News Portal

६५ वर्षिय पुम्फा आर्थिक अभावले क्यान्सरसंग लड्दै

हिमाली संचार संवाददाता
५५० पटक

जुम्ला : तातोपानी गाउँपालिका २ कि ६५ वर्षिय पुम्फा दमाई ३ वर्ष देखि स्तन क्यान्सरको पिडाले छटपटाई रहेकी छन् । ३ वर्ष पहिले सानो घाउ थियो, त्यहि बेला साहेत उपचार भएको भए आज पीडा खेप्नु पर्थेन होला । बृद पुम्पाले आँसु झार्दै भनिन, घरमा कोहि पनि पढेलेखेका  नहुँदा आफ्नो समस्या प्रति वास्तानै गरेनन।

सानो सानो हुँदै स्तन पुरै,संक्रमण भएर अन्तिम स्टेजमा पुगिसकेको छ । श्रीमान खड्के दमाई मृत्यु भएको पनि २० वर्ष पुग्यो । उनको पिडामा मलम लगाउन अघिपछि कोहि पनि छैनन् । घरमा रहेका तीन नातिको दयनिय अबस्थाले उनको उपचार सम्भव छैन् । घरमा ६ महिना खान धौधौ पुग्छ । पुम्फाले थपिन, अब मर्नुको विकल्प छैन् ।

बाच्ने रहर हुँदा पनि आर्थिक अभाबले म गल्दै छु। सरकारले दिने भत्ताले औषधी किन्नै ठिक्क छ तर पनि दुखाईले नछटपटिएको कुनै दिनरात छैन् । केही आफन्तले उपचार गर्छौ भनेर भारतका विभिन्न अस्पताल पनि लगेका थिए । तर शल्यक्रियाका लागि पैसा महंगो लाग्ने थाहा पाएपछि उपचार हुन सकेन् ।

सधै औषधीको सेवनले कपाल सबै कपाल झरिसक्यो । त्यसपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुन उपचारका लागि लिदा उनलाई जुम्लामा उपचार सम्भव नरहेको भन्यो । पुम्फाका जेठा नाति कैलाश दमाईले भने, यसको उपचार भारतको लखानौ लिएर हुन्छ भनेका छन् । त्यसको लागि करिब ३ देखि ४ लाख सम्म लाग्छ । कहि रकम आफुले झुटाएमा केही प्रतिष्ठानले सहयोग गर्ने बताएको छ । तर घरको सबै श्रीसम्पत्ती बेच्दा पनि ३र४ लाख पुग्ने छैन।

कसरी हजुर आमाको उपचार गरौ, भन्दै सहयोगका लागि मिडिया धाउन थालेका छन् । सास रहुन्जेल बाच्न पाउने हरेक नागरिकको अधिकार छ । तर पुम्फा ३ वर्ष आर्थि अभावमै क्यान्सर रोग संग लड्दा लड्दै हारिसकेकी छन् । तर कसैले सहयोग गरेर उपचार भएको भए कति खुसी हुन्थे होला भन्ने उनको आशा छ।

३/४ लाख नभएरै अकालमै रोगबाट संक्रमित भई मर्नु बिडम्बनाको कुरा हो। पुम्फाले स्वयम मिडियामा आएर रुदै सहयोगको याचना गरेकी छन् । मिडिया मार्फत समचार सम्प्रेषण गरि उपचार खर्च जुट्छ कि भन्ने आशा गरेकी पुम्फाको पिडामा मलम लगाउन आम सरोकारवालाहरुमा अनुरोध समेत गरिएको छ।

आबश्यक सहयोग समर्थनका लागि तातोपानी २ जर्मि गाँउका स्थानीयहरुनै बेखबर छन। आफ्ना आफन्तलेनै उपचारका लागि चासो नदिएपछि आफुले मिडियाको सहारा लिएको पुम्फाले बताईन् । घाउमा दिनदिनै संक्रमरण बढ्दै गएकाले गर्दा क्यान्सरले ज्यानै लिने खतरा नजिक बढेको छ।

नेपालमा सामान्य नागरिकलाई ३/४ लाखको उपचार गर्न पनि मुस्किल हुन्छ । कसरी निशुल्क स्वास्थ्य हुन सक्छ, सरकारले यस्ताखालमा विरामीहरुलाई विशेष छुट तथा राहत दिनुपर्ने स्थानीयको भनाई छ ।

सहयोगको लागि

मोबाईल नम्बर – 9866203098
जुम्ला पत्रकार – 9848357359

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...