News Portal

  • बुबाअामाकाे मृत्युुपछि अवाेध बालकहरु बिचल्लीमा

    हिमाली संचार संवाददाता
    ९६७ पटक

    रबिन्द्र बराल – माेरङकाे सुनवर्सि नगरपालिका ७ स्थित कुडेलिमा बसाेवास गर्दे अाएका फागुलाल राजबंशीकाे तीन जना छाेराहरु अहिले टुहुरा हुन पुगेका छन । २०७० चैत्र ३०   सेताे लामखुट्टेकाे टाेकाईबाट बिरामी भएका राजबंशीकाे आर्थिक अभावका कारण  ५० बर्षकै उमेरमा उनकाे मृत्यु भएको थियोे ।

    बुबाको मृत्यु भएपछि अामा शंन्ताेषी राजबंशीकाे काखमा हुर्कि रहेका १४ बर्षका  जेठाे छाेरा दिपक राजबंशी ७ बर्षका राजिव राजबंशी र ५ बर्षका राेशन राजवंशी उनकी  अामाले दुख गरेर छाेराहरुलाई हुर्काई रहेकि थिन तर दैवले पनि ती अवाेध बालकहरुलाई अामाकाे काखबाट खाेसेर लग्यो ।

    सन्ताेषीलाई पनि सेताे लामखुट्टेकाे टाेकाईबाट बिरामीले छटपटाई रहेकी सन्ताेषी पनि आर्थिक अभावकै कारण समयमै उपचार नहुदा उनी पनि याे संन्सारमा रहिनन । साउन २४ गते सिकिस्त भएपछि उनलाई उपचारका  लागि रंगेलीमा रहेको टाईम्स अस्पतालमा उपचार गराउन ल्याएका थिए । तर अस्पतालले सेताे लामखुट्टेले टाेकेकाे बताउदै अस्पतालले सन्ताेषीलाई बिराटनगर रिफर गर्‍यो आफन्तले सास रहुन्जेल अास हुन्छ भनेर बिराटनगर स्थित  नाेवेल अस्पतालमा उपचार गराउन लगेका थिए । तर सन्ताेषीलाई जिवित ल्याउन सकेनन्  मृत शरीर लिएर घर फर्कन बाध्य भए ।

    अहिले उनिहरुकाे घरमा स-साना बालबालिकाहरु दिनभरि अामालाई खाेजेर अाँखाबाट अाँसुका धारा बगाएर बगाई रहेका छन । संन्ताेषीकि ७० वर्षिय अामा कृष्णा वति राजवंशीले स-साना नातिहरुलाई अहिले पालनपोषण गरीरहेकि छन । उनले भनिन जब राति पर्ने थाल्छ अनि नातिहरुले मेराे अामा खै भन्दै अाफुलाई साेध्न थाल्छन र रुन थाल्छन्  ।

    राति निन्द्रमा समेत उठेर अामा खै भन्दै रुने  कराउने गरेकाे उनले बताईन । यति स-साना बालकहरुले दिनै जसाे राेईकराई गर्दा अहिले गाउँका सबै जसाे गाउँलेहरु समेत भावुक हुने गरेका छन । उनिहरुकाे घरमा भात खाने चामल समेत नहुदा बालकहरु छरछिमेकिकाे घरमा खाने गरेको स्थानीय कार्तिक दासले बताए ।

    उनिहरु अहिले चार परिवार एउटा काेठा भएको सानाे घरमा बसिरहेका छन । उक्त घरमा सुत्नका लागि एउटा मात्र खाट रहेको छ । राति उनिहरु बाहिर सानाे वरन्डामा सुत्न बाध्य रहेका छन । दिपक राजबंशीले बुबाकाे मृत्यु भएपछि घरकाे अार्थिक स्थिति कमजोर भएको र अामालाई समेत थप मदत गर्नेका लागि उनले कक्षा अाठ सम्मकाे पढाइ मात्रै पढेर गाउँ घरमै मजदुर गरेर अामा र भाइहरुलाई पालनपाेषण गरेर भाईलाई पढाइ रहेका थिए ।

    उनले अामाकाे उपचारका लागि स्थानीय गणेश प्रसाद राजवंशी संग २० हजार रुपैयाँ ऋण लिएर अामाकाे उपचार गराएका थिए । उनले भने अब ऋण कसरी तिर्नु भन्दै चिन्ता गरिरहेका छन । अहिले उनकाे भाइ राजिवकाे पनि सानै उमेर देखि जिउ,खुट्टामा स-साना खटिरा घाउ समेत अाउने गरेको र अहिलेसम्म उपचार गराउन अार्थिक  अभावका कारण उपचार हुन सकेको छैन ।

    उनिहरु फूपू सरसा देवि राजवंशीकाे ५ धुर जग्गामा सानाे झुपडी बनाएर बसिरहेका छन । उनिहरुकाे घरमा नत पानी पिउनका लागि टुवेल(कल)नै छ नत शाैचालय नै छ । उनिहरु दिसापिसाब गर्न जङ्गल झाडिमा जानुपर्ने बाध्यता रहेको छ । अामाकाे मृत्यु भए पछि ५ बर्षका राेशन र ७ बर्षका राजिव विद्यालय समेत जान छाडेका छन ।  सन्ताेषीकाे काजक्रिया गर्नका लागि गाउँले हरुले चन्दा सङकलन गरेर जुटाई दिएका छन ।

    बालबालिकाहरु टुहुरा भएको थाहा पाएपछि रंगेलीमा रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले ३० गते उक्त स्थानमा गएर टुहुरा रहेका बालकका घरमा गई २५ केजी चामल, ५ केजी भुजा, दुईवटा झुल, ब्याल्याङकेट सहयोग गरेको संस्थाका अध्यक्ष कमलेश्वर ठाकुरले बताए । स-साना बालकहरु दुखमा परेको र अाफ्नाे संस्थाले केही मात्रामा सहयोग गरेकाे ठाकुर बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ज्ञानेन्द्र शाहीद्वारा परराष्ट्र मन्त्री आरजु राणा देउवाको राजीनामा माग

    काठमाडौँ, भदौ १ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले...

    रवि लामिछाने नख्खु जेलमा सरुवा, पहिलो रात अन्य कैदीसहित बिताउनुपर्यो, ‘सिंगल रुम’ तर सुविधा सीमित

    काठमाडौं, भदौ १ – भैरहवा कारागारबाट नख्खु जेलमा सरुवा भएका रास्वपा सभापति रवि लामिछानेको पहिलो...

    विदेश जाने यात्रु कम्तीमा एक घण्टा अघि अध्यागमनमा उपस्थित हुनुपर्ने

    काठमाडौं, भदौ १ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जाने यात्रुका लागि नयाँ व्यवस्था लागू गरिएको...

    गोङ्गबु गेस्ट हाउसमा पत्नीको हत्या गर्ने युवक पर्साबाट पक्राउ

    काठमाडौँ, भदौ १ – राजधानीको गोङ्गबुस्थित गेस्ट हाउसमा आफ्नै पत्नीको हत्या गरी फरार रहेका एक...

    एमाले विधान महाधिवेशन : तयारी अन्तिम चरणमा, २३ सयभन्दा बढी सहभागी हुने

    काठमाडौँ, भदौ १ – नेकपा एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म आयोजना हुने दोस्रो...