News Portal

महामन्त्री कोइरालाद्वारा पार्टी सभापति शेर बहादुर देउवालाई ध्यानाकर्षण पत्र

हिमाली संचार संवाददाता
३८७ पटक

काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले नवलपरासी जिल्लाका सभापतिको विषयमा पार्टी सभापति शेरबहादुर देउवा ध्यानाकर्षण पत्र बुझाएका छन् । महामन्त्री कोइराला शुक्रबार बेलुका देउवा निवास बूढानीलकण्ठ पुगेर उनलाई ध्यानाकर्षण पत्र बझाएका हुन्

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति अर्जुन पोखरेलको जिम्मेवारी खोसेर विष्णुप्रसाद पौडेललाई जिल्ला सभापतिको जिम्मेवारी दिएको कोइराले देउवालाई ध्यानाकर्षणपत्र बुझाएका हुन्

यही विषयलाई लिएर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले फागुन २८ गते पार्टी कार्यालाय र २९ गते नेता अर्जुननरसिंह केसीको निवास गंगोबुमा आन्तरिक छलफल गरेको थियो । सोही छलफलको निर्णय अनुसार महामन्त्री कोइरालाले शुक्रबार पत्र बुझाएका हुन् ।

आम निर्वाचनपछि पार्टीमा उत्पन्न विवादबाट पार्टीलाई थप क्षति नहोस् भनेर लामो समय देउवालाई साथ दिएको विषय पनि उल्लेख पार्टीभित्र विवाद बढ्दै जाँदा केन्द्रीय कार्यसमितिका पछिल्ला केही बैठकमा सहभागी हुन नसक्ने परिस्थिति निर्माण भएको पत्रमा उल्लेख छ ।

यस्तो परिस्थितिको अन्त्य गरी हामी सबै बैठकमा सहभागी हुने वातावरण निर्माण गर्न हामी बीचछलफल र कुराकानी भैरहेको बखतमा विधानमा तोकिए बाहेकका विभाग बनाइनु, पार्टीका केही साथीहरुलाई केन्द्रीय समिति सदस्य र आमन्त्रित सदस्यहरुको मनोनयन गरिनुले पार्टी भित्र एकताको वातावरण थप बिथोलिएको उनको बुझाइ छ ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...