको हुड्मा बाधेर फेरी बस आफ्नो गतिमा इलाम तिर हिड्यो।
”डाईभरले मीठो गीत बजाउदै थियो हामी सुनी रह्यौ “इलामे शहर चिया वारी राम्रो, त्यै पर्यो धर हाम्रो…” हामी चाराली देखि उकालो लाग्यौ। बाटो घुम्ति भएकोले अलि अलि भोक लागेकोले पनि होला मलाई वाक वाक थुकथुकी आउन लाग्यो। तर बान्ता चाही भएन । केही समयपछि माथी धुम्ति तर अलिअली उकालोमा बस टक्क रोकियो ।“
बस सहयोगी भाइले खाजा खानु होला भन्न थाल्यो। सबै यात्रुहरु आफ्नो ठाउबाट जाराक जुरुक उठी हतार हतार खाजा खायौ। फेरी बस उकालो लाग्यो। बिहानको ९ बजे कन्याममा हामी पुग्यौ। ईलामबाट हामीलाई स्वागत गर्न आयोजकहरु तयारी हुनु भएको रहेछ। हामी पुग्ने बितिकै स्वागत छ यहाहरुलाई भन्दै खादा लगाई दिनु भयो।
इलाम पुग्दा हामी ८ जना भएका रहेछौ। त्यस, पछि होटेल भित्र सबैलाई आउन आग्रह गर्नु भो ! हामी जाडोले गर्दा छिटो छिटो भित्र पस्यौ। कन्यामको चिसो हावाले मेरो मुटु थरथर काप्न थाली सकेको थियो।
शुरुमा हामीलाई चिया दिनु भयो। तातो चिया, जाडोले तातो चिया पनि चिसो जस्तै पिए। त्यहा पत्रकार साथीहरु आउनु भएको रहेछ। फोटो खिच्नु पर्छ भनेर साईकलमा चिया बगान घुम्दै पत्रकार साथीहरुको एक हुल संगै सबै जनाले फोटो खिचियो।
हामीले त्यही खाना खायौ। हाम्रो यात्रा शुरु भयो। सिमसिम झरी पर्न थाल्यो। हामी संग छाता थिएन। हामी ओरालो सुरुरु लाग्यौ। अघिअधि राष्ट्रीय झण्डा बोकेर पुष्कर दाइ अनि पछिपछि हामी जीन्दगीको मेरो पहिलो साईकल यात्रा लामो यात्रा थियो।
हामी पुन: फिक्कल पुग्यौ। बजार भरी छुर्पी झुन्डिएको थियो। हामी फिक्कल बजार फनक्कै लगायौ। हामी एउटा होटेलमा चिया पिउन लाग्यौ। अझै, झरी सिम सिम रोकिएको थिएन।
“आयोजकहरुले कार्यक्रम सम्पन्न गर्ने विचार गरेका रहेछन्। अनि, त्यो दिनको हाम्रो बासको लागि टुङो पनि लगाउनु पर्ने रहेछ । त्यही भएर हामी फेरी इलामको कफी पीउदै बस्यौ ।”
केही समय पछि आयोजले हाम्रो लागि त्यो दिनको बाँस ईलामको नयाँ बजार टुङ्गो लगायो। हामी फेरी दिउँसो १ बजे फिकलबाट पुन: ओरालो अनी उकालो गर्दै हाम्रो साईकल अधि बड्यो। हामी सबै त्यो ठाउमा भेला भयौ
त्यहा, एक जग छ्याङ्ग किन्यौ। हामी ४ जनाले पियौ, जाड पिएर फेरी उकालोका लागि हाम्रो यात्र शुरु भयो। हाम्रो साइकल यात्राको त्यो मिठो अनुभूति भित्रको थकान पनि। करिब ४ बजेर १५ मिनेट लप्सी बोटे भन्ने सुन्दर ठाउमा पुग्यौ। हरीयो पहाडको काग्रो र लोकल छ्याङ भेट्टायौ।
पहाडको खोला आफ्नै गतिमा छङ्गछङ फेदीमा बग्दै थियो। हामी विच बाटोको थकाई, विरानो गाउको नयाँ बाटो भएकोले हामी पुग्ने नयाँ बजार कती छ ? भन्ने हामी कसैलाई थाहा छैन।
जङगलको बाटो रात पर्न लागेको छ। हामीलाई त्यो ठाउ पुग्न आतुर लाग्न लाथ्यो। उतिनै खेर, कृष्ण सरलाई फोन आउँछ। नयाँ बजारबाट साथीहरुले कता आई पुग्नु भयो ? भनेर जानकारी लिनु हुन्छ।
