News Portal

घरमा श्रीमती हुदाहुदै कान्छी लिएर भाग्ने नरेन्द्र प्रहरीको फन्दामा

हिमाली संचार संवाददाता
६१६८ पटक

प्रविन शाही,दैलेख
श्रावण २९ दुल्लु – जिल्लाको ठाटीकाँध गाउँपालिका ३ सुईयाका पदम बडुवालका छोरा नरेन्द्र सीजापतीले बहुविवाह गर्न खोज्दा प्रहरीको फन्दामा परेका छन् । घरमा श्रीमती र २ बर्षको छोरा हुँदा हुँदै ओखलढुंगा जिल्लाको संगीता कार्कीलाई लिएर भारत तर्फ भाग्दै गर्दा बाँके प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

ठाटीकाँध गाउँपालिका १ का ठाटीकाँध गाउँपालिका १ अध्यक्ष नर्तम बुढाकी छोरी धना बुढालाई करीब २ बर्ष अघि विहे गरेका नरेन्द्रले दोस्रो श्रीमती भित्र्र्याउन लाग्दा प्रहरीको फन्दामा परेका हुन् । श्रीमानको दुःख दिएका कारण धना माईतीमा आएर बसेको र अशह्य भएपछि प्रहरी चौकी ठाटीकाँधमा निवेदन दर्ता गरेको धनाले बताइन् । अहिले नरेन्द्रलाई बाँके प्रहरीको नियन्त्रणमा र केटीलाई माईती नेपाल बाँकेमा राखेको ठाटीकाँध गाउँपालिका १ का अध्यक्ष नर्तम बुढाले बताए ।

श्रीमान करिब ४ दिन अघि देखी देखी सम्पर्कमा नभएको बताउदै धनाले भनिन “यस्तो होला भनेर कहिल्यै सोचेको थिइन्, जिवनमा यस्तो होला भनेर सोचेकै थिइन, तर आज आएर यस्तो हालत भोग्नु पर्र्यो ।” पिडित धनाले आफुलाई दुःख दिने श्रीमानलाई कानुनी कार्वाहीको माग गरेकी छिन् ।

२ बर्षिया छोराको साथमा धना बुढा

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...