News Portal

  • साताअघि हराएको गाडी हवल्दारको निवासमा, हवल्दारसहित ३ पक्राउ

    हिमाली संचार संवाददाता
    ६६२ पटक

    नवलपरासी – एक साताअघि पश्चिम नवलपरासीको सुनवलबाट चोरी भएको स्कारपियो गाडी सशस्त्र प्रहरी हवल्दारको निजी घरमा फेला परेको छ ।

    बा१५च २१०४ नं को गाडी सशस्त्र प्रहरी बल पश्चिम नवलपरासी नं २६ गण बेलासपुरमा कार्यरत वरिष्ठ हवल्दार ठाकुरप्रसाद चौधरीको निवास पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–५ पालडाँडामा फेला परेको हो ।

    गाडी चोरीको आरोपमा प्रहरीले हवल्दार चौधरीसहित रुपन्देही सैनामैना नगरपालिका–३ का दिलीप बोहोरा र बुटवल उपमहानगरपालिका–१३ बेलवासकी जानकी बराललाई पक्राउ गरेको छ ।

    गाडी चोरी भएपछि बुटवल, भैरहवा, नवलपरासीलगायतका ग्यारेजमा गाडी खोज्ने क्रममा प्रहरीले सुनवल इलाका प्रहरी कार्यालयका प्रहरी जवान गुमानसिंह कुमाललाई ग्राहक बनाएर पुरानो गाडी किन्नु छ भन्दै पठाएको थियो ।

    गाडी खोज्ने क्रममा सैनामैनाका दिलीप बोहाराले आफूसँग गाडी भएको बताएका थिए । बोहोराले रु १५ लाख मागे पनि रु सात लाखमा गाडी खरिद गर्ने कुरा मिलेको थियो । बिक्री गर्न लागिएको गाडी उपलब्ध गराउन बोहोरा र जानकीले प्रहरी जवान कुमाललाई लिएर चौधरीको घरमा पुगेका थिए ।

    प्रहरी जवान कुमाललाई देख्नेबित्तिकै गाडी नजिक रहेका सशस्त्र प्रहरीका हवल्दार चौधरी भाग्न खोजे पछि कुमालले चौधरीलाई नियन्त्रणमा लिएका थिए भने अन्यलाई पिछा गर्दै गएको प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

    एक हप्तासम्म गाडी बिक्री नभएपछि चोरीका मुख्य नाइके चौधरीले गाडीको नम्बर निकालेर भारतीय नक्कली बिलबुकसमेत बनाएर राखेका थिए ।

    बिआर२२एन ०९८८ नं को नक्कली स्कोरपियोको भारतीय बिलबुक बनाएका उनीहरूले एक दुई दिनमा भारत लगेर बिक्री गर्ने तयारी गरेको समेत अनुसन्धानमा खुलेको छ । चोरीमा संलग्न तीनैलाई चोरी मुद्दामा कारबाही अघि बढाइएकोे छ । रासस

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ १६ गतेको राशिफल

    आज भदौ १६, २०८२ (सेप्टेम्बर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कालोमोसोको धम्कीपछि यातायात विभागमा प्रहरी परिचालन

    काठमाडौँ, भदौ १५ – अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयको विरोधमा कालोमोसोको धम्की...

    मोदी–ओली भेट: नेपाल–भारत सम्बन्ध ‘गहिरो र विशेष’ भन्दै मोदीले जोड दिए

    काठमाडौं, १५ भदौ – चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र...

    परीक्षा नदिने बहानामा बमको हल्ला, युवक पक्राउ

    काठमाडौं, भदौ १५ – काठमाडौं उपत्यकामा बम राखिएको भन्दै प्रहरीले कन्ट्रोल रुममा फोन गरेर आतंक...

    ९ कार्यालयबाट इम्बोस्ड नम्बर जडान, असोज १ देखि थप ७ कार्यालयमा सेवा

    काठमाडौं, भदौ १५ – सरकारले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेपछि देशभर यस प्रणालीलाई विस्तार...