थकाई लागेको समय कृष्ण सरले हामी आउदै छौ जबाफ दिनु हुन्छ। साँझ परेको हुदा केहि साथिहरु बाटो सहजिकरणका लागि हामी भएको ठाउ तिर आउदै गरेको जानकारी पायौ।
साईकल दोउराउदै ७ बजेर ४५ मिनेट हामी नयाँ बजार पुग्यो। त्यहाँ हाम्रो टिमलाई पर्खेर बसेका नयाँ बजारबासीहरु साँझ परेको हुदा केही ब्याक्तिहरु आआफ्नो घर फर्की सकेको रहेछन्।
हामी पुग्ने बित्तिकै सबै जनाले ताली बजाउदै हामीलाई स्वागत गर्नु भो ! अनि, थकाईले न्याउरो भएको हाम्रो अनुहार रातो अबीरसंगै सम्मानित खादा ओढाइ दिनु भयो। अनि, हाम्रो परिचयका लागि एउटा चिनजानको कार्यक्रम शुरु भयो।
रात छिपिदै जादै थियो, जाडोले थकान शरीर कापीरहेको रहेको थियो। केही समयको आराम पछि हामीले खाना खान गयौ। खाना खाएर पछि हामीले थकानलाई बिर्सन सबै जना पहाडको सिकुटी अनि कोदोको मिठो तोङबासंगै बस्यौ।
पुस्कार दाइ संधै रमाईलो गर्ने ब्याक्ति। अनि १ सय ५० राष्ट्र साईकलबाट नै यात्रा गरेर विश्व रेकर्ड कायम गर्नु भएको मिठो अनुभवी साइकल यात्री हुन। दाइले, आफ्नै गीतले फेरि अर्को आन्न्द दिनु भयो। “लटर खैरै भाडो है लटर खैरे भाडो…! खुब नबिर्सने पल थियो त्यो दिनको।
हामी हास्दा हास्दै, मध्य रातको १२ बज्न लागेछ। दिनभरीको थकान अब, सुत्नलाई ओछ्यान तिर लाग्यौ। बिहान ६ बजे उठ्यौ त्यही नजिक गुम्बा रहेछ।
केही पर तिर हाम्रो साईकललाई घिसार्न थाल्यौ। त्यहा, वरपरी हरियो चियाको बगान, विहानको जाडो, जाडोले चुस्कि हानी हाल्यो। हामीलाई लामा दाईले खुब धन्यवाद दिनु भयो।
त्यही बाटो हुदै जादा एउटा विधालय रहेछ। हामीलाई ठूलो स्वागत गर्ने बसेका बिध्यार्थी, शिक्षाकहरु एक हुल पर्खी बसेका रहेछन। त्यहा, पनि फेरी हामीले अवीर जात्रा सहित सम्मान पायौ।
हाम्रो यात्रा फेरी अलिक उकालो तर्फ बढायो। उकालो अनि पच्याङ उकालो भएको हुनाले थकाई लाग्यो। त्यो उकालोमा भोक मेटाउन छ्याङ र अन्डा पेट भरी खायौ।
हरियाली अनि सुन्दर गाउहरु संग चिनारी गास्दै, मितेरी लाउदै हामी जमुना गा.वि.स. ईङ्ग्ला भन्ने ठाउमा पुग्यौ। त्यहाको पहिचान रेड पान्डा रहेछ। जमुना-५ नम्बर पुरानो ठाउँ गोलटार। त्यहा हाम्रो लागि हिजै रातादेखि पर्खेर बसेका ठुलठुला आखाहरु रहेछ।
बाटो बाटो दुइटा छेउमा सफा सुकिलो ताबाको गाग्रीमा फुलहरुले सजिएका, बाटो वरिपरी अगरबत्ती धुप बालिएका, हाम्रो बाटो हेरी रहेको थियो। हामी दिनको १२ बजेर ३० मिनेट जादा हामी त्यहा पुग्यौ। जीन्दगीमा पहिलो पटक सेल रोटी साह्रै मीठो लागेको थियो।
सायद, थकान र भोगले गर्दा पनि त्यस्तो अनुभूति भएको होला। पाहुनालाई स्वागत गर्न इलामले राम्रो अभ्यास गरेका रहेछ। पाहुनालाई सत्कार गर्न सिक्नु पर्यो भने इलाम जानु पर्दो रहेछ। इलामको बाटो वरीपरी पुष्कर शाहको हेर्न आएका मान्छेहरु थिए। तर विचराहरु पुष्कर शाह नदेखेका रहेछन्। पुष्कर शाहको नामले धेरैले पर्खी रहेका थिए।
