काठमाण्डौ। नोवेल कोरोना भाइरसका कारण विश्वभरका जनजीवन प्रभावित भएको छ। सरकारले कोरोना भाइरसको न्यूनीकरण गर्नका लागि मुलुकभर लकडाउन धोषणा गरेका कारण जनजीवन प्रभावित भएको छ।
नेपाली कांग्रेस सम्पर्क समितिका सभापति टेकबहादुर श्रेष्ठ अनुसार रामेछाप जिल्ला, खाडदेवि गाउपालिका वडा नं. ३ भिरपानी क्षेत्रबाट विभिन्न उदेश्य सहित काठमाण्डौ आएका विधार्थी, ज्याला मजदुरी गर्नु हुने मजदुर र अन्य पेशामा अन्तरसंघर्ष गरिरहेका लकडाउनका कारण अप्ठ्यारा अबस्थामा दैनिक जीवनयापनका लागि कठिनाई ब्याहोरी रहेका जिल्लाबासीका लागि भिरपानी-काठमाण्डौ सम्पर्क समितिद्वारा खाधन्न लगायदका अत्यावश्यक राहत सहयोग गरिरहेको छ।
राहत संकलन गरिरहेका यस कार्यक्रमका अभियन्ता सभापति श्रेष्ठले यस अभियानमा साथ सहयोग दिइरहेको जिल्लाका अगुवाई गर्नुहुने नेता, विधार्थी लगायदका सम्पूर्ण टिम रहेको बताए।
पुर्व नेविसंध केन्दिय सदस्य बिष्णु श्रेष्ठका अनुसार नेपाली कांग्रेस सम्पर्क समितिले लकडाउन अवधिभरका लागि आवश्यक खाधन्न लगायदका सहयोग गर्ने समेत निर्णय गरेको बिष्णु श्रेष्ठले बताए। उनका अनुसार अचानक लकडाउन भएका कारण गाउ फर्कन नसकेका मजदुर, विधार्थी लगायदका जिल्लाबासीको आवश्यक सहयोग गरिरहने समेत बताएका छन्।
रामेछाप-काठमाण्डौ सम्पर्क समितिका सदस्य प्रदीप सुनुवारका अनुसार लकडाउन अवधिभरका समयमा जिल्लाबासीको लागि अभियान निरन्तर जारी रहने जानकारी हिमाली संचारलाई दिएका छन् । सदस्य सुनुवारले सम्पर्क समितिलाई साथ, सहयोग गर्नु हुने सहयोगी मन प्रति हार्दिक आभार समेत ब्याक्त गर्दै सम्पूर्ण सहयोगी दाताहरु प्रति हार्दिक धन्यवाद ज्ञापन समेत गरेका छन् ।