News Portal

उपनिर्वाचनमा विद्यालय तीन दिन बन्द रहने

हिमाली संचार संवाददाता
५३३ पटक

भक्तपुर  -यही मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं. १ प्रदेश (क मा हुने उपनिर्वाचनका लागि भक्तपुरका १५ वटा सामुदायिक विद्यालयहरु तीन दिनका लागि बन्द भएका छन् । निर्वाचन आयोगले उपनिर्वाचनका मतदान केन्द्र राखेपछि यहाँका १५ वटा विद्यालयहरु आजदेखि बन्द भएका हुन् ।

चाँगुनारायण नगरपालिकाका १० वटा वडा र भक्तपुर नगरपालिकाको वडा नं १० मा रहेका सामुदायिक विद्यालयहरुमा मतदान केन्द्र स्थापना गरेपछि १५ वटा सामुदायिक विद्यालयको पठनपाठन बन्द भएको चाँगुनारायण नगरपालिका शिक्षा शाखाका इञ्चार्ज वीरबहादुर खड्काले जानकारी दिए ।

उपनिर्वाचनका लागि चाँगुनारायण नगरपालिकाभित्रका आजात मावि, नाप्चा, न्याचोपौवा आधारभूत विद्यालय, चुनादेवी मावि, सरस्वती उमावि थाकलमाँठ, गणेश मावि ताथली, चाँगुनारायण मावि न्यौपाने गाउँ, यापी भैरव मावि,  बालभूषण मावि कोल्पाकोट, नाट्यश्वरी आधारभूत विद्यालय, बागेहिटी मावि वागेश्वरी, राधाकृष्ण माध्यमिक विद्यालय, बाल्मिकी आधारभूत विद्यालय, श्रीकृष्ण मावि खरिपाटी, महेन्द्रग्राम मावि र भक्तपुर नगरपालिका १० को सरस्वती विद्यागृह माविमा मतदान केन्द्रका लागि विद्यालय बन्द भएको हो ।

विद्यालय र विद्यार्थीलाई सरकारले शान्ति क्षेत्र घोषणा गरेको आठ वर्ष बितेपनि अझै कार्यान्वयनमा आउन नसकेको प्याब्सन भक्तपुरका पूर्वअध्यक्ष श्रीकृष्ण केसीले बताए । विसं २०६८ जेठ ११ गते नेपाल सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेपनि कार्यान्वयनमा भने आउन नसकेको उनले बताए ।

उपनिर्वाचनको तयारीका लागि उचित व्यवस्थापन, कम्पाउण्ड र अन्य मर्मत सम्भारको काम हुने भएकाले विद्यालय बन्द गर्नुपरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । विद्यालय शनिबारसम्म बन्द हुने उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...