News Portal

बुबाअामाकाे मृत्युुपछि अवाेध बालकहरु बिचल्लीमा

हिमाली संचार संवाददाता
११०७ पटक

रबिन्द्र बराल – माेरङकाे सुनवर्सि नगरपालिका ७ स्थित कुडेलिमा बसाेवास गर्दे अाएका फागुलाल राजबंशीकाे तीन जना छाेराहरु अहिले टुहुरा हुन पुगेका छन । २०७० चैत्र ३०   सेताे लामखुट्टेकाे टाेकाईबाट बिरामी भएका राजबंशीकाे आर्थिक अभावका कारण  ५० बर्षकै उमेरमा उनकाे मृत्यु भएको थियोे ।

बुबाको मृत्यु भएपछि अामा शंन्ताेषी राजबंशीकाे काखमा हुर्कि रहेका १४ बर्षका  जेठाे छाेरा दिपक राजबंशी ७ बर्षका राजिव राजबंशी र ५ बर्षका राेशन राजवंशी उनकी  अामाले दुख गरेर छाेराहरुलाई हुर्काई रहेकि थिन तर दैवले पनि ती अवाेध बालकहरुलाई अामाकाे काखबाट खाेसेर लग्यो ।

सन्ताेषीलाई पनि सेताे लामखुट्टेकाे टाेकाईबाट बिरामीले छटपटाई रहेकी सन्ताेषी पनि आर्थिक अभावकै कारण समयमै उपचार नहुदा उनी पनि याे संन्सारमा रहिनन । साउन २४ गते सिकिस्त भएपछि उनलाई उपचारका  लागि रंगेलीमा रहेको टाईम्स अस्पतालमा उपचार गराउन ल्याएका थिए । तर अस्पतालले सेताे लामखुट्टेले टाेकेकाे बताउदै अस्पतालले सन्ताेषीलाई बिराटनगर रिफर गर्‍यो आफन्तले सास रहुन्जेल अास हुन्छ भनेर बिराटनगर स्थित  नाेवेल अस्पतालमा उपचार गराउन लगेका थिए । तर सन्ताेषीलाई जिवित ल्याउन सकेनन्  मृत शरीर लिएर घर फर्कन बाध्य भए ।

अहिले उनिहरुकाे घरमा स-साना बालबालिकाहरु दिनभरि अामालाई खाेजेर अाँखाबाट अाँसुका धारा बगाएर बगाई रहेका छन । संन्ताेषीकि ७० वर्षिय अामा कृष्णा वति राजवंशीले स-साना नातिहरुलाई अहिले पालनपोषण गरीरहेकि छन । उनले भनिन जब राति पर्ने थाल्छ अनि नातिहरुले मेराे अामा खै भन्दै अाफुलाई साेध्न थाल्छन र रुन थाल्छन्  ।

राति निन्द्रमा समेत उठेर अामा खै भन्दै रुने  कराउने गरेकाे उनले बताईन । यति स-साना बालकहरुले दिनै जसाे राेईकराई गर्दा अहिले गाउँका सबै जसाे गाउँलेहरु समेत भावुक हुने गरेका छन । उनिहरुकाे घरमा भात खाने चामल समेत नहुदा बालकहरु छरछिमेकिकाे घरमा खाने गरेको स्थानीय कार्तिक दासले बताए ।

उनिहरु अहिले चार परिवार एउटा काेठा भएको सानाे घरमा बसिरहेका छन । उक्त घरमा सुत्नका लागि एउटा मात्र खाट रहेको छ । राति उनिहरु बाहिर सानाे वरन्डामा सुत्न बाध्य रहेका छन । दिपक राजबंशीले बुबाकाे मृत्यु भएपछि घरकाे अार्थिक स्थिति कमजोर भएको र अामालाई समेत थप मदत गर्नेका लागि उनले कक्षा अाठ सम्मकाे पढाइ मात्रै पढेर गाउँ घरमै मजदुर गरेर अामा र भाइहरुलाई पालनपाेषण गरेर भाईलाई पढाइ रहेका थिए ।

उनले अामाकाे उपचारका लागि स्थानीय गणेश प्रसाद राजवंशी संग २० हजार रुपैयाँ ऋण लिएर अामाकाे उपचार गराएका थिए । उनले भने अब ऋण कसरी तिर्नु भन्दै चिन्ता गरिरहेका छन । अहिले उनकाे भाइ राजिवकाे पनि सानै उमेर देखि जिउ,खुट्टामा स-साना खटिरा घाउ समेत अाउने गरेको र अहिलेसम्म उपचार गराउन अार्थिक  अभावका कारण उपचार हुन सकेको छैन ।

उनिहरु फूपू सरसा देवि राजवंशीकाे ५ धुर जग्गामा सानाे झुपडी बनाएर बसिरहेका छन । उनिहरुकाे घरमा नत पानी पिउनका लागि टुवेल(कल)नै छ नत शाैचालय नै छ । उनिहरु दिसापिसाब गर्न जङ्गल झाडिमा जानुपर्ने बाध्यता रहेको छ । अामाकाे मृत्यु भए पछि ५ बर्षका राेशन र ७ बर्षका राजिव विद्यालय समेत जान छाडेका छन ।  सन्ताेषीकाे काजक्रिया गर्नका लागि गाउँले हरुले चन्दा सङकलन गरेर जुटाई दिएका छन ।

बालबालिकाहरु टुहुरा भएको थाहा पाएपछि रंगेलीमा रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले ३० गते उक्त स्थानमा गएर टुहुरा रहेका बालकका घरमा गई २५ केजी चामल, ५ केजी भुजा, दुईवटा झुल, ब्याल्याङकेट सहयोग गरेको संस्थाका अध्यक्ष कमलेश्वर ठाकुरले बताए । स-साना बालकहरु दुखमा परेको र अाफ्नाे संस्थाले केही मात्रामा सहयोग गरेकाे ठाकुर बताए ।

प्रतिकृया दिनुहोस्

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...