
सोंचे, यो लकडाउनको समय सदुपयोग गर्नको लागि पढ्नु पर्यो। बाँचिएछ भने काम लाग्ला भनेर मैले लेखनलाई भन्दा पढ्नमा जोड दिएर केहि दिनदेखि चिन्तन, अध्यानको मेलो समातेर एकाग्रता भई आफ्नो काम गरिरहेको मान्छे। अचानक हिँजु बेलुकी आठ बजेतिर फेसबुक खोलेँ, सरुवा रोग र कोरोना भाईरसको जीवनचक्र, वनावट, आकार र प्रकार उसको आचरण, विचरणको बारेमा वयान गर्दै जनचेतना फैलाईरहेको आफ्नो मेलोबाट अचानक सरकारी हलिले मेलो बदली अध्यादेशको मेलो समाती सकेको समचार सामाजिक संजालभरी छ्याप्पै भई सकेको रहेछ।
उक्त समचारहरु प्रति अचानक मेरो पनि ध्यानआकृष्ट भयो। र एक किसिमले मनस्थिती नै परिवर्तन गरायो। अनि केही साथीहरु संग फेसबुकमै कुराकानी भयो। अनि फोन सम्पर्कमा पनि कुराकानी भयो। जो जो संग सम्पर्क भयो र जुन बिषयमा कुराकानी भयो त्यसले त झन मेरो ध्यान अझै भंग गरिदियो कि अब मैले नचाहेरै पनि आफ्नो मेलो बदल्नै पर्ने मनस्थितिमा पुर्याई छाड्यो। र केही लेख्नै पर्ने परिस्थिती निर्माण भयो। तर कहाँबाट सुरु गर्ने ? एक दुई बर्ष पहिले दुई पार्टी बिचको एकताको सैद्धान्तिक र विचारधारात्मक धरातल बल्लिएको हुनु पर्दछ।
यो एकताको वैचारिक धरातल कमजोर भयो। भनेर सैद्धान्तिक बिषयमा असहमती जनाउँदाखेरि अनुहार भरी एकता बिरोधिको हिलो छ्यापेको दाग अझै पखालिएको छैन। कुन मुखले लेखौं ? फेरि लाग्यो उनिहरुले भ्रष्टाचार बिरोधी ब्यानरले तमाम भ्रष्टचारीहरुलाई छेलिरहेको छ। खुलेआम लुकाई रहेको छ। भने मैले पनि एकता बिरोधी दाग बोकेरै भएपनी आफुले जाने, बुझेको केही सत्य तथ्य त उनिहरुले दिएको दोश्रो दर्जाकै नागरिकको हैसियतमा बसेर भएपनी लेख्नै पर्छ । र लेख्ने अधिकार पनि छ। भन्ने ठाँउमा उभिएर लेख्न शुरु गरें।
“मेरो विचारमा घर बनाउने सवालमा घर कस्तो बनाउने कती तलाको बनाउने भन्दा पहिले घरको जग कस्तो हाल्ने कत्तिको बल्लियो हाल्ने भन्ने चाहिँ मुख्य कुरो हो।
त्यसैले यो सरकारी नेकपाको वैचारिक र विचार धारात्मक दृष्टिकोण यत्ती कम्जोर छ। जसको जगले एक तला पनि धान्न मुस्किल छ। विडम्बना घर उठाउने भयो बाह्र तलाको यो अझै निर्माण प्रक्रियामा नै छ। केही समय अघि हालेको बिदेशी टेकोले थामेको उक्त निमाणाधिन भवनको टेको अध्यादेशको हम्बरले हानेर खुस्काईदैछ। जसलाई सरकारी हलिले आफ्नो मेलो छोडेर आफ्नो निकटस्थ सहयोगीहरुको साथमा लगातार प्रहार गरिरहेका छन् । र अब लगभग उक्त निर्माणाधिन नेकपा भन्ने भवन भत्किनै आँटेको छ। र यो पर्लयकारी बिनासको चक्रव्यूहमा देश फस्ने परिस्थिती वलियो बन्दै गईरहेको छ।
जसले अझ अरु साना मझौला ठुला सम्पूर्ण दलिय घरहरुलाई पनि थिचेर भत्किने सम्भावनाहरु पनि बढिरहेको छ। आखिर किन यस्तो अवस्था निर्माण भयो त ? भन्ने सवालमा जाँदा वैचारिक तथा त्यसको दार्शनिक दृष्टिकोणमा जानू पर्दछ। त्यसैले यो एकता कसरी भयो? भन्ने ठाँउबाट जाँदा ठिक होला। त्यहीँ अनुरुप पार्टी एकता अघिको कत्ती कम्युनिष्ट थिए ? वा थिएनन, याहाँ त्यस्को व्याख्या नगरौं। तर एकताको ग्राउण्डको तयारी भईसक्दा यी दुबै पार्टी वास्तवमा कम्युनिष्ट थिएनन हिन्दू धर्म अनुसार मन्दिर भित्र पस्नु अघि जुत्ता चपल फुकालेर पसे जसरी कम्युनिष्टको बचेखुचेको चारित्रीक अवषेशहरु र पुर्व वामपंथी अवशेषहरु नष्ट गराई, छोड्न लगाई पुर्व वामपंथीको रुपमा एक अर्काको इतिहासलाई स्वीकार गराई अन्तराष्ट्रीय मिसन अनुसार यिनलाई नियोजित तरिकाले विश्वकम्युनिष्ट आन्दोलनको गौरवमय ईतिहाँस र संसारको उत्पिडित वर्गहरुको मुक्तिको प्रतीक कम्युनिष्ट पार्टीको झण्डा बोक्न लगाईयो।
जसको उदेश्य थियो याहाँ आफ्नो एजेण्टहरुलाई कम्युनिष्टको झण्डा बोक्न लगाउने र उक्त झण्डा र झण्डामुनी गोलबन्द हुने झुण्डहरुलाई चरम दुरुपयोग गरि जनताको बिचमा नाङ्गेझार पार्ने र जनता संग सम्बन्ध बिछेद गराएर वास्तबमा कम्युनिष्टहरु ठग हुन्छन्, भ्रष्टाचारी हुन्छन्, लाचार र देशद्रोही हुन्छन यिनिहरु कहिले पनि जनताको पक्षमा हुँदैनन भनी आम जनताको सामु यावत भ्रमहरु स्थापित गराएर अन्तत नेपालमा कम्युनिष्टहरुलाई सदाको लागि सिध्याउने र राजनीतिक अस्थिरता कायम गरि यस्तै खालको आफ्नो कठपुतली सरकार बनाएर त्यसको माध्यमबाट याहाँको हरेक बस्तु प्राकृतिक श्रोत, सम्पदा माथि कब्जा जमाई दोहन गर्ने र आफ्नो उपनिवेश कायम गर्ने मिसन अनुसार यिनलाई प्रयोग गरेका मात्र हुन।
त्यहिँ मिसन मुताबिक कम्युनिष्ट पार्टीको झण्डाको चरम दूरुपयोग भईरहेको तथ्यहरु त घाम झैं छर्लङ्ग छ। उदाहरणको लागि निर्मला बलत्कार, काण्ड त्यहिँ झण्डाले छेक्यो, सुन तस्करलाई त्यहिँ झण्डाले छेक्यो, वाईड बडीकाण्ड त्यहिँ झण्डाले छेक्यो, बालुवाटारको जग्गा प्रकरणका नाईके पार्टी महासचिव बिष्णु पौडेल लगायतका ब्यक्तिहरुलाई त्यही झण्डाले छेक्यो, एनसेल काण्डलाई तेई झण्डाले छेक्यो, फोर जि काण्ड त्यही झण्डाले छेक्यो, सरकारको प्रवक्ता गोकुल बास्कोटा काण्डलाई त्यहिँ झण्डाले छेक्यो यी, यस्ता राष्ट्रीय अपराधी तथा जनताको दुश्मनहरुलाई छोपेर लुकाउने थाङ्ना, टालोको रुपमा कम्युनिष्ट पार्टीको झण्डालाई प्रयोग गरेर चरम दुरुपयोग र अपमान गरेको छ।
