News Portal

मलाई फसाउन गिरोह नै लागेको छ- मुख्यमन्त्री राई

हिमाली संचार संवाददाता
४५२ पटक

 

इटहरी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट प्रेस संगठनले शनिवार सुनसरीको इटहरीमा आयोजना गरेको कार्यक्रममा प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने क्रममा आफुलाई फसाउन गिरोह लागि परेको बताएका छन्। 

गत शुक्रवार बालिका खड्का ( राई ) नाम गरेकी महिलाले मुख्यमन्त्री राई विरुद्ध काठमाण्डौ जिल्ला अदालतमा अंश मुद्धा दायर गरेपछि राईले सार्वजनिक मञ्चबाटै फसाउने खेल भएको स्पष्टीकरण दिएका हुन्। 

प्रेस संगठनको प्रदेश तथा जिल्ला समितिको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राईले आफुलाई पति दावी गर्ने व्यक्तिलाई अहिले सम्म नभेटेको र नचिनेको बताउदै २०७२ सालमा सूचना तथा सञ्चारमन्त्री भएको करिब तीन महिना पछि मौसम अनुसार धेरै फोन नम्बरबाट म्यासेज गर्ने, एउटा गिरोह नै लागेर ठुलो षड्यन्त्र गर्दै आफुलाई फसाउने खेलभइरहेको सम्बन्धमा तत्कालिन प्रधानमन्त्रीलाई सम्पूर्ण विवरण जानकारी गरिसकेको समेत बताएका थिए। 

दोलखा धर भएको भनिएकी तत्कालीन एमाले पार्टीमा आबद्ध रहेको बताउने खड्काले मुख्यमन्त्री राईले आफुमाथि यौनजन्य हिंसा गरेको आरोप लगाएकी थिइन। शुक्रवार उनले काठमाण्डौ जिल्ला अदालतमा अंश मुद्धा दायर गरेकी छिन। यस बिषयलाई लिएर मुख्यमन्त्री राईले ती महिलाले आफुमाथि लगाएको आरोपको बारेमा पहिलो पटक सार्वजनिक मञ्चबाट स्पष्टीकरण दिएको हो। 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...