विश्व परिवेश यतिबेला असाध्यै संकटकालिन मोडबाट गुज्रिरहेको छ। कोरोना भाइरस (कोभिड-१९)ले लाखभन्दा बढीलाई संक्रमित बनाएको छ भने एक लाख ९० हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन्।
विश्व नै यतिवेला त्रासमा छ, सबैको मुहारको खुसी हराएको छ। त्रासदीपूर्ण यो अवस्थामा आफू बाँच्ने र अरुलाई बचाउने मूलमन्त्रलाई आत्मसाथ गरौं। यति बेला सरकारहरु राष्ट्रिय संकटको समयमा राजनीतिक विवाद निम्त्याउने काम गर्नु उचित होइन। संवैधानिक परिषद्को बैठक सम्वन्धमा जारी गरिएको अध्यादेश संविधान प्रतिकूल छ। राजनीतिक खिचातानीमा लाग्नु निकृष्टता हो।
अहिलेको प्रमुख आबश्यकता के हो ? कोरोना बिरुद्ध एक भएर लड्नुपर्ने अबस्थामा बेमौसमको बाजा बजाउनेहरुलाई बनाएको उखान हो यो “भीरमा लड्ने गोरुलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिदैन।”
कोरोनाबाट बँच्ने एउटै उचित उपाय हो सामाजिक दुरी कायम गर्नु। यो अवस्था जतिसुकै प्रतिकुल भएपनि हामी छिट्टै आ-आफ्नो कर्म क्षेत्रमा फर्कनु नै छ। दैनिकी चलाउनु नै छ। अझै थप धैर्यता, सम्यमता र सावधानी अपनाउनुको विकल्प छैन्न्। अब विगतका आनिवानीहरुमा परिवर्तन गर्नु जरुरी छ। हाम्रो जीवन कालमा महासंकटहरु जहिलेपनि आउन सक्छन्। यसलाई बिर्सन हुदैन। यो पाठ पनि सिक्ने अवसरको रुपमा बदल्नुको विकल्प छैन।
विनासकारी भूकम्पबाट हामी सिक्नुपर्ने थियो, त्यो अवसरबाट हामी चुकिसकेका छौं। विश्व महामारीको रुपमा लिईएको कोरोनालाई नेपालमा समेत यसका विषयमा अतिरन्जित व्याख्या गरेर अफबाह फैलाउने कि त पूरै बिर्सेर प्रवृत्तिको दासत्व बन्ने हाम्रो मानसिकताबाट माथी उठेर यसको लडाईंलाई नयाँ उचाईमा पुर्याउन जरुरी छ।
हाम्रो भन्ने भावनाबाट संस्कारको विकास गर्नु जरुरी छ। सबैले अबका दिनमा हरेक परिस्थितिहरुको सामना गर्न तयार हुनुको विकल्प छैन। संस्कार र संस्कृतिसहितको बलियो पहिचान बनाउन सहकार्य र सहअस्तित्व आवश्यक छ। आगामी दिन झनै चुनौतीपूर्ण, गरिबी, भोकमरी, अशिक्षा अझै खतरा रोगको रुपमा विश्वमाा देखिन सक्छ। अब हामीले रोग, भोक र शोकलाई परास्त गर्दै समृद्धिको लागि हातेमालो गर्नु जरुरी छ। कोरोनाबाट मुक्तिपाएपछि हाम्रो भूमिका चौगुना बढ्ने छ।
हामी कर्तब्यनिष्ठ र अनुशाशीत बन्दै अझै मेहेनत गर्न लाग्नै पर्छ। पैसाभन्दा ठूलो शिक्षा अनि मानवता हो। समयले निर्धारित गर्छ हामी आफ्नो जीवनमा कसलाई भेट्छ मनले निर्धारित गर्छ। हामी आफ्नो जीवनमा कसलाई चाहन्छ र हाम्रो व्यवहारले निर्धारित गर्छ कि, हाम्रो जीवनमा को हामीसंग बस्छ।
यति बेला हाम्रो देशमा महामारी फैलिने क्रम जारी भइरहेको छ तर जनताले सरकारलाई मात्र दोष देखाएका छन् तर हामी जनताले पनि बुझ्नु जरुरी हुन्छ। किन भने यतिबेला भनेको खोलालाई हामी नाली लगाउँछ नी त्यस्तै गरी हामीले सरकारले भनेको कुरा मान्यो भने बाँच्न सकिन्छ होइन भने अकालमा ज्यान जान पनि सकिन्छ।
रातारात अहिले काठमाडौंबाट धेरै धेरै मान्छेहरु बच्चा बोकेर भोकभोकै हिँडिरहेका छन् न घाम न पानी भनेका छन् तर त्यसो गर्नु चाई ठीक जस्तो लागेन सरकारले पनि चासो गर्नु पर्ने हो तर सरकारले काठमाडौंबासीलाई मात्र राहत वितरण गरेको पाईन्छ तर त्यसले गर्दा मान्छेहरु रातदिन नभनी हिँडिरहेका छन।
शान्त, सुन्दर र समृद्ध घर, समाज देश र विश्व निर्माण गर्न आफ्नो क्षमता र कार्य कुशलताले भ्याएसम्मको काम गर्ने साहस मिल्नेछ। आफ्नो भूमिका अक्षरस् पालना गर्ने प्रतिबद्धतासहित स्वस्थ्य रहौं।
यस्तो रोगको माहामारिका बेला एक ठाउँबाट अर्को ठाउँमा जान पाइन भनेर बुरुक्क उफ्रने र सरकारको विरोध मात्रै गरेर रातदिन हिड्ने मानिसहरुले राम्ररी बुझुन मानिस हाम्रो हुन्छ रोग हुदैन। याेबेला भावनात्मक रुपमा प्रकट हुनु भन्दा नी ब्यवहारीक हुन जरुरी छ। आफु बचाैं र अरुलाई पनि बचाऔ।
– जुगल गाउँपालिका वडा नम्बर-६ हाप्रा, सिनधुपाल्चोक