News Portal

 रेशम चौधरीको रिहाइको माग गर्दै आन्दोलनको घोषणा

हिमाली संचार संवाददाता
५०३ पटक

काठमाडौं – थरुहट थारुवान राष्ट्रिय मोर्चाले टीकापुर घटनामा झुठा मुद्दा लगाइ फसाईएका कैलाली क्षेत्रं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीसहितका नेताहरुलाई रिहाइको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मोर्चाले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै मागहरुलाई सरकारले वेवास्ता गरेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गर्नुपरेको जनाएको छ ।

वीरबहादुर चौधरी, हरिनारायण चौधरी, बृजमोहन चौधरी, राजेश चौधरी, प्रदिप चौधरी, श्रवण चौधरी, गंगाराज चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, सन्तकुमार चौधरीलगायत थरुहट आन्दोलनकारी सबैको मुद्दा फिर्ता, खारेजी तथा आममाफी गरी बन्दीहरूलाई निःसर्त रिहाइ गर्नुपर्ने मोर्चाको माग छ ।

त्यस्तै टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्नका लागि तत्कालिन नेपाल सरकारले पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृहमन्त्रालयद्धारा अनुसन्धानका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलिय संसदीय समितिको प्रतिवेदनहरू तुरुन्त सार्वजनिक गर्न पनि मोर्चाले माग गरेको छ ।

‘हामीले उठाउँदै आएका जायज एवम् न्यायपूर्ण माग, मुद्दा एवम् विशुद्ध संविधानको अन्तरवस्तुसँग रहेका अधिकारका १३ बुँदे मुख्य राजनीतिक मागहरू अहिलेसम्म सरकारले सम्बोधन गरेको छैन । न त थरुहट आन्दोलनकर्मीहरूसँग नेपाल सरकारले २०६५ चैत्र १ गते भएको ६ बँुदे र २०६९ जेठ १० गते भएको १० बुँदे सहमति सम्झौतालाई कार्यान्वयन गरेको अवस्था छ । अधिकारका लागि शान्तिपूर्ण संघर्षमा होमिएका निहत्था, निअपराध थरुहट नेता एवं जनप्रतिनिधि मा.रेशमलाल चौधरीसहित थरुहट आन्दोलनकर्मीहरूलाई सुनियोजित रुपमा विभिन्न अभियोगमा झुठा मुद्दा लगाई जेलमा कोचिएको छ’, मोर्चाले पत्रकार सम्मेलनमा जारी गरेको विज्ञप्तिमा भनिएको छ । मोर्चाले बुधबार पत्रकार सम्मेलनमार्फत घोषणा गरेका संघर्षका कार्यक्रमहरुमा माघ १४ गते प्रधानमन्त्री लगायत सत्तापक्ष, प्रतिपक्ष, विभिन्न राजनीतिक दलका नेताहरुलाई १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउने, माघ १५ गतेदेखि १५ दिन प्रचारप्रसार तथा फागुन ५ सम्म पनि आफ्ना माग सुनुवाइ नभए तीन दिने आमहड्ताल गर्ने मोर्चाका संयोजक लक्ष्मण थारुले बताएका छन् ।

 

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...