News Portal

निर्मला बलात्कार र हत्याकाण्ड जस्तो सामाजिक विषयमा नेता रावलको राजनीतिक खेल

५९१ पटक

कञ्चनपुर केही दिनदेखि अशान्त छ। हत्यारालाई कार्वाहीको माग गर्दै आन्दोलन गर्दा स्थानीयले प्रहरीको गोली खानु परेको छ ।

१३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा पीडितले न्याय खोज्दै जाँदा उनका समर्थकलाई प्रहरीले गोली हान्यो। प्रहरी संयमित भएर घटनाको सत्यतथ्यसम्म पुग्न नखोज्दा घटना हिंश्रक भयो ।

प्रशासनले स्थानीयमाथि जवरजस्ती गर्दा अहिले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले नै कञ्चनपुर छाड्नु परेको छ। र पनि प्रहरी अझै घटना ढाकछोप गर्न खोजिरहेको छ ।

प्रहरीले हत्यारा पत्ता लगाउनुको सट्टा नक्कली मानिस खडा गरेको र त्यो नक्कली मानिस पनि मानसिक रोगी भएको भन्दै स्थानीय आक्रोशित छन् ।

निर्मलाको हत्या र बलात्कारको मुद्धालाई प्रहरीले ढाकछोप गर्नु र नेपाल कम्युनिष्ट पार्टीका नेताहरु कुर्लिनुको पछाडि ठूलै खेल भएकोमा दुई मत छैन ।

निर्मला पन्त हत्या घटनाका विषयमा काठमाडौं आएर गृहमन्त्री र राजनीतिक नेतृत्वलाई भेट्ने नेताहरूले हत्यारालाई बचाउन भूमिका खेलिरहेको बुझ्न सकिन्छ ।

त्यसको पुष्टि स्वयं नेकपाका असन्तुष्ट पक्षका नेता भीम रावलको अभिव्यक्तिले प्रष्ट पारिसकेको छ । भीम रावलको भनाइले यो हत्या तथा अपराध कुनै एक नेकपाको कार्यकर्ताले गरेको हुनसक्ने पुष्टि भइरहेको छ ।

उनले काँग्रेसले अनावश्यक आन्दोलन चर्काएको आरोप लगाएका छन् । नेता रावलले काँग्रेसले हिंसा भड्काएको र पीडितलाई उक्साएको आरोप लगाएका हुन् ।

हत्यारा पत्ता लगाएर कार्वाही गर्नका लागि दुईतिहाईको सरकार जोडतोडले लाग्नुपर्ने बेलामा नेकपाका नेताहरु हत्यारा बचाउन भूमिका खेलिरहेका छन् ।

काँग्रेसले सत्यतथ्य छानबिन गर्न माग गरिरहेका बेलामा आन्दोलन दवाउन नेकपाले भूमिका खेलिरहेको स्वयं रावलका गतिविधिले स्पष्टै पार्छ ।

यो राजनीतिक कि सामाजिक विषय ? 
कसैले गल्ती गर्छ भने त्यसको सजाय गल्ती गर्नेले पाउनु पर्छ । निर्मला हत्या तथा बलात्कार सामाजिक विषय हो । यसमा जोसकुै अपराधी भए पनि त्यसले क्षमा पाउँदैन । तर यस्ता हत्यारालाई संरक्षण दिन अहिलेको सरकारका प्रतिनिधिहरु एवं नेताहरु कोही लागेका छन् भने त्यो दुर्भाग्य हो ।

निर्मला हत्या र बलात्कार यो सामाजिक विषय नै हो । यदि यसलाई राजनीतिक बनाएर फेरि गलत मार्ग अपनाउन खोजेको हो भने रावल पनि शंकाको घेरामा पर्छन् । छानबिनको दायरामा पर्छन् । उनले यस्तो सामाजिक विषयमा पनि राजनीतिक खेल खेल्न लागेका भए उनी आफैमा दुभाग्य भएका नेतामा पर्नेछन् ।

अहिले निर्मलाका हत्यारालाई कार्वाही गर्नका लागि कञ्चनपुर नेकपाका कार्यकर्ता पनि अग्रपंक्तिमै छन् । तिनलाई पनि रावलले काँग्रेस बनाइदिएर जवरजस्ती सामाजिक अपराधलाई गलत रंग दिन खोज्छन् भने जनताले त्यही अनुसार हिसाब किताब गर्ने नै छन् । हाम्राकुरा

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...