News Portal

  • कोरोनाको कहरको बेला स्थानीय सरकार, गाउँ-समाज-युवा नेताको भुमिका र उत्तरदायीत्व

    दुर्गा श्रेष्ठ
    ७२५ पटक

    वर्तमान अवस्था सोचे जस्तो सजिलो छैन। कोरोनाको कहरमा चापले एउटा गाउँ, एउटा देश मात्र नभएर पुरै विश्व लथालिङ्ग बनेको छ। कैयौँ मानिसले ज्यान गुमाएका छन्। कैयौँ संक्रमित छन्। यो अवस्था हामी मानव जातिको लागि पहिलो संस्करण हो। एउटा मास्कको अभाव खट्किनु नै हाम्रो लाचारीपन हो। कोरोनाको कहरको भन्दा पहिला हामीले विश्वलाई जस्तो सोच्थ्यौँ, त्यो पूर्णतः गलत सावित भैसकेको छ। विज्ञान यतिखेर आफ्नै रफ्तारमा भौतारिएको छ। यथार्थमा भन्नुपर्दा प्रगतिशील र परिवर्तनशिल मानिसको वास्तविक स्थिति प्रष्ट्याइ दिएको छ।

    कोरोना भाइरस (कोभिड-१९) हालको जटिल समस्या हो। विश्वका विभिन्न देशहरु यसको रोकथामको लागि लागिपरिरहेको अवस्था छ। यो रोगबाट बच्न कुनै पनि भ्याक्सिन, खोप तथा औषधी उपलब्ध हुन नसक्नु, भाइरसले दिन प्रतिदिन आफ्नो  क्षेत्रफल फराकिलो बनाउँदै जानु सानो चुनौती होइन। यसो हुँदा पनि यस रोगबाट बच्न हामीलाई एउटै विकल्प छ, त्यो हो एकान्तबास र सामाजिक दुरी कायम राख्नु। महामारीको यो अवस्थामा दैनिक जीवन गुजारा गर्न गाह्रो हुनु पहिलो चरणको दयनीय अवस्था हो। सरकारले आफ्नो नागरिकको लागि विपद्को बेला राहत प्रदान गर्न नसक्नुलाई अझ विकराल स्थिती मान्नु पर्छ। अरुबेला तँछाडमछाड गर्ने संघ/संस्था यो विपत्तिको बेला मौन रहनु अर्को आश्चर्यको कुरा हो। यस्तो बेलामा सामाजिक संघ/संस्था पनि एक भएर लाग्नु स्वभाविक देखिन्छ  किन कि सर्वसाधारणको दैनिक जीवन नै तहसनहस हुँदासम्म र खाद्य सामग्रीको अभावले छटपटिदा किन मौन छन् ? भनेर कसैले पनि प्रश्न गर्ने समय पाएका छैनन्।

    अहिलेको विषम परिस्थितिलाई किन  पहिलो चरण भनिएको हो भने, महामारीको अन्त्यपछि उत्पन्न हुने वातावरण र परिस्थिति सामान्य खालको हुनेवाला छैन। कैयौँ कलकारखाना, उद्योग धन्दा चौपट भैसकेका छन्। उनीहरुलाई पहिले कै स्थितिमा आउन निकै गाह्रो हुने छ। अहिले अलपत्र परेका मजदुरहरुले सजिलै रोजगारी पाउने सम्भावना कम छ। संसार युद्द पछिको रणमैदान हुने छ। खाद्य सामग्रीको अभाव हुनेछ। त्योभन्दा पनि ठूलो कुरा देशको अर्थतन्त्र नै धरायसी बनिसकेको हुने छ। राज्यले दोस्रो चरणको समस्यालाई मध्यनजर गरेर आफूलाई तयारी अवस्थामा राख्नुपर्ने हुन्छ। अहिलेको अवस्थामा समाजमा च्याउ जसरी खुलेका स्थानीय सरकार गाउँ टोल एकबद्ध भयर अघि बढ्ने समय हो। सर्प देख्दा बाहिर हात गर्ने अधिकार कसैलाई पनि नभएको कारण उनीहरुले अवलम्बन गरेको नीति र लिएको उद्देश्यलाई सबै सामु छर्लङ्ग पार्ने अवसर पनि हो।

    अत: सरकारले अव्यवस्थित तरिकाले कोरोनाको कहर नियन्त्रण गर्ने संयन्त्र बनाउने र खर्चिलो बजेट विनियोजन गरेर अघि बढ्नु मात्र होइन। अहिलेको अवस्था भनेको निम्न वर्ग, मध्यम वर्ग र मजदुरहरुलाई खाद्यान्न उपलब्ध गराउन सक्नु  ठूलो राहत हो। रोजगारदाता देशहरूले आफ्नो नागरिक फिर्ता लैजाउ भनि सकेको अवस्थामा आफ्नो देशको जनशक्तिलाई आफ्नै देशमा उपयोग गर्ने अवसरको रूपमा लिइनु पर्दछ।

    अहिलेको परिस्थितिमा राज्यले महामारी पछिको समस्यालाई कसरी समाधान गर्ने भन्ने कुरा सोच्नु ढिला भइसकेको छ। विदेशमा रहेका अधिकांश युवाहरू कोरोना भाइरसको कारण रोजगार बिहिन बनेका छन्। भाइरस नियन्त्रण पनि अहिलेको जटिल समस्या हो। तर यसको रोकथाम गर्न वा भाइरस फैलन नदिन के-कस्तो नियम पालना गर्नुपर्छ भनेर हामीले जानिसकेका छौँ। यस्ता कुराहरुमा मानिसलाई जनचेतना प्रवाह गर्ने काम  स्थानीय सरकार गाउँका युवा नेताहरु सामाजिक संघ/संस्थाको पनि ठूलो हात रहेको छ। विकासका योजनालाई ढुकेर हात पार्ने र समन्वय गरेर कमिसन खानु मात्रैलाई संघ/सस्थाको काम मानिन्छ भने यो गलत सावित हुन सक्छ। महामारीसंगै त्यस्ता निकायहरु पनि बढारिन जरुरी छ।

    होइन भने सर्वसाधारण र सरकारलाई सहज तुल्याउने काम उनीहरुले गर्नै पर्छ। मैले यसो भनि रँहदा अहिले जुन माहोल छ, जसरी सामाज असन्तुलित छ, सरकारले यहि अवस्थामा आफ्नो जनशक्तिलाई दीर्घकालीन योजना र युवाहरूलाई उचित रोड म्याप तयार पारिदिने अवस्था सृजना भएको छ। यसमा सरकार केन्द्रीत हुनुपर्छ। स्वरोजगार वा सामुहिक लगानीमा उत्पादनको क्षेत्रमा स्थापित हुन चाहने जनशक्तिलाई स्थानीय सरकारले मल बिऊ जस्ता सामनाहरु उपलब्ध गराउनु ठूलो सहयोग हो। र, व्यक्तिगत स्वार्थको लागि लागिपरेको छ, कसले समाजको लागि आफ्नो समय खर्चिरहेको छ भनेर पहिचान गर्ने समय पनि आएको छ। हाम्रो देश मा यो  कोरोनाको कहरको अवस्थामा

    पिडा लुकाइ बाहिर मुस्कान खुसी छर्दैछन् जो
    कर्म पथमा अडिग छन् सोध्छन् सन्चो विसन्चो
    दिन रातै नभनि सेवामा जो अटल तल्लिन छन्
    आफ्ना दुःख भूली मलम अरुलाई जो लाउछन्
    उनीहरूको लागि हामी जुगल बासी  श्री वनकाली देवि माध्यमिक विद्यालय परिवारको तर्फबाट र म व्यक्तिगतकाे तर्फ बाट धन्यबाद दिन चाहन्छौ।

    खुला सिमानामा कर्फ्यु लागू गरेर सीमा क्षेत्रमा होसियारी अपनाउनु अहिलेको जल्दाबल्दा समस्या हुन्। छिमेकी मुलुक भारतमा कोरोनाको कहरले उच्च रुप लिएको छ । त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षाको वातावरण बनाउन सरकारले अहम् भुमिका खेल्न सक्नु पर्छ। देशमा समस्या त त्यतिबेला उत्पन्न हुन्छ जतिबेला महामारीको अन्त्य हुन्छ। देश भित्र बेरोजगारी को संख्या बढ्ने छ र उनीहरुलाइ व्यवस्थित गर्न सकिएन भने झन् जटिल समस्या उत्पन्न नहोला भन्न सकिन्न। त्यसैले अहिलेको महामारीको समयमा सरकार आफैँले सामाजिक संघ/संस्था, दातृनिकाय, व्यक्तिहरुको साथ माग्न जरुरी छ। देशमा बढ्दो बेरोजगारीको समस्यालाई स्वरोजगार कार्यक्रम बनाएर युवाहरूको मन जित्न सक्नुपर्दछ।

    किन कि रोजगारदाता देशहरूले आफ्नो नागरिक फिर्ता लैजाउ भनि सकेका छन्। यस्तो अवस्थामा आफ्नो देशको जनशक्तिलाई आफ्नै देशमा उपयोग गर्ने अवसरको रूपमा लिइनु पर्दछ। चुनाबकाे बेला मात्र जनता लाई उकासेर जित्नु मात्र ठूलो होइन यो बेला जनतालाई सहज हुने वातावरण बनायो भने त्यो नाई ठूलो हात हुने देखिन्छ। अहिले हाम्रो जुगल गाउँ पालिका को स्थानीय सरकार संघसंस्थाहरु र युवाहरु एकजुट भएर यो कोरोनाको कहरमा लागिपरेको देखिन्छ सबै स्थानीय सरकार प्रदेश सरकार केन्द्रिय सरकार एकजुट भएर अघि बढ्यो भने यो कोरोनाको कहर समाधान हुन सकिन्छ आफू पनि बचाऊ अरूलाई पनि बचाऊ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१७ गते सोमबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १७ गते सोमबार इश्वी सन २०२४ अप्रिल २९...

    इलाम-२ उपनिर्वाचन ताजा मतगणनाको मतपरिणाम सार्वजनिक एमालेले लियो अग्रता

    बैशाख -१६, आइतबार/इलाम – इलाम-२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिकाको वडा नं. १, २,...

    मटिहानीका अग्नि पीडितहरुलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा सहयोग

    बैशाख-१५, आइतबार/मोरङ – महोत्तरी जिल्ला मटिहानी नगरपालिका वडा नं ६, जलहरवामा ६ गते भएको आगलागीबाट...

    नियमित मर्निङ वाकले मोटोपना, हृदयरोग जस्ता रोगबाट बचाउँछ

    काठमाडौं। बिहानको ताजा हावामा हिँड्नु भएको छ ? बिहानै उठ्न सबैलाई कष्टकर लाग्छ तर बिहानको...

    आज बैशाख-१६ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १६ गते आइतबार इश्वी सन २०२४ अप्रिल २८...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal