News Portal

  • हामी भोकको अन्तिम दिनसम्म बाँडेर खाने छौं !

    भिम मल्ल
    ११४१ पटक
    २० अप्रिल २०२०, सोमबार

    युएई – “हाम्रो देश नेपाल, अनि हामी नेपाली !” यो शब्द आँफैमा एक अनेकौं स्वाभिमानको प्रतीक हो। इतिहास साक्षि थियो, छ र रहिरहने छ। राजा बिरेन्द्रको पालामा भारतले नेपालविरुद्ध पन्ध्र महिनाको नाकाबन्दी गरेको थियो। राजाले प्रधानमन्त्री मरिचमानसिङ श्रेष्ठलाई बोलाएर सोधेछन कतिन्जेल नेपालबाट गएर काम गरेर बसिरहेका रहेछन ? पिएम ईन्डियाले त्यहाँका काम गरेर बसेका सबै नेपालीलाई निकाल्ने भन्ने सुन्छु रिपोर्ट चाहियो। प्रधानमन्त्रीले १० दिनको समय माग्नु भयो। प्रहरी प्रशासन, गुप्तचर सबैको रिपोर्ट आयो। प्रमले आठ दिनमै राजालाई जाहेर गरे ! सरकार जम्मा तीन लाख ७० हजार रहेछन। उनीहरु नेपाल आए भने एलानि प्रती जमिनमा म मिलाएर राख्छु। पढेलेखेका मानिसहरुलाई रोजगारी मिलाउछु ! चिन्ता नलिइबक्सियोस। राजाले भनेछन कसैले दुख नपाउन,”बिरेन्द्र स्मृति ग्रन्थ”मा यसको चर्चा छ।

    रास्ट्रनायक अनि दलनायकको सोचमा कति अमृत हुँदोरहेछ। बिश्वमा ब्राजिल पछिको दोस्रो जलश्रोतमा धनी देश नेपाल, १८ सय भन्दा धेरै प्रजातिका जडिबुटीहरु पाइने हाम्रो देश नेपाल, भौगोलिक विविधताले भरिपूर्ण देश नेपाल, सार्बभौमसत्ता देश नेपाल, यो धनी देशका हामी गरिब जनता र यी जनताले चुनेर नेतृत्वमा बसेका नालायक नेताहरु, यतिबेला रास्ट्र गम्भीर सङ्कटमा छ यतिबेला।

    स्पष्ट बोल्न अनि सोँच्न नजान्ने, स्पष्ट मिसन र भिजन नभएका ब्यक्तिको नेतृत्वमा छ मेरो देश नेपाल। कोभिड-१९ को बेला उखान-टुक्का हानेर रोग निर्मुल पार्न खोज्ने खालका प्रम भएको सुन्दर देश नेपालका हामी अभागी जनता खै कसलाई भनौं के भनौं समस्या नहुदा बिदेशमा रहेका श्रमिकको रेमिट्यान्सले आफ्ना भतुवा र आसेपासे पालेर बस्ने देशको नेतृत्व भनौदा अहिले तिनै आफ्ना नेपाली जनतालाई सम्स्या परेर घर फर्काउन आग्रह गर्दा जो जहाँ छौ त्यहि बस भनेर अभिव्यक्ति दिने थुइक्क तिमीहरूको नेतृत्व।

    तिमिहरुलाई के थाहा ४०/५० डिग्रि सेल्सियसको तापक्रममा बिदेशी भुमिमा कति धेरै नेपाली दाजुभाइ दिदिबहिनीहरुले रगतका आसुँ बगाइरहेका छन, भोकभोकै सडक पेटिमा हिँड्न बाध्य छन। एनआरएनएले कति धेरै जनालाइ उद्गार गरेको छ, के यो उद्दार एउटा सामाजिक सँस्थाको मात्र हो ?

    बिदेशि भुमिमा काम गरेर आज नेपालको अर्थतन्त्रमा टेवा पुर्‍याई रहेका श्रमिकहरुलाई अफ्ठ्यारो पर्दा राज्यले ति श्रमिकहरुलाई उद्दार गर्नु राज्यको कर्तव्य हो। श्रमिकहरुको रगत र पसिनाबाट जम्मा भएको राज्यको ढुकुटी नेता र मन्त्रीहरुको मोजमस्ती र मार्सी चामलको लागि अनि महङ्गो गाडी किन्नको लागि होइन यस्तै आपतबिपतमा नेपाली जनताले दुख पाँउदा काम लागोस भनेर हो तर आज आफ्नो जन्मभुमि फर्कन चाहँदा चाँहदै पनि यो देशको नेतृत्वले आँखामा पट्टि बाँधेर बसेको छ। आखिर के को लागि ? तिमीहरू देशको नेतृत्व स्थानमा बसेको किन ? के का लागि ?

