News Portal

कागजका ठेली बोकेर सधै बैठकमा पुग्ने कर्णाली प्रदेश मन्त्रिपरिषद्का सदस्यहरु अब डिजिटल प्रदेशका रुपमा

हिमाली संचार संवाददाता
६३७ पटक

सुर्खेत – कर्णाली प्रदेश सरकारले शनिबारदेखि मन्त्रिपरिषद् बैठकलाई ‘स्वचालित प्रणाली’ बाट सञ्चालन गरेको छ। डिजिटल कर्णाली प्रदेशका रुपमा विकास गर्ने लक्ष्यसहित मन्त्रिपरिषद् बैठकबाट त्यसको सुरुवात गरिएको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था तथा कृषि मन्त्री विमला केसीले जानकारी दिइन्। कागजका ठेली बोकेर मन्त्रिपरिषद् बैठकमा पुग्ने मन्त्रिपरिषद्का सदस्यहरु शनिबार हातहातमा ल्यापटप बोकेर पुगेका थिए।

प्रदेश सरकारले मन्त्रीहरुका लागि ल्यापटप खरिद गरेको होइन्। केही ल्यापटप सम्वन्धीत मन्त्रीहरुका हुन् भने केही सम्वन्धीत मन्त्रालयका हुन्।

‘मुख्यमन्त्री र मन्त्रीहरुले प्रयोग गरेका ल्यापटक केही व्यक्तिगत र केही सम्वन्धीत मन्त्रालयका हुन्’ प्रवक्ता केसीले भनिन्, ‘डिजिटल कर्णालीको अवधारणालाई कार्यान्वयन गर्न मन्त्रिपरिषद्बाट यसको सुरुवात गरेका छौं ।’

अव मन्त्रिपरिषद्मा पेस हुने विषयवस्तु र छलफल ल्यापटपका माध्यमबाट हुने छ। ‘प्रदेश सरकारले चालू आर्थिक वर्षलाई ऐन कानुन निर्माणको वर्षका रुपमा घोषणा गरेको छ, सोही अनुसार सबै मन्त्रालयहरुले धमाधम ऐन, कानुनहरु निर्माण गरिरहेका छन्’ प्रवक्ता केसीले भनिन्, ‘यसअघि ऐन कानुनहरु प्रिन्ट गरेर ल्याउने गरिएको थियो, अव सबै मन्त्रीका ल्यापटपबाटै उपलब्ध हुन्छन्।’

प्रवक्ता केसीका अनुसार कर्णाली प्रदेश सरकारका सवै मन्त्रालयहरुमा अव विद्युतीय सुरक्षा प्रणाली लागू गरिने छ । यसका साथै कार्यालय संचालनमा पनि विद्युतीय प्रणाली प्रयोग गरिने छ । सरकारका काम कारवाहीलाई सरल, प्रभावकारी, पारदर्शी र मितव्ययी बनाउने उद्देश्यले विद्युतीय सरकार (ई गभर्नेन्स) को अवधारणा लागू गरिएको उनको भनाई छ।

शनिबारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव र दुई जना बिज्ञहरु सम्मिलित संगठन तथा व्यवस्थापन अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ। यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पेश गरेको प्रदेश बिपद् व्यवस्थापन कोष संचालन निर्देशिका–२०७५ लाई थप छलफलका लागि सम्वन्धीत समितिमा पठाउने निर्णय गरेको छ।

बैठकले बिकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रदेशस्थित सबै जिल्लामा सबै मन्त्रालयका एकीकृत सम्पर्क कार्यालय स्थापना गर्ने, भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले पेश गरेको कर्णाली प्रदेश गरिवी निवारण समन्वय समिति (गठन तथा संचालन) निर्देशिका–२०७५ स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै सामाजिक विकास मन्त्रालयले पेश गरेको प्रदेश खेलकुद विधेयक–२०७५, प्रदेश शिक्षा विधेयक–२०७५ र प्रदेश स्वास्थ्य विधेयक–२०७५ लाई शैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...