“यस्ता धटना आम रुपमा देखिएका केही प्रतिनिधि घटनाहरु मात्र हुन। अझ नदेखिएको यस्ता ठुला ठुला घटनाहरु कत्ती होलान ? तर जुन काण्डहरु देखिए सुनिए यो काण्डहरु प्रति अनौठो भने मान्नु पर्दैन किनकी सबैले आआफ्नो कर्तव्य पूरा गर्दछन। यो त झन अन्तराष्ट्रीय मिसन अनुसारको उनिहरुको कर्तव्य हो।”
त्यसैले याहाँ सबैले सबैभन्दा पहिले बुझ्नु पर्ने कुरो के हो भने यो एकता पछि बनेको नेकपा भन्ने पार्टी कम्युनिष्ट पार्टी हुँदै होईन, पुर्व वामपंथी हुन सक्छ। तर वामपंथी र कम्युनिष्ट फरक हुन। वामपंथी, कम्युनिष्ट नहुन पनि सक्छ तर कम्युनिष्ट अनिवार्य वामपंथी हुनै पर्दछ। र फेरि कम्युनिष्ट वामपंथी मात्र भएर मात्र हुँदैन। किनकि कम्युनिष्टले सम्पूर्ण उत्पिडन तथा विभेदहरुको उन्मुलनको निमित्त उत्पिडित वर्ग, समुदाय, तथा भूगोलको पक्षमा निरन्तर संघर्षमा नेतृत्वदायी भूमिका खेल्छ र खेल्नु पर्दछ। भने वामपंथीहरुले निश्चित परिवर्तनका निमित्त परिवर्तनका पक्षमा लड्ने र समर्थन गरि भुमिका खेल्न सक्दछन। तर कुरो के हो भने वामपंथी विचारबाट नै कम्युनिष्ट आचरणको निर्माण हुन्छ। त्यसैले अहिलेको अवस्थामा यो नेकपा पुर्व वामपंथी भन्दा माथी केहिपनी होईन।
त्यो ल्याकत पनि राख्दै राख्दैन। नत्र त्यत्रो जनताको दुश्मन, अपराधी भ्रष्टाचारी दलालहरुलाई छोप्न बचाउनको निम्ति किन कम्युनिष्ट पार्टीको ण्डालाई प्रयोग गरे ? त्यो झण्डाको महत्व त्यही विभिन्न अपराधिको अनुहार छोप्नको लागि मात्र हो ? के ती दलाल वर्ग उन्मुक्तिक़लागि हसियाँ हथौडा अंकित झण्डाको निर्माण भएको हो ? ती भ्रष्टाचारी र दलाल वर्गले त्यो हँसिया हथौडा अंकित झण्डाको निर्माण गरेका हुन ? र सर्बहाराको मुक्तिको विचार प्रवाह गर्ने माक्सबादले त्यही भन्छ ? अहिले यो जवाफ दिने हैसियत नेकपा संग छ ?
उसले यी प्रश्नहरुको जवाफ दिने नैतिक हैसियत गुमाई सकेको छ। त्यसैले ऊ संग अहिले यसको जवाफ छैन। अहिले मात्र ऊ संग छ भने त्यही गफ छ। आश्वासन र सपना देखाउने कला छ। त्यो पनि सबै बासी गफ जसले अब न हँसाउन सक्छ, न रुवाउन सक्छ, न सपना देखाउन सक्छ। जसले अब आक्रोश घृणा, द्वेष मात्र पैदा गर्न सक्दछ। र पनि उसलाई थोरै पनि लाज र आत्मा गलानी छैन किनकी उसले पार्टी एकीकरण गर्ने बेला नै अन्तरष्ट्रीय शक्तिहरु समक्ष लाज नमान्ने बरु जस्तो सुकै लाज र घृणा पनि पचाउने सफत खाएको छ।
‘“दर्शनमा र ब्याबहारमा नेकपा, ऊ दिउँसो कम्युनिष्ट पार्टीको नाम लेखेको ब्यानर पछाडी झुण्ड्याएर समाजबादको भाषण दिन्छ।”
