News Portal

जन्मदिन मनाउदा प्रधानमन्त्रीको चौतर्फी विरोध, भीम रावल र रेखा थापाले यसो सम्म भनेका छन्

हिमाली संचार संवाददाता
५५५ पटक

काठमाण्डौ। प्राधानमन्त्री केपी शर्मा ओलीले आइतबार आफ्नो ६९ जन्मोत्सव मनाउने क्रममा बानाएको केकको विषयमा सामाजिक सञ्जालभरी बिरोध र आक्रोश पोखिएको छ भने सर्वसाधारण, कानुनविद देखि उनका पार्टी पंतिबाट समेत विरोध भैरहेको छ। यस प्रकारका क्षम्य ब्याबहार बिखण्डनकारी रहेको समेत तर्क गरेका देखिन्छ।

राज्यलाई टुक्रा टुक्रा पार्न खोजिएको राज्यलाई खण्डित गर्न खोजिएको सन्देश गएको छ। यस्तो संवेदनशिलता ख्याल नगरी बर्थ डे केक काटिएको प्रति चौतर्फी विरोध साथै गुनासो भैरहेको छ भने अर्को तर्फ  निवर्तमान सूचना तथा प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाको भ्रष्टाचार सम्बन्धि अडियोटेप प्रकरणलाई ओझेल पार्न यस प्रकारको कुटिल चालेका सर्वसाधारणले अनुमान गरेका छन्। 

भीम रावलले समेत यसमा ट्वीट्स गर्दै आफ्ना विमती राखेका छन्। उनी लेख्छन् “प्रधानमन्त्रीज्यूलाई जन्मदिनको शुभकामना ! यो मनन गर्नु भने उचित हुन्छ-केक काट्ने नेपाली मौलिक सँस्कृति होइन, देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेन, अँझ ‘समृध्दि’ का लागि संसारका सामु हात पसारिरहेको बेला अति ठूलो रकम खर्चेर जन्मदिन मनाउन मिल्दैन; पार्टी निर्णयले झनै मिल्दैन ।”

त्यस्तै नायिका रेखा थापाले पनि ट्वीट्स गरेकी छिन। उनी लेख्छिन “नियतवस नहोला तर लक्षण गतिलो छैन । छातीमा देशको जिम्मेवारीको बिल्ला र हातले देशको नक्सा काटेको देख्दा अचम्म लाग्यो । देशको प्रधानमन्त्रिको अनुहारमा पनि सन्देश हुन्छ, तर यो केक काटाइको सन्देश बुझिएन।”

प्रधानमन्त्रीको आलोचना एक पछि अर्को हुदै आफ्नै पार्टी पंक्ति भित्र, कालाकार र आम सर्वसाधारणले मात्र गरेका छैन सार्वजनिक रुपमा माफी माग्न अनुरोध समेत गरेका छन्।

 

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...