News Portal

  • आफ्ना नागरिकलाई स्वदेश आउन नदिने अत्याचारपूर्ण काम बन्द गरियोस् : नेकपा नेता रावल

    हिमाली संचार संवाददाता
    ५४३ पटक
    २०७७ वैशाख २५, बिहीबार

    काठमाडौँ – भारतका विभिन्न सहरबाट फर्केर सीमामा पुगेका हजारौं नेपालीलाई स्वदेश आउन नदिएकोमा सत्तारुढ दल नेकपाका सांसद भीम रावलले आपत्ति जनाएका छन्।

    रावलले ४५ दिनभन्दा बढी समयदेखि सीमामा अड्किएका नेपालीलाई स्वदेश आउन दिनुपर्ने माग गरेका छन्।

    प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा सांसद रावलले सुदूरपश्चिमको बनबासालगायतका क्षेत्रमा नेपाली नागरिक रोकिएको र उनीहरू स्वस्थ हुँदा पनि सरकारले आउन नदिएको भन्दै आक्रोश व्यक्त गरेका हुन्।

    ‘आफ्नै नागरिकलाई स्वदेश फर्किन नदिने अत्याचारपूर्ण काम बन्द गरियोस्। सीमामा बसेकाहरूलाई कोरोना छैन तैपनि सीमामा रहेका नेपालीलाई के कारणले रोकियो ?

    यो अत्याचार अन्त्य गरियोस्,’ उनले थपे, ‘उहाँहरूलाई त्यत्तिकै ल्याइयोस् भनिएको होइन। स्वास्थ्य परीक्षण गरेर समबन्धित पालिकामा कति दिन बस्नुपर्ने हो त्यो पूरा गर्नेगरी ल्याइयोस्।

    एकातिर सीमामा लामो समय बस्दा उनीहरूलाई थप समस्या हुने र अर्कोतिर उनीहरूको परिवारमा चिन्ता थपिने रावलको भनाइ थियो।

    बाली भित्र्याउने र नयाँ बाली छर्ने बेलामा उनीहरूलाई सीमामा अड्काएर राख्दा कृषिमा पनि प्रभाव पर्ने रावलको भनाइ थियो।

    ‘कतिपय देशले आफ्ना नागरिकलाई विमान पठाएर आफ्नो देश लगिरहेको छ। हामी ४५ दिन सीमामा अलपत्र परेका नेपालीलाई ल्‍याउन नसक्ने ?,’ उनले थपे।

    अहिलेको अवस्थामा भारत नेपालबीचको सीमा अन्तर्राष्ट्रिय मान्यताअनुसार नियमन गर्नुपर्ने पनि रावलको भनाइ थियो। साथै, भारतीयलाई नेपाल प्रवेश रोक लगाउनुपर्ने उनले बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देशभर आठ राजमार्ग पूर्ण अवरुद्ध, आधा दर्जनभन्दा बढी सडकमा एकतर्फी सवारी, यात्रु अलपत्र

    काठमाडौं, साउन १३ – देशभर लगातार परेको अविरल वर्षाले जनजीवन प्रभावित मात्र होइन, यातायात पूर्वाधारमा...

    गरिब परिवारको पीडा: बुझिदिने कोही भएन

    रविन्द्र बराल/ मोरङ, साउन १३ – मोरङको रतुवामाई नगरपालिका–५ स्थित गोविन्दपुर नजिकैको लेटिगाउँमा वर्षौंदेखि अैलानी...

    वृहत एकताको पक्षमा सहयोग गर्ने एनसीसीलाई एनआरएनएको साथ : अध्यक्ष श्रेष्ठ

    काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष महेश कुमार श्रेष्ठले वृहत एकताको पक्षमा रहेर र वैधानिक...

    आज साउन १३ गतेको राशिफल

    आज साउन १३, २०८२ (जुलाई २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    बेपत्ता भनिएको परिवार मजदुरी गर्न पोखरा आएको खुलासा

    पोखरा, साउन १२ – केही दिनदेखि सम्पर्कविहीन रहेको भनिएको हायू परिवार अन्ततः पोखराको गगनगौंडामा सकुशल...