तर उसलाई समाजवाद कुन चरिको नाम हो र कसरी आउँछ थाहा छैन। ऊ दलाल र ठगहरुको घेरा भित्र हुन्छ। अनि दलालकै खर्चमा चौरासी व्याञ्जन खाए पछि साँझ झण्डावाल गाडीमा क्वाटर फर्किन्छ। अनि आरती गर्छ। धर्मशास्त्र पढ्छ। शरीरमा मालिस गराउँछ। श्रीमतिलाई खुट्टाको पानी ख्वाँउछ। अनि सुत्छ। अनि ऊ कम्युनिष्ट तथा वामपंथी हो कि बुर्जुवा वाम लफ्फाजी हो ? अनि उसको माक्सवादी तथा कम्युनिष्ट दर्शन प्रतिको लगाव र झुकाव कती छ प्रष्ट हुँदैन र ? अनि फेरि म कम्युनिष्ट हुँ भनेर कम्युनिष्ट विचार र दर्शन माथी अपमान गर्ने ? यो कुरा जनताले थाहा पाउने अधिकार छैन ? हो जनता संग यो कुरो जान्ने र बुझ्ने अधिकार छ। किनकी आगामी दिनमा देश र समाजमा रहेको समस्याको समाधान गर्न। सम्पूर्ण विभेद र असमानताहरुबाट मुक्त हुनको लागि कम्युनिष्ट आचरण, वर्ग पक्षधरता, वर्गसंघर्ष कस्तो हुन्छ? र कस्तो हुनु पर्छ ? भनेर थाहा पाउनको लागि पनि बुझ्न जरुरी छ।
अर्को कुरा आम जनताहरुले गरेको कम्युनिष्ट पार्टी प्रतिको अघाद विश्वास, भरोसा र समर्पणलाई जीवित राख्नको लागि पनि यिनको यो असली हर्कत र गैरजिम्मेवार चरित्रको बारेमा जनताले बुझ्नु पर्दछ। र बुझाउनु पर्दछ। नेकपा सरकार र पार्टीको अर्को दर्शन हो, प्रतिपक्षी दलहरुलाई गाली गर्ने दर्शन। जो खरेडिको सूर्यको राप र आफ्नो कुकर्मको कारण बर्षौ देखि रुखको फेँदमा थलिएर उठ्न नसकी सुतिरहेको मदौरो कॉंग्रेसबाट शिक्षा लिँदै दोहोरो जिम्मेवारी लिएर खुशिसाथ काम गर्नु पर्ने ठाँउमा आफ्नो असफलताको भारी पनि बोकाएर थलामा बसेको कॉंग्रेसलाई सत्तो सराप गरिरहेकै सुनिन्छ।
कहिले काहीँ बाक्के बसिसकेको कॉंग्रेसलाई पानी छम्केर मुस्किलले बोल्ने ताकत जुटाउदा नेपथ्य भित्रबाट प्रदिप गिरीहरुले कांग्रेस आफ्नै कारण मृत्यु सैयामा पुगेको तथ्यलाई स्वीकार गर्दै सोधेका केही प्रश्नहरुको जवाफ नेकपा र उसको सरकारको तर्फबाट दिएको कहिले सुनिदैन। के उसोभए कांग्रेसकै कारणले विकास र समृद्धि नभएको हो ? कांग्रेसकै कारण राजनीति स्थायित्व र सुशासन कायम गर्न नसकेको हो र? अनि नेपालमा कांग्रेस पार्टी भएकै कारण भ्रष्टचार नरोकिएको हो र ? दुनियाले देखेको छ। कांग्रेस आफै मरणासन्न अवस्थामा गुज्रीरहेको छ। बोल्न नसक्ने निरीह, निर्वल छ। भन्दैमा आफ्नो असक्षमता र आफ्नो सम्पूर्ण कुकर्मको भारी कांग्रेसलाई बोकाउन सत्ताधारी पार्टी नेकपालाई छुट छ ?
“त्यसो भए मदौरो कांग्रेस र नेकपा विचमा के के कुरामा फरक छ? कर्ममा त भिन्नता देखिदैन जनतालाई भन्नू पर्यो। अनि दुईतिहाईको मेजिरिटी किन ? कतै त्यो हर्कतहरुले दुईतिहाई मेजिरिटी बाँदरको हातमा नरिवाल भन्ने चरितार्थ संग त मेल खाएन ?”