    कसरी भन्न सक्छौ बिश्वका शक्तिशाली श्रोत र साधनले भरिपुर्ण भएका देशले थेग्न नसकेको विषम परिस्थितिलाई हाम्रो देशमा घुसखोर गरि खाने भाँडाे बनाएका हुन। हरेक देश को नागरिक लाई फिर्ता लैजान आग्रह सबै देशले गरिरहेको छ। परदेशमा न गास, न बास, न कपास नभएको बेलामा आफ्नै देशमा आफै घरमा गएर जे छ त्यहि खाने अनि आफ्ना घरपरिवारसंग बस्न कसलाई मन नभएको होला र यहाँ। अब सुनिदिने कसले, बुझिदिने कसले !

    सम्बन्धि निकाय, दूतावास (एम्बेसि) बनाएको केका लागि ? अर्काको देशमा भोकभोकै बसेर तलमाथि केही भैहाल्यो भने छोराछोरीको शव समेत हेर्न नपाँउदा कुन बाबुआमाको मन छियाछिया नहोला। हे नरपिचास नेता हो गर, केही त गर देशको यस्तो अबस्थामा पनि आफ्नो घरमा ब्यायाम र खाने कुराको रुटिङ्ग भेज ननभेज भनेर कस्तो लाज नपचेको अलिकति सरम भन्ने चिज, मानवता भन्ने चिज हराएकै हो ?तिमीहरुले स्वर्गको मार्कसिट पाएकै हो ? तिमीहरुको पाप नस्ट भएकै हो ? यदि त्यसो हो भने तिमिहरुको सात पुस्तालाइ गज्याङ्ग-गज्याङ्ग किरा परिजा इसुको नाउमा साकारा लावा सान्दा खारावा सान्दा बिश्वका कतिपय देशहरुले आफ्ना जतिपनी भएका पाँचतारे होटलहरुलाई हस्पिटलमा रुपान्तरण गरिसके हाम्रो देशमा भने उपचार नै नगरी फर्काउने, बिरामी लिन नजाने सम्बन्धित निकायका प्रमुखहरू दुलो पसेर बस्ने, एक शब्द नबोल्ने।

    देश यस्तो विषम परिस्थितिमा गुज्रिरहेको छ। त्यही छिमेकी मित्ररास्ट्र भारतमा सबैले देशको नाममा सहयोग गरिराखेका छन तर हाम्रो नेपालमा भने कहाँबाट कसरी घुस खान पाइन्छ भनेर दाउ हेरिरहेका छन। अन्तरास्ट्रिय छिमेकी मिडियाले नेपालको सर्बत्र बिरोध गरेको छ। चुनावको बेला कोहि नछुटुन, कोहि नदोहोरिउन भनेर सबैको पहिचान खुल्ने गरि डाटा सङ्कलन हुन्छ ! के यो देशमा घटिरहेको घटना चुनाव भन्दा सानो हो ? देशमा प्रत्येक ब्यक्तीको नाम सङ्कलन गरेर रोगी वा निरोगी पहिचान गर्दा तिमिहरुको बाउको के जान्छ ! एकदिन सबैको पालो आउँछ भनेको हो रहेछ सबैको घमण्ड तोडिएको छन, सबै दुलोभित्र छन तर अन्य जिवजन्तु निर्बिरोध अनि निस्पक्ष्य भएर घुमिरहेका छन। सँसारमा प्रकृति भन्दा ठुलो केही पनि छैन। यो दुनियाँ एउटा नाटकमन्चन गर्ने ठाँउ हो। हामी सबै बिश्वका जतिपनी मानव श्रीङ्खला कलाकार हौं अनि प्रकृति यानिकी भगवान यो नाटकका रचयिता/निर्देशक हुन।
    (मल्ल ,ठकुरी सहयोग संजाल युएईका पुर्वअध्यक्ष तथा दुबई राज्यका एनआरएनए अध्यक्ष हुन।)

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-२० गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २० गते बिहीबार इश्वी सन २०२४ मे २...

    मोरङ रतुवामाइ कोरोना कहरको राहत सामग्रीको विषय उच्च अदालत पुऱ्यो

    बैशाख-१९, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको डम्पिङ साईडमा कोरोना महामारीको समयमा गरिव...

    साग पसल खोल्दै छुः मिलन लिम्बु

    बैशाख-१८, बुधबार/इलाम – इलाम-२ उपनिर्वाचनका रास्वपाका युवा उमेम्द्वार मिलन लिम्बुले निर्वाचनका समयमा आफुले बोलेका साग...

    डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

    बैशाख -१८, मंगलबार/काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।  यता हवाई...

    आज बैशाख-१९ गते बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १९ गते बुधबार इश्वी सन २०२४ मे १...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal