News Portal

अख्तियारका ६ स्टिङ्ग अपरेशन : ७ कर्मचारी कारवाहीमा

समाचार डेस्क
७५२ पटक

टोपराज शर्मा
भदौ १, बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै दोब्बर बढी राजश्व असुली गर्न सफल भएको छ ।

अघिल्लो आर्थिक वर्ष ०७३/७४ मा दुई करोड १९ लाख रुपैयाँ राजश्व असुल गरेको आयोगले आर्थिक वर्ष ०७४/७५ मा चार करोड आठ लाख रुपैयाँ राजश्व असुल गरेको छ । सो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै दोब्बरले बढी हो ।

आयोगले अघिल्लो आर्थिक वर्षमा एउटा मात्रै स्टिङ्ग अपरेशन गरेकोमा ०७४/७५ मा ६ वटा स्टिङ्ग अपरेशन गरी एक उपसचिव र एक अधिकृतसहित ७ कर्मचारीविरुद्ध मुद्दा चलाएको अख्तियारको बुटवल कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा व्यक्तिले अतिक्रमण गरेको २५ बिघा १० कठ्ठा ११ धुर जग्गा नेपाल सरकारका नाममा फिर्ता गराउन अख्तियार सफल भएको छ । अतिक्रमित जग्गामध्ये नवलपरासीको सिसवार शिवराज नगरपालिकाको २४ बिघा, रामग्राम नगरपालिकाको दुई कठ्ठा र रुपन्देही कम्हरीयाको आठ धुर आयोगले फिर्ता गराएको हो । त्यसैगरी, रुपन्देहीकै मर्चवार, सालझण्डी, अर्घाखाँची र पाल्पाको बासटारीको जग्गासमेत फिर्ता गराइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलका प्रमुख प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।

शिक्षक नियुक्ति, स्थानीय तहमा गठित उपभोक्ता समिति र सरकारी कार्यालयले सार्वजनिक खरिद ऐन विपरीत सामग्री खरिद गरेका उजुरीहरु बढी मात्रामा पर्ने गरेको बुटवल स्थित अख्तियारको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

आ.व.०७४/७५ मा आयोगमा दर्ता भएका कूल आठ सय ५७ मुद्दामध्ये पाँच सय २२ शिक्षा र स्थानीय तहसँग सम्बन्धित छन् । सबैभन्दा बढी शिक्षक नियुक्ति अनियमितताका उजुरी छन् । दोस्रोमा भने स्थानीय तहमा गठित उपभोक्ता समितिबाट भएका अनियमिततासँग सम्बन्धीत मुद्धा छन् । अख्तियारको बुटवल कार्यालयमा परेका कूल आठ सय ५७ मध्ये सबैभन्दा बढी रुपन्देहीका तीन सय आठ र गुल्मीको सबै भन्दा कम ४८ वटा मुद्दा मात्र दर्ता भएका छन् ।

त्यसैगरी, नवलपरासीका एक सय ९७, कपिलवस्तुका एक सय ७९, अर्घाखाँचीका ७२ र पाल्पाका ५३ मुद्दा दर्ता भएको सो कार्यालयले जनाएको अनलाइन खबरमा समाचार छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा नेपाली घरेलु कामदारमाथि दुर्व्यवहार र धम्की प्रकरण: मानव तस्करी, दलाली र दूतावासको भूमिकामाथि फेरि गम्भीर प्रश्न

कुवेत — कुवेतमा नेपाली घरेलु कामदारका रूपमा कार्यरत महिलामाथि हुने दुर्व्यवहार, धम्की, दलाली तथा मानव...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...