News Portal

समस्यामा संभावनाकाे खाेजी गर्दै जाजरकोटका प्रजिअ बस्नेत

हिमाली संचार संवाददाता
१२१७ पटक

काठमाडौ – जाजरकोटका पहिरो पीडित टुहुरा बालक सुरेन्द्र परियारलाइ एस.अाे.एस.बालग्राम सुर्खेतले सहयोग गर्ने भएको छ।

केही वर्ष अघि बाबुअामा गुमाएर टुहुरा भई अामा उही भएतापनि अर्कै बुवाबाट जन्मेकी दिदिकाे संरक्षणमा बस्दै अाएका ३ दाजुभाइ मध्ये ११ वर्षका दाजु र ५ वर्षका भाइ गत साउन २० गतेकाे पहिराेमा परी गुमाएपछि  थप वेसहारा भएका थिए।

टुहुरा भएका ८ बर्षिय सुरेन्द्र परियारलाइ पालन पाेषण र शिक्षा दीक्षाकाे लागि एस.अाे.एस. लगायतका संस्थामा आश्रयका लागि जाजरकोट सिडिओ कार्यलयले सिफारिस गरेको थियोे ।

पहिराे गएकाे भाेलिपल्टै बसेकाे जिल्ला विपद् व्यवस्थापन समितले निर्णय गरेकाेमा बुधबार एस.अाे.एस.बालग्राम सुर्खेतबाट उक्त संस्थाका डाइरेक्टर (फादर) मुकन्द कुमार गिरी र उक्त संस्थामा रहेका वीरेन्द्रनगर नगरपालिकाका वडाका वडाअध्यक्ष निलकण्ठ खनालबाट  पिडितले अाश्रय लिइरहेकाे स्थानमा पुगी एस.अाे.एस.बाट सहयाेग प्रक्रिया अघि बढाउने बचन दिएको हो।

प्रजिअ ललित बहादुर बस्नेतको फेसबुकमा।

जिल्लाकाे असहाय एवं टुहुरा बालबालिकाकाे संरक्षक एवं प्र.जि.अ.काे रूपमा भूमिका खेल्न  जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललित बहादुर बस्नेतले आफू जाजरकोटमा प्रजिअको हैसियतले सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्नु भएको छ।

एस.अाे.एस. बालग्रामका फादर, वीरेन्द्रनगरका वडा अध्यक्ष तथा विपद व्यवस्थापन समितिकाे उक्त बैठकमै उपस्थित भइ मार्गदर्शन एवं सल्लाह सुझाव दिनुहुने मनानीय अान्तिरक मामिला एवं कानून मन्त्री नरेश भण्डारी, कर्णााली प्रदेश सभामा रहनु भएका जाजरकोट जिल्लाका माननीय गणेश सिंह, काैशिला खत्री, कृष्णा शाह लगायत प्रति हार्दिक अाभार प्रकट गर्दै निरन्तर सहयाेगकाे अपेक्षा गर्दछु प्रजिअ बस्नेतले आफ्नो सामाजिक संजालमा खुशी व्यक्त गर्नु भएको छ। साथै अर्का बालकलाई समाज कल्याणले जिम्मा लिने प्राप्त समाचारमा जनाईएकाे छ ।

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...