हामीले खाजा खाइ सकेपछि त्याहाको महान बासिन्दाहरुले त्यो मिठो सेल रोटी, कपडाको झोलामा एक झोला सेल रोटीको पोको पुष्कर दाईलाई दिनु भएको रहेछ। दाईले रोटी साईकलको हेन्डलमा झुन्ड्याई बोक्नु भएको रहेछ।
रातो माटो बाटो चिप्लो चिप्लो थियो अनि रोड भरी पोखरी जस्तो आहाल त्यसैमा पुस्कार दाइ अघि अघि म पछि पछि थिए। अरु साथीहरु धेरै पछि आउदै थिए। पुष्कर दाइको साईकल आहालको हिलोमा चिप्ल्यो अनि डुब्यो। रोटी पनि हिलोमा डुब्यो अनि भिज्यो, हिलो भरी, मन दुखाउदै दाईले बाँटो छेउको बारमा चोकेमा रोटी झुन्ड्याइ राख्नु भयो।
“अलिकती उकालो थियो। उकीलोमा कृष्ण सरले पुष्कर दाइ सेल रोटी खाउ भन्दै आउनु भो। तर सेल रोटी हिलोमा भिजेको हुनाले बाटो छेउको किलामा पुष्कर दाइले झुन्ड्याइ राखेको कृष्ण सरलाई थाहा थिएन। “
त्यस पछि सिङाने घारी, झर्नाले सिगारिन्दै त्यो अफ्ठ्यारो बाटोमा म झन्डै लडे तर बाच्नु दिन थिए छ, म जोगिए। दिउसो १ बजेर ४५ मिनेट जमुना वडा नं. ६ पुष्कर शाहको टोली आउदै छ भनेर ढोल झ्याम्टा फुलको मालासगै बाटो भरी जमुनाका बासिहरुको भब्य स्वागत कार्यक्रम आयोजना नै गर्नु भएको रहेछ।
त्यहा, चिया बगान अनि पोखरी घुम्न खुब रमाईलो भयो। त्यही ढोल र झ्याम्टाको ताल र सुरमा उकालो लाग्यौ। हामी सबै जना केही मास्तिर एउटा विधालयमा पुग्यौ फेरी हाम्रो लागि ठूलो कार्यक्रम रहेछ।
हामी विभिन्न स्वागतका कार्यक्रमहरुमा सहभागी हुदै मायाको चिनो पनि पायौ। अनी, हामी खाना खान तिर लाग्यो। त्यही दिन हामी ईलाम बजार पुग्नु थियो।
साईकलमा पुग्न सम्भव नभएर त्याहाको ब्याक्तिहरुले गाडी रिजाब गरी हामीलाई ७ बजे विदाइका हातहरु हल्लाउनु भयो। हामीले पनि हाम्रो साईकल्हरु बसको पछाडी घोडा छाडे जस्तो गरेर डोरीले बाधेर सिटमा राख्यौ। रात परी सकेको थियो। थाहा थिएन बाटो कस्तो छ।
थकाईले गर्दा म त निदाए छु बसमा। सुलुबुङ्ग पुग्ने बेलामा ब्युझे त्यति बेला रातको १० बजेको रहेछ। हाम्रो लागि ग्रिन होटेलमा विशेष व्यवस्था गरेका रहेछन्। त्यहा पुष्कर दाइहरुले त खाना खानु भयो। म र कृष्ण सरले खाना नखाइ नै सुत्ने निर्णय गर्यो।
“भोली बिहान ७ बजेर ३० मिनेट नेपाल वाणी रेडियो एफएममा पुष्कर दाइले अन्तरबार्ता दिनु भयो । करिब ३० मिनेट जति मैले पनी सुने। दाईको धेरै सफलताको कुरा अनि जीन्दगीको आरोह अबरोह नजिकबाट सुन्न पाए मैले पनि । मलाई पनि खुब मनमा केही गर्ने जोस जाग्यो । “
दाईको अन्तरबार्ता सकिएपछि हामी झोला र साईकल अनि साथीहरु संग ९ बजेर ४० मिनेटमा जिरो पोइन्टबाट ईलामको प्रमुख जिल्ला अधिकारी लगायदले भव्य स्वागत कार्यक्रम आयोजना गर्नु भएको रहेछ।
त्यसपछि ईलाम बजार हुँदै रबि तर्फको यात्रा सुरु भयो। हामीलाई बिचबिचमा स्वागत गर्नेहरुको हूल थियो। जुन हामी खाना खान पुग्नु पर्ने ठाउमा समयामा पुग्नु पर्ने थियो। त्यो समयमा पुग्न सकिन्न थियो भोकले हैरान हुँदै साईकलको पाईडल चलाई राखिन्थ्यो।
