News Portal

उपनिर्वाचनमा विद्यालय तीन दिन बन्द रहने

हिमाली संचार संवाददाता
४९९ पटक

भक्तपुर  -यही मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं. १ प्रदेश (क मा हुने उपनिर्वाचनका लागि भक्तपुरका १५ वटा सामुदायिक विद्यालयहरु तीन दिनका लागि बन्द भएका छन् । निर्वाचन आयोगले उपनिर्वाचनका मतदान केन्द्र राखेपछि यहाँका १५ वटा विद्यालयहरु आजदेखि बन्द भएका हुन् ।

चाँगुनारायण नगरपालिकाका १० वटा वडा र भक्तपुर नगरपालिकाको वडा नं १० मा रहेका सामुदायिक विद्यालयहरुमा मतदान केन्द्र स्थापना गरेपछि १५ वटा सामुदायिक विद्यालयको पठनपाठन बन्द भएको चाँगुनारायण नगरपालिका शिक्षा शाखाका इञ्चार्ज वीरबहादुर खड्काले जानकारी दिए ।

उपनिर्वाचनका लागि चाँगुनारायण नगरपालिकाभित्रका आजात मावि, नाप्चा, न्याचोपौवा आधारभूत विद्यालय, चुनादेवी मावि, सरस्वती उमावि थाकलमाँठ, गणेश मावि ताथली, चाँगुनारायण मावि न्यौपाने गाउँ, यापी भैरव मावि,  बालभूषण मावि कोल्पाकोट, नाट्यश्वरी आधारभूत विद्यालय, बागेहिटी मावि वागेश्वरी, राधाकृष्ण माध्यमिक विद्यालय, बाल्मिकी आधारभूत विद्यालय, श्रीकृष्ण मावि खरिपाटी, महेन्द्रग्राम मावि र भक्तपुर नगरपालिका १० को सरस्वती विद्यागृह माविमा मतदान केन्द्रका लागि विद्यालय बन्द भएको हो ।

विद्यालय र विद्यार्थीलाई सरकारले शान्ति क्षेत्र घोषणा गरेको आठ वर्ष बितेपनि अझै कार्यान्वयनमा आउन नसकेको प्याब्सन भक्तपुरका पूर्वअध्यक्ष श्रीकृष्ण केसीले बताए । विसं २०६८ जेठ ११ गते नेपाल सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेपनि कार्यान्वयनमा भने आउन नसकेको उनले बताए ।

उपनिर्वाचनको तयारीका लागि उचित व्यवस्थापन, कम्पाउण्ड र अन्य मर्मत सम्भारको काम हुने भएकाले विद्यालय बन्द गर्नुपरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । विद्यालय शनिबारसम्म बन्द हुने उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...