News Portal

देश बिकासमा युवा जागरुक हुन जरुरी

हिमाली संचार संवाददाता
५९६ पटक

साउदीअरब – अबको चुनावमा तपाईं म जस्ता युवा जागरुक हुनै पर्छ। तपाईं अनि मैले पहिलाको जस्तो चुनाबमा त्यही पार्टिलाई भोट दिएको बाउ बाजे देखि त्यही पार्टी हो मैले पनि अन्य दललाई भोट दिनुहुन्न कि दिदै दिन्न नत्र त्यही पार्टिलाई दिने हो भन्ने मानसिकता हटाउन ढिला गर्नु महाभुल हुनेछ। हिजो गल्ती गरियो जानेर गरियो या नजानेर गरियो अब त्यो गल्ती पटक्कै नगरम किनकी यस्तो विश्व माहमारी रोगको सङ्कटमा फसिरहेका बेला पनि आफ्नो कुर्सी जोगाउन लागि पर्ने र यस्तो महासङ्कटको समयमा त्यो पनि औषधि जस्तो चिजमा कमिशन खानि तथा प्रतिपक्षी को मुख्य नेता भएर पनि यो बेलामा सरकारले पकाएको खिचडिमा आँखा लगाएर टुलुटुलु हेरेर बस्नी जो कोहिलाई जिन्दगी भरको लागि पाखा लगाउनै पर्छ।

तपाईं र म सबै युवा मिलेर अबको चुनावमा युवा, भिजन सहित, देश बिकासको म्यान्डेड भएका जुझारु दिग्गज युवालाई आ-आफ्नो स्थान र खेत्रबाट जो त्यस्ता खालका युवा छन उनिहरुलाई नेतृत्व तहसम्म पुर्‍याएर देशको, तपाइको मेरो अनि आउने भाबी पुस्ताको भविष्य समुन्नत र उज्यालो बनाउनको लागि कम्युनिष्टले ग्रैर कम्युनिष्टलाई आफ्नो मत दिनु आवश्यक हुन्छ।

हाल तपाईं म कम्युनिष्ट या ग्रैर कम्युनिष्ट छौ होला। आखिर हामिलाई चाहिएको शान्ती, सुरक्षा,अमनचयन, बिकास तथा समृद्दी नै हो यदि तपाईं अनि म हालको पार्टी भन्दा एककदम माथी उठिदिदा देशले सबल, शान्तिप्रेमी, बिकासप्रेमी नेतृत्व पाउन सक्छ र देशले बिकासको गतिमा फड्को मार्न सक्छ भने तपाई म एककदम माथी किन नउठ्ने?

त्यसैले तपाईं म जस्तै हरेक युवाले प्रण गरौ अब यी समय सकिएकाहरुलाई नदिले सुकेको काठलाई किनारा लगाए जसरी पाखा लगाउन आगामी चुनावमा दिग्गज भिजन, बिचार, भएका युवालाई नेतृत्व तहमा पुर्‍याउन! अनि बन्छ देश अनि हुन्छ समृद्द नेपाल देशको कायपलट हुन्छ देश बिकास हाम्रै पालामा सम्भव छ।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...