आज : २०२६-०६-१८, बिहीबार

प्रदेश १ बाट सबै नेकपाका उम्मेदवार निर्वाचित राष्ट्रियसभामा

विराटनगर -राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट सबै नेकपाका उम्मेदवार निर्वाचित भएका छन्।

बिहीबार भएको मतदानमा नेकपाका उम्मेदवारहरु गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका हुन् ।अच्छामी दलिततर्फका सदस्यमा, गौतम महिला र दाहाल अन्यतर्फका सदस्यमा निर्वाचित भएका हुन्।

अच्छामीले ६ हजार ३ सय ३० मतभार पाए। उनका प्रतिद्वन्द्वी नेपानी कांग्रेसका निरबहादुर विकले २७ सय १८ र समाजवादी पार्टीका ज्ञानबहादुर परियारले ६ सय ६४ मतभार पाए।

महिलातर्फ विजयी इन्दिरा गौतमले ६ हजार ४ सय २२ मतभार पाइन्। अन्यतर्फ विजयी दाहालले ६ हजार २ सय ३४ मतभार पाए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवेन्द्र घिमिरेले २ हजार ७ सय ६६ र समाजवादी पार्टीका भरतबहादुर दाहालले २ सय ६४ मतभार पाए।