News Portal

  • निर्मला बलात्कार र हत्याकाण्ड जस्तो सामाजिक विषयमा नेता रावलको राजनीतिक खेल

    ४७४ पटक

    कञ्चनपुर केही दिनदेखि अशान्त छ। हत्यारालाई कार्वाहीको माग गर्दै आन्दोलन गर्दा स्थानीयले प्रहरीको गोली खानु परेको छ ।

    १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा पीडितले न्याय खोज्दै जाँदा उनका समर्थकलाई प्रहरीले गोली हान्यो। प्रहरी संयमित भएर घटनाको सत्यतथ्यसम्म पुग्न नखोज्दा घटना हिंश्रक भयो ।

    प्रशासनले स्थानीयमाथि जवरजस्ती गर्दा अहिले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले नै कञ्चनपुर छाड्नु परेको छ। र पनि प्रहरी अझै घटना ढाकछोप गर्न खोजिरहेको छ ।

    प्रहरीले हत्यारा पत्ता लगाउनुको सट्टा नक्कली मानिस खडा गरेको र त्यो नक्कली मानिस पनि मानसिक रोगी भएको भन्दै स्थानीय आक्रोशित छन् ।

    निर्मलाको हत्या र बलात्कारको मुद्धालाई प्रहरीले ढाकछोप गर्नु र नेपाल कम्युनिष्ट पार्टीका नेताहरु कुर्लिनुको पछाडि ठूलै खेल भएकोमा दुई मत छैन ।

    निर्मला पन्त हत्या घटनाका विषयमा काठमाडौं आएर गृहमन्त्री र राजनीतिक नेतृत्वलाई भेट्ने नेताहरूले हत्यारालाई बचाउन भूमिका खेलिरहेको बुझ्न सकिन्छ ।

    त्यसको पुष्टि स्वयं नेकपाका असन्तुष्ट पक्षका नेता भीम रावलको अभिव्यक्तिले प्रष्ट पारिसकेको छ । भीम रावलको भनाइले यो हत्या तथा अपराध कुनै एक नेकपाको कार्यकर्ताले गरेको हुनसक्ने पुष्टि भइरहेको छ ।

    उनले काँग्रेसले अनावश्यक आन्दोलन चर्काएको आरोप लगाएका छन् । नेता रावलले काँग्रेसले हिंसा भड्काएको र पीडितलाई उक्साएको आरोप लगाएका हुन् ।

    हत्यारा पत्ता लगाएर कार्वाही गर्नका लागि दुईतिहाईको सरकार जोडतोडले लाग्नुपर्ने बेलामा नेकपाका नेताहरु हत्यारा बचाउन भूमिका खेलिरहेका छन् ।

    काँग्रेसले सत्यतथ्य छानबिन गर्न माग गरिरहेका बेलामा आन्दोलन दवाउन नेकपाले भूमिका खेलिरहेको स्वयं रावलका गतिविधिले स्पष्टै पार्छ ।

    यो राजनीतिक कि सामाजिक विषय ? 
    कसैले गल्ती गर्छ भने त्यसको सजाय गल्ती गर्नेले पाउनु पर्छ । निर्मला हत्या तथा बलात्कार सामाजिक विषय हो । यसमा जोसकुै अपराधी भए पनि त्यसले क्षमा पाउँदैन । तर यस्ता हत्यारालाई संरक्षण दिन अहिलेको सरकारका प्रतिनिधिहरु एवं नेताहरु कोही लागेका छन् भने त्यो दुर्भाग्य हो ।

    निर्मला हत्या र बलात्कार यो सामाजिक विषय नै हो । यदि यसलाई राजनीतिक बनाएर फेरि गलत मार्ग अपनाउन खोजेको हो भने रावल पनि शंकाको घेरामा पर्छन् । छानबिनको दायरामा पर्छन् । उनले यस्तो सामाजिक विषयमा पनि राजनीतिक खेल खेल्न लागेका भए उनी आफैमा दुभाग्य भएका नेतामा पर्नेछन् ।

    अहिले निर्मलाका हत्यारालाई कार्वाही गर्नका लागि कञ्चनपुर नेकपाका कार्यकर्ता पनि अग्रपंक्तिमै छन् । तिनलाई पनि रावलले काँग्रेस बनाइदिएर जवरजस्ती सामाजिक अपराधलाई गलत रंग दिन खोज्छन् भने जनताले त्यही अनुसार हिसाब किताब गर्ने नै छन् । हाम्राकुरा

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २० गतेको राशिफल

    आज असार २०, २०८२ (जुलाई ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसईईमा ४ जीपीए ल्याएकी गोमालाई डाक्टर बनाउन गुरुङको योगदान

    काठमाडौं, असार १९ – एसईई परीक्षा २०८१ मा ४.० जीपीए ल्याएर सबैको ध्यान खिच्न सफल...

    अक्सफोर्ड विश्वविद्यालयद्वारा प्रा. सुवेदीको नाममा स्थापित वार्षिक पुरस्कार विजेता घोषणा

    लन्डन, असार १९ – विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले प्रा. सूर्यप्रसाद सुवेदीको नाममा स्थापित विद्यावारिधिको सर्वोत्कृष्ट शोधग्रन्थलाई...

    पोखरामा शतप्रतिशत स्वदेशी लगानीमा हवाई इन्धन डिपो सञ्चालनमा

    पोखरा, असार १९ – आयल निगम लिमिटेडले आफ्नो ५५ वर्षे इतिहासमै पहिलोपटक पूर्ण रुपमा स्वदेशी...

    धरानको खानेपानी योजना : ‘एडीबीको ऋण नचाहिने, खोला–खोल्सीकै भरमा बाँच्ने’ — मेयर साम्पाङको कडा सन्देश

    धरान, असार १९ — धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले संघीय सरकार र खानेपानी मन्त्रालयलाई...