News Portal

  • राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल तोकियो

    हिमाली संचार संवाददाता
    ३७७ पटक

    काठमाडौँ — बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल तोकिएका छन् । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै मतदानस्थल तोक्नेलगायतका व्यवस्थापकीय काम पूरा भएको जानकारी दिएको हो ।

    सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले प्रदेश १ मा विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश २ मा जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायणनिधि स्मृती भवन, वागमती प्रदेशको ललितपुर महानगरपालिका वडा नं ४ वडासमितिको भवन, गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्की परिसरमा मतदानस्थल तोकिएको जानकारी दिए।

    प्रदेश ५ को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेत परिसर र सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्ति नारायण उच्च माध्यमिक विद्यालयमा मतदानस्थल तोकिएको छ।

    प्रदेश १ मा प्रदेशसभा सदस्य ९३ र स्थानीय तहका प्रमुख र उपप्रमुख २८४ गरी ३६७ जना, प्रदेश २ मा प्रदेश सभा सदस्य १०७ र स्थानीय तहका प्रमुख उपप्रमुख २७२ गरी ३७९ जना, वागमती प्रदेशमा प्रदेश सभा सदस्य ११० र स्थानीय तहका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ जना, गण्डकी प्रदेशमा प्रदेश सभा सदस्य ६० र स्थानीय तहका प्रमुख/उपप्रमुख १७० गरी २३० जना मतदाता छन्।

    प्रदेश ५ मा प्रदेश सभा सदस्य ८७ र स्थानीय तहका प्रमुख/उपप्रमुख २१८ गरी ३०५ जना, कर्णाली प्रदेशमा प्रदेश सभा सदस्य ४० र स्थानीय तहका प्रमुख/उपप्रमुख १५८ गरी १९८ जना, सुदूरपश्चिम प्रदेशमा प्रदेश सभा सदस्य ५३ र स्थानीय तहका प्रमुख/उपप्रमुख १७६ गरी २२९ जना मतदाता छन्।

    राष्ट्रियसभामा प्रदेश सभाका सदस्यको मतभार ४८ र स्थानीय तहका गाउँपालिका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख/उपप्रमुखको मतभार १८ हुन्छ।

    प्रदेश १ मा ३ जना, प्रदेश २ मा ४ जना, वागमती र गण्डकी प्रदेशमा २/२ जना, प्रदेश ५ मा ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशमा २/२ जना गरी १८ सदस्यको निर्वाचन हुँदैछ।

    प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने मतपत्रसहित अन्य आवश्यक निर्वाचन सामग्रीहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्‍याइसकिएको जानकारी दिए।

    निर्वाचनमा ६ राजनीतिक दलले प्रतिस्पर्धा गर्न उम्मेदवारी दिएका छन्। ७ प्रदेशमा महिला समूहतर्फ १६, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहतर्फ ५ र अन्य समूहतर्फ १९ गरी ४५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको आयोगले जनाएको छ।

    आयोगले मतदाताहरु प्रदेशसभा सदस्यले सेतो कागजमा हरियो रङको मसीले र स्थानीय तहका प्रमुख/उपप्रमुखले सेतो कागजमा रातो रङको मसीले निर्वाचन चिन्ह उल्लेख गर्नु पर्ने जनाएको छ। आयोगले ६ हजार दुई सय ६० मतपत्र सम्वन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाएको जनाएको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पार्टी अनुशासन उलंघनमा कठोर कदम : नेकपा (बहुमत) ले गर्यो दुई नेतालाई निष्कासन

    काठमाडौं, साउन १५ – नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आन्तरिक अनुशासन उल्लंघन र गुटगत स्वार्थका...

    मकवानपुरमा ट्राफिक कारबाहीबाट एक वर्षमै दुई करोडभन्दा बढी राजस्व संकलन

    मकवानपुर, साउन १५ – मकवानपुर जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई कारबाही गर्दा एक आर्थिक वर्षमा...

    उदयपुरमा ट्रक दुर्घटना, चालकको मृत्यु

    उदयपुरगढी गाउँपालिका-७ अँधेरीस्थित सडक खण्डमा बिहीबार बिहान भएको ट्रक दुर्घटनामा एकजनाको ज्यान गएको छ। प्राप्त...

    आज २०८२ साल साउन १५ गतेको राशिफल

    आज साउन १५, २०८२ (जुलाई ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएनए कुवेतको अधिवेशनको भ्रामक प्रचारबाजी गरियो : एनआरएनए

    कुवेत सिटी। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कुवेत (एनआरएनए)काे अधिवेशन आज बेलुकी जुलाई ३०...