News Portal

  • स्थलगत अध्यन गरेर राहत उपलब्ध गराउने प्रजिअ : बस्नेत

    हिमाली संचार संवाददाता
    ८१० पटक

    जाजरकोट – अविरल वर्षातका कारण जाजरकोटमा आएको बाढीर पहिरोमा भएको धनजनको स्थलतल अध्यन गरेर उचित राहत उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले बताए । जिल्लाम भएको धनजनको क्षती बारे एकिन बिवरण नआएकोले घटनाको बारेमा स्थलगत अध्यन गरेर राहत उपलब्ध गराउने बस्नेतले बताए ।

    अधिकारी बस्नेतका अनुसार शुत्रवार भएको जिल्ला विपद् व्यवस्थापन समितिको वैठकले खलंगामा राहत बाँड्न रोक्ने र सहयोगी संस्था, निकायलाइ २९ र ३० गतेको बाढी पहिरो प्रभावित नलगाढ न पा तर्फ जान अनुरोध गर्ने लगायतका निर्णय गरेकोल हाल घटना स्थलगत अध्यन गरेर पहिरो तथा बाढि बाट पिडितहरु लाइ राहत बितरण गर्ने निर्णय भएको बताए ।

    बुधवार नलगाड नगरपालिकाको ३ देखि ६ नं वडासम्मका वस्तीहरुमा बाढीले वितन्डा मच्चाउँदा पुलमात्र नभइ खेत र घर पनि बगाएको छ । झुप्रा खोलामा आएको वाढीले पुल वगाउँदा नगरपालिका भित्रका दुइ मावि र अन्य चार प्राथमिक एवं आधारभुत तहमा पढ्ने चार सय विद्यार्थीहरु पुल अभावमा स्कुल जान पाएका छौनन् ।

    तत्काल कुनै पक्की पुल वनाउन सकिने अवस्था नभएपछि खोलामा काठ राखेर वारपार गर्ने व्यवस्था मिलाउन पनि तत्काल सम्भव नभएको उनले जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । खोलाको वहाव नघटेको र काठको अस्थायी लाप्को वारपार गर्ने काठ वनाउन सहज नभएका कारण हाल नलगाड नगरपालिकाका केहि वडाहरु र बारेकोट गाउँपालिकाका हजारौ जनतालाइ आवत जावतमा कठिनाइ भएको नलगाड नगरपालिकाका नगर नगर प्रमुख टेक बहादुर रावलले जानकारी दिए ।

    प्रमुख रावलका अनुसार वाढीले पुल वगाउँदा त्रिभुवन माध्यमिक विद्यालय दल्ली, सुर्याेदय मावि कैना, जनता प्रावि पिपलचौर, जनकल्यान आधारभुत विद्यालय सेराखेत, जुनी वाल संरक्षण माध्यमिक विद्यालय सिर्के, त्रिभुवन प्राथमिक विद्यालय दल्ली, क्रियटीभ वोर्डिङ् स्कुल दल्लीका चार सय वढी विद्यार्थीहरु पढाइवाट वञ्चित भएका छन् । भिजनखबरको सहयोगमा 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १५ गतेको राशिफल

    आज कार्तिक १५, २०८२ (नोभेम्बर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

    धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम...

    पपस्टार राजु लामाले ओसियानाको सर्वोच्च पहाड आरोहण, वातावरण संरक्षणको सन्देश दिए

    काठमाडौं, कार्तिक १४ – पपस्टार तथा पर्वतारोही राजु लामाले इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक...

    थापाथलीको राममन्दिर क्षेत्रमा अनधिकृत संरचना भत्कायो काठमाडौं महानगर

    काठमाडौं, कार्तिक १४ – काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना डोजर लगाएर...

    बालेनलाई वार्ताका लागि बोलाउँदै स्थानीय, बञ्चरेडाँडामा फोहर संकट

    काठमाडौं, कार्तिक १४ – बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक लगिएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरमै फोहर सुरक्षित...