राके बजार पुग्ने समयमा रमाईलो जङ्गलहरुले जिस्क्याउदै थियो हामीसंग पिउने पानी थिएन। मलाई खुब तिर्खा लागेको थियो। म सुइ सुई सुसेली हाल्दै पछ्याई नै रहे पछि पछि कृष्ण सरले सबैलाई गाईड गर्दै आउदै हुनु हुन्थ्यो। कहिले काहीँ मलाई सोध्नु हुन्थ्यो दिलिप सर कस्तो लागि रहेको छ? मेरो जवाफ थियो धेरै रमाईलो कृष्ण सर।
यसरी राके बजार २ बजे पुग्यौ। साईकललाई पनि विश्राम दिदै केसी होटलमा खाना खायौ। करिब ३ बजेर ३० मिनेटमा त्यहाबाट फेरी हिड्यौ। घुर्बिसे पुग्नलाई करिब १२ किलोमिटर रहेछ सिम सिम पानी पर्न थाल्यो।
त्यहा, स्थायीयबासीहरुले रोड खन्दै रहेछन्। रातो माटो पानी परेको बेला चिप्लै हुन्छ। पानीले जमिन भिजेको छ। झोला अनि शरीर पनी तर रमाईलो भएको बेला पत्तै भएन हास्दै हास्दै ८ जना ओरालो झैर्दै अघि पछि त्यो ठुला ठुला चौरी भरी अनि चौरी गाइ संग जिस्किन्दै।
घुर्बिसे पुग्न लागेको बेला म खुब मजाले साईकलमै उतानो भए। झरी परेको रातो माटो मजाले चिप्ल्यो। हामी ५ बजेर ४५ मिनेटमा घुर्बिसे बजार पुग्यौ। सबै जना त्यहा ईलाम र पाँचथरको सिमाना जोडिएको बजारमा रोकियौ। हामी अझै रबि पुग्नु पर्ने थियो खाना खान अनि बासको बन्दो बस्तो गरी सकेका थियौ।
“ईलामका आयोजक टिमले झरी परेको अनि बाटो बिग्रेको छ भनी हामीलाई त्याहाको बासिहरुले रबि बजारको ब्याक्तिहरु संग सल्लाह गरेर हामीलाई त्यही राख्ने निर्णय गर्नु भो।”
हाम्रो साईकलहरु त्यही खर्काइयो भेडा जस्तै। दिन भरिको थकाई अनि पानीले भिजेकाले तातो पानीमा पहाडको कोदोको लोकल तोम्बा अलि पिरो पिरो खोर्सानी सग सुकुटी आहा क्या मिठो। केही समय फुर्सद मिल्यो। पुष्कर दाईले भन्नू भो हामी जान्ने जति रमाइलोका लागि तास खेल्न थाल्यौ तोङबा तान्दै।
खाना तयार भयो तातोतातो खाना खायौ। बेलुका पुष्कर दाइले कहिले खाना खानु हुन्न रहेछ किन भने पहिले विश्व यात्रा गर्दा कहिले काहीँ बेलुका खाना नपाएर त्यतिकै सुत्नु पर्थ्यो रे त्यसैले नि बेलुका खाना खान छोड्नु भएको रहेछ। अनि बानी पनि बसेको रहेछ।
म २ पटकसम्म भात थपे अनि सुजन चौधरी भाईले ४ पल्ट भात थप्नु भयो। झ्याप झ्याप पुष्कर दाइले देख्नु भएछ र फेरी सोध्नु भयो सुजन भाइ अझै भात थप्ने सुजन भाईले अब त पुग्यो दाइ भन्दै हामी खुब मजाले हास्यौ। थकाईले गर्दा ओछ्यान तिर गयौ।
भोलि बिहानै ५ बजे गुर्बिसेलाई बिदा माग्दै पाँचथर सप्तमी बजार हुदै जानु थियो। बिच बाटोमा खुब भोक लाग्यो सप्तमी पुग्नु अझै बाकी थियो बाटोमा एउटा घरबाट बाजे मकै पोलेर खादै आउदै हुनु हुन्थ्यो पुष्कर दाइ साईकल रोक्नु भयो र त्यो बाजेसग मकै माग्नु भयो र मलाई नि दिनु भो खुब मीठो रसिलो लाग्यो त्यति बेला अरु साथीहरु पछाडी आउदै थिए।
