News Portal

  • अख्तियारका ६ स्टिङ्ग अपरेशन : ७ कर्मचारी कारवाहीमा

    समाचार डेस्क
    ६८१ पटक

    टोपराज शर्मा
    भदौ १, बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै दोब्बर बढी राजश्व असुली गर्न सफल भएको छ ।

    अघिल्लो आर्थिक वर्ष ०७३/७४ मा दुई करोड १९ लाख रुपैयाँ राजश्व असुल गरेको आयोगले आर्थिक वर्ष ०७४/७५ मा चार करोड आठ लाख रुपैयाँ राजश्व असुल गरेको छ । सो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै दोब्बरले बढी हो ।

    आयोगले अघिल्लो आर्थिक वर्षमा एउटा मात्रै स्टिङ्ग अपरेशन गरेकोमा ०७४/७५ मा ६ वटा स्टिङ्ग अपरेशन गरी एक उपसचिव र एक अधिकृतसहित ७ कर्मचारीविरुद्ध मुद्दा चलाएको अख्तियारको बुटवल कार्यालयले जनाएको छ ।

    गत आर्थिक वर्षमा व्यक्तिले अतिक्रमण गरेको २५ बिघा १० कठ्ठा ११ धुर जग्गा नेपाल सरकारका नाममा फिर्ता गराउन अख्तियार सफल भएको छ । अतिक्रमित जग्गामध्ये नवलपरासीको सिसवार शिवराज नगरपालिकाको २४ बिघा, रामग्राम नगरपालिकाको दुई कठ्ठा र रुपन्देही कम्हरीयाको आठ धुर आयोगले फिर्ता गराएको हो । त्यसैगरी, रुपन्देहीकै मर्चवार, सालझण्डी, अर्घाखाँची र पाल्पाको बासटारीको जग्गासमेत फिर्ता गराइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलका प्रमुख प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।

    शिक्षक नियुक्ति, स्थानीय तहमा गठित उपभोक्ता समिति र सरकारी कार्यालयले सार्वजनिक खरिद ऐन विपरीत सामग्री खरिद गरेका उजुरीहरु बढी मात्रामा पर्ने गरेको बुटवल स्थित अख्तियारको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

    आ.व.०७४/७५ मा आयोगमा दर्ता भएका कूल आठ सय ५७ मुद्दामध्ये पाँच सय २२ शिक्षा र स्थानीय तहसँग सम्बन्धित छन् । सबैभन्दा बढी शिक्षक नियुक्ति अनियमितताका उजुरी छन् । दोस्रोमा भने स्थानीय तहमा गठित उपभोक्ता समितिबाट भएका अनियमिततासँग सम्बन्धीत मुद्धा छन् । अख्तियारको बुटवल कार्यालयमा परेका कूल आठ सय ५७ मध्ये सबैभन्दा बढी रुपन्देहीका तीन सय आठ र गुल्मीको सबै भन्दा कम ४८ वटा मुद्दा मात्र दर्ता भएका छन् ।

    त्यसैगरी, नवलपरासीका एक सय ९७, कपिलवस्तुका एक सय ७९, अर्घाखाँचीका ७२ र पाल्पाका ५३ मुद्दा दर्ता भएको सो कार्यालयले जनाएको अनलाइन खबरमा समाचार छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    भोलिदेखि कोरियन भाषा परीक्षा सुरु, ६७ हजारभन्दा बढी युवाको सहभागिता

    काठमाडौँ, कार्तिक ३० – कोरियामा रोजगारी खोज्ने नेपाली युवाका लागि आवश्यक कोरियन भाषा परीक्षा भोलिदेखि देशभर...

    मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद बढ्दा सात दल सडकमा

    जनकपुरधाम, कार्तिक ३० — मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति सम्बन्धी विवाद सुल्झिनुको साटो अझै चर्किँदै गएको...

    आज २०८२ साल कार्तिक ३० गतेको राशिफल

    आज कार्तिक ३०, २०८२ (नोभेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रथम अधिवेशनसँगै युवा शक्ति कुवेतमा नयाँ नेतृत्व: अध्यक्षमा विशाल डल्लाकोटी

    कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नाराका साथ युवा शक्ति कुवेतको...

    आज २०८२ साल कार्तिक २९ गतेको राशिफल

    आज कार्तिक २९, २०८२ (नोभेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...