नत्र घर घरमा ग्याँस ल्याउन कसले दिएन ? सुरुङ मार्ग खन्न कसले दिएन ? मेलम्ची पानी ल्याउन कसले रोक्यो ? अरु ब्यापारिक नाकाहरु खोल्न कसले दिएन ? मोनोरेल ल्याउन कसले दिएन? पानीजहाज ल्याउन कसले दिएन? विकास र समृद्धि ल्याउन कसले दिएन ? कि कतै यि सप्पै योजनाहरु एमसीसी पास गर्न नदिएर अमेरिकाबाट आउने पचपन्न अरब पैसा रोकिएर अगाडी बढ्न नसकेका त होईनन ? हो यिनै गफको दर्शन र गफको कार्यक्रम लिएर गफकै अनगिन्ति सगरमाथाहरु बोकेर विगत दुई बर्षदेखि आफ्नो यात्रा सुरु गरेर मध्य सागरमा हिँडिरहेको रिमोटद्वारा संचालित नेकपा रुपि टाईटानिक जहाज यत्तिबेला दुर्घटना उन्मुख छ। जसलाई निक्कै बर्ष अगाडी बनेको योजना मुताबिक नियोजित तरिकाले दुर्धटना गराईँदैछ।
जसभित्र एउटा नेपाल भन्ने भूगोल पनि छ। जसको अस्तित्व संकटमा पारिदैछ। जसको नेतृत्व नेकपा भित्रकै सरकारी डफ्फाले गरिरहेको छ। तर तिनिहरुलाई हेक्का हुनुपर्दछ कि त्यो नेपाल तिनिहरुको विर्ता होईन, यो जनताको हो। जनताको भएकै कारण अहिले सम्म अस्तित्वमा छ। ती नियोजित नेकपाको कथित कमाण्डरहरुको टकराबले कथंकदाचित यो देश संकटमा पर्यो भने वामपंथी,कम्युनिष्ट तथा देशभक्त नेपालीहरुले त्यो परिस्थिति सम्हाल्नका लागि तयारी अवस्थामा छन।
यो कुरा आम जनताहरुले बुझेका छन् कि अब यी दुई एकतामा सामेल पार्टीहरुले ढिलो चाँडो फुट्छन। तर आफ्नो स्वार्थको लागि देशलाई क्षति पुर्याए ईतिहाँसले यिनिहरुलाई जनताको माध्यमद्वारा आउने दिनमा हिसाबकिताब अवश्य मिलाउने छ। यो एकताको सन्धर्भमा नेकपा माओबादी केन्द्रका अध्यक्ष गोपाल किराती (साँईला) ले दुई बर्ष पहिले यिनिहरुको मिलन अपबित्र छ। यिनिहरु चरम उपभोक्तावादी भएकोले यिनिहरु आआफ्नो स्वार्थको कारण मात्रै मिलेका हुन। र स्वार्थ मिलुन्जेल संगै रहन्छन। तर यिनको चरम स्वार्थले भरिएको घ्याम्पो चाँडै फुट्ने वाला छ। भनेका थिए।
एकता देखि यताको घटनाक्रमहरु र सरकार संचालनका संस्कृतिहरुलाई हेर्दाखेरी साँच्चै ती दुई पुर्व वामपंथी तथा बुर्जुवा लफ्फाजिहरुको स्वार्थको घ्याम्पो ठोकिने अवस्था त आईरहेको छैन? या ठोकाएर फुटाउने प्रयत्नहरु त भईरहेको छैन ? यो ठोकिने र फुट्ने त पक्कै थियो। ढिलो चाँडो मात्र हो। तर यसबाट उत्पन्न राष्ट्रिय परिस्थितिको बारेमा यत्तिबेला सच्चा कम्युनिष्ट, देशभक्तहरु र जनताको विचमा पर्न सक्ने नकारात्मक भ्रमहरुको बारेमा भने प्रष्ट हुनै पर्दछ।
”विशेष गरि सच्चा कम्युनिष्टहरु र आम देश भक्त नेपालीहरुको लागि एक जुट भई राष्ट्र,राष्ट्रियता र जनसरोकारका बिषयहरुको पक्षमा एकै ठाउँ उभिएर यो परिस्थितिको सामना गर्न यो पछिल्लो राजनीतिक घटनाले प्रेरित पनि गरेको छ।
यो पछिल्लो अध्यादेश जारी भए संगै नेपालको आकाशमा फेरि कालोबादल मडारिन सुरु गरेको छ। कतै न कतै अनिष्ठताको संकेतहरु देखिन थालेका छन। त्यसैले यत्तिबेला चनाखो रहनको निम्ति सुचित घण्टी भने बजेकै हो। त्यसैले चनाखो भने अवस्य रहनुपर्ने अवस्था आयो। हिजो एउटा ईतिहासको गर्विलो कालखण्डले भन्थ्यो जागै बस जनता जागै बस… अहिले हामी जनताहरुले पनि भन्ने बेला आएको छ, सचेत बनौं साथी चनाखो बनौं…
✍️ आश कुमार राई, काठमाण्डौ