सप्तमी बजार ९ बजेर ३८ मिनेटमा पुग्यौ। त्याहाका बासिन्दाहरुले स्वागतको कार्यक्रम राख्नु भएको रहेछ। फुलको मालाले स्वागत गर्नु भो। धेरै जनाको उपस्तिथि देखिन्थ्यो पुष्कर शाहलाई भेट्न आतुर मनोहरपुरु। त्यहा हामीले चिया खाजा खान पायौ। हाम्रो समुह फेरी रबि बजारको तातो तातो खाना खानु पुग्नु थियो।
ओरालो कोही अघि कोही पछि घले भाईले अघि जाँदै फोटो खिच्दै अनि कृष्ण सरको मिठो त्यो गीत गाएको अझै याद रहन्छ। सुजन भाइ सधै पछि हिड्ने बानी, बिनु बैनी ढ्यास्स बसेर केही बेर पछि बोल्ने रहेछिन। रबि बजारको भात सेलाउन लागेको थियो हामी १२ बजे पुग्यो। त्यहा पुष्कर शाहको समुह आइ पुग्न लाग्यो है भन्ने सुनेर बजारमा भरी बाटो टेक्ने ठाउँ थिएन।
रबि प्रसाद राईको सालिक बनाएको रहेछ। त्यही कार्यक्रम आयोजना रहेछ कुर्सीहरु लस्करै राखेको थियो। अनि सुरक्षाकर्मी साथीहरु पनि खटिनु भएको रहेछ।
”त्यहाको वडा अध्यक्षले रबि बजारको बारेमा खुब अर्थपूर्ण कुरो सुनाउनु भयो। रबि बजार पहिले चौर थियो रे । त्यहा मान्छेको बस्ति नै थिएन रे। खोटाङ बाक्सिलादेखि रबि प्रसाद राई आएर त्यो चोउरमा बसेका रहेछ।”
अनि बिस्तारै बस्ती हुँदै अहिले ठूलो शहर बनेको कुरा बुझ्न पाए। रबि छेउ छाउमा सिन्ह देबि गुफा रहेको बताए। रबि जरिबुट्टे डाडा, बेहुली ढुङ्गा छ रे। कार्यक्रम सकेपछि हामी खाना खान तल तिर लानु भयो होटेलमा गएर फेरि खुब मजाले मासु भात खायौ। हामी सबै जना संगै बिदा माग्दै साईकल माथी चढेर बाटो लाग्यौ।
सबै जना नयाँ बाटो हामीलाई जङ्गलको बाटो पहाडको बाटो आहा मिठो अनुभूति ओरालो बाटोमा कृष्ण सरले सबैलाई बिस्तारै आउनु होला भन्दै अघि अघि हिड्दै हामी पछ्याई रहेको थियौ। लेख गाउँ पुग्ने बेलामा साह्रै ठुलो जङ्गल रहेछ। साझ परी सकेको थियो।
बिनु बैनी थकाईले हिड्न सक्नु भएन त्यो दिन झमक्क साझ परी हाल्यो। उकालो बाटो साईकलको पाईडल पनि चल्दैन जङ्गलको बाटो भएर होला। भुई देख्न छाड्यो लाईट बालेर बल्ल बल्ल ८ बजे लेख गाउ आई पुग्यौ।
हामी एउटा घरमा बाँस माग्यौ। उहाले बाँस दिनु भयो। हामीलाई धेरै कुरा कानी भयो उहाँ सग। (सुरेन्द्र वालु राई) त्यहाको बारेमा हामीले सोध्यौ। कत्ती घर छ यो गाउमा ? उहाले १ सय १३ घर मात्र छौ भन्नु भयो। सय घर राईहरु, ११ घर तामाङ अनी २ घर लिम्बु।
बिहान हामी ६ बजे हिड्न लागेको थियो। सबैको साईकल सुजन भाईले निकल्दै थियो। कृष्ण सरको साईकल पम चर भएको रहेछ। सुजन भाईले बनाउनु भयो र बल्ल हामी त्यहाबाट हिड्यौ धन्कुटा बुधबारे बजार तिर।
अघि र पछि गर्दै त्यो भिर पहरा ओरालो कठिन हुँदै थियो। हिडेको ४ दिन भइ सकेकोले पनि होला। १० बजे बल्ल धनकुटा बुधबारे बजार आई पुग्यौ। खाना त्यही खायो र बसमा धरान झर्ने सल्लाह गर्यो। ११ बजेको बसमा चढी राजा रानी हुँदै भेडेटार सम्म आयौ अनि फेरी ओरोलो साईकलमा चढेर धरान झर्यौ।
✍️दिलीप जरायो, धरान सुनसरी ।