News Portal

धरानको कार्यपालिका बैठक नेकपाद्वारा बहिष्कार, आवश्यक कोरम पुग्न सकेन, बैठक सोमवार पुन: बस्ने

सन्जिब कोयी
३८२ पटक

शनिवार पौष १२, धरान।  नवनिवार्चित धरानका नगरप्रमुख तिलक राईले बोलाएको पहिलो कार्यपालिकाको बैठक आवश्यक कोरम संख्या नपुगेपछि स्थगित भएको छ । उपमहानरपालिका धरानमा बहुमत संख्यामा कार्यपालिका सदस्यहरुको उपस्थिति नभएपछि पौष १४ गत्ते पुनः बैठक बस्ने गरी बैठक स्थगित भएको छ ।

स्रोतका अनुसार कार्यपालिका बैठकलाई नेकपाबाट निवार्चित  नगरउपप्रमुख कार्यपालिका सदस्यहरुले बहिष्कार गरेका छन्। कुल ३० सदस्यीय कार्यपालिकामा नेकपाबाट उपप्रमुखसहित २४ जना सदस्य छन् भने कांग्रेसबाट नगरप्रमुखसहित ६ जना मात्र सदस्य रहेका २० वटा वडाका अध्यक्षहरु कार्यपालिका सदस्य हुन्छन् भने ८ जना नगरसभाबाट निवार्चित भएका छन् । धरानमा निवार्चित कार्यपालिका सदस्य सबै नेकपाकै रहेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेलका अनुसार गणपुरक संख्या नपुगेपछि पौष १४ गते बिहान सोमबार ८ बजे बस्ने गरि बैठक स्थगित  भएको हो। 

नगरप्रमुख तिलक राईले नेकपा पक्षबाट बैठकमा सहभागिता नभएको बिषयमा धेरै बोल्न चाहेनन् । उनले नेकपा पक्षबाट बहिष्कार गरेको नभै कोरम नपुगेर स्थगित भएको प्रतिकृया दिएका छन्। नगरप्रमुख तिलक राईले नेकपाबाट प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्यहरुले बहिष्कार गरेको प्रस्ट खुलाउन नचाहे पनि नेकपाका वडाअध्यक्षहरुले भने नगरप्रमुख तिलक राईले आवश्यक समन्वय र तयारी नगरेकोले आफुहरु बैठकमा नगएको प्रतिक्रिया दिएका छन्। 

आवश्यक कोरम नपुगेर कार्यपालिका बैठक स्थगित भएपछि नगरप्रमुख तिलक राई र नगरउप्रमुख मञ्जु भण्डारी सुवेदीबीच आवश्यक छलफल भएको थियो । दुवैबीच द्धन्द नबढाउने र समन्वय गर्ने समझदारी भएर नै सोमबार बैठकको मिति तोकिएको श्रोतको भनाइ रहेको छ। 

धरानका कार्यपालिका बैठक बस्न नसक्दा नवनिवार्चित मेयर राईले पदभार ग्रहण गर्दा कर समायोजन गर्न एक अध्ययन गरेर सुझाव पेश गर्न बिशेषज्ञ रहेको कार्यदल गठन गर्ने भनिएको भए पनि बैठक बस्न नसक्दा पारित हुन सकेन। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...