News Portal

महामन्त्री कोइरालाद्वारा पार्टी सभापति शेर बहादुर देउवालाई ध्यानाकर्षण पत्र

हिमाली संचार संवाददाता
३३८ पटक

काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले नवलपरासी जिल्लाका सभापतिको विषयमा पार्टी सभापति शेरबहादुर देउवा ध्यानाकर्षण पत्र बुझाएका छन् । महामन्त्री कोइराला शुक्रबार बेलुका देउवा निवास बूढानीलकण्ठ पुगेर उनलाई ध्यानाकर्षण पत्र बझाएका हुन्

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति अर्जुन पोखरेलको जिम्मेवारी खोसेर विष्णुप्रसाद पौडेललाई जिल्ला सभापतिको जिम्मेवारी दिएको कोइराले देउवालाई ध्यानाकर्षणपत्र बुझाएका हुन्

यही विषयलाई लिएर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले फागुन २८ गते पार्टी कार्यालाय र २९ गते नेता अर्जुननरसिंह केसीको निवास गंगोबुमा आन्तरिक छलफल गरेको थियो । सोही छलफलको निर्णय अनुसार महामन्त्री कोइरालाले शुक्रबार पत्र बुझाएका हुन् ।

आम निर्वाचनपछि पार्टीमा उत्पन्न विवादबाट पार्टीलाई थप क्षति नहोस् भनेर लामो समय देउवालाई साथ दिएको विषय पनि उल्लेख पार्टीभित्र विवाद बढ्दै जाँदा केन्द्रीय कार्यसमितिका पछिल्ला केही बैठकमा सहभागी हुन नसक्ने परिस्थिति निर्माण भएको पत्रमा उल्लेख छ ।

यस्तो परिस्थितिको अन्त्य गरी हामी सबै बैठकमा सहभागी हुने वातावरण निर्माण गर्न हामी बीचछलफल र कुराकानी भैरहेको बखतमा विधानमा तोकिए बाहेकका विभाग बनाइनु, पार्टीका केही साथीहरुलाई केन्द्रीय समिति सदस्य र आमन्त्रित सदस्यहरुको मनोनयन गरिनुले पार्टी भित्र एकताको वातावरण थप बिथोलिएको उनको बुझाइ छ ।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...