News Portal

प्रधानमन्त्रीलाई भट्टराईको आग्रह राजीनामा दिनुस् 

हिमाली संचार संवाददाता
४८७ पटक

काठमाडौँ — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन आग्रह गरेका छन् । प्रधानमन्त्री ओली गम्भीर लोकतन्त्र र कानुनविरोधी गतिविधिमा संलग्न तथा संरक्षणमा लागेको भन्दै उनले राजीनामाको माग गरेका हुन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै समाजवादीका सांसदसमेत रहेका भट्टराईले प्रधानमन्त्री ओलीले अहिलेको अवस्थामा राजीनामा दिनुको विकल्प नभएको बताएका हुन् ।

‘सत्ताको प्रयोग गरेर कोही पनि महान भइँदैन, नैतिक आचारण ठूलो हुन्छ,’ भट्टराईले प्रधानमन्त्री ओलीलाई सुझाव दिए, ‘तपाईं अनावश्यक गतिविधिमा संलग्न हुँदा, आफैँमाथि अन्याय भएको छ । रोगले जीर्ण भएको शरीरलाई आराम दिनुस् । लोकतन्त्रलाई बचाएर आफ्नै छविलाई बचाएर अगाडि बढ्नका निम्ती राजीनामा दिनु उपयुक्त हुन्छ ।’

उनले थपे, ‘तपाईंको राजीनामाले समाज र देशको गतीलाई उचित निकास हुन्छ । लोकतन्त्र सुनिश्चित हुन्छ र देशले नयाँ दिशा पक्रन्छ ।’

प्रतिकृया दिनुहोस्

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...