News Portal

प्रधानमन्त्री ओली उपचारका लागि पुन: गए सिंगापुर

हिमाली संचार संवाददाता
५२२ पटक

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्केको डेढ सातापछि पुन: बिहीबार उपचारका लागि सिंगापुर गएका छन् । उनले आफ्नो स्वास्थ्यमा धेरै समस्या नरहेको बताएपनि एक महिनामा दोस्रोपटक उनी उपचारकै लागि सिंगापुर गएका हुन् । उनी भाद्र २० गते फर्किने बताइएको छ ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका ओली गत साउन १८ मा सिंगापुर गएर २७ गते फर्केका थिए। त्यहाँ रहँदा उनले प्रयोग गरिरहेको औषधिको मात्राहरु परिवर्तन गरिएको र त्यसमा थप फलोअप गर्नका लागि सिंगापुर गएको जानकारी दिइएको छ।

प्रधानमन्त्री ओलीले मंगलबार सर्वदलीय बैठकमा अन्य दलका शीर्ष नेताहरूलाई एउटा औषधिको डोज थप्नु वा मिलाउनुपर्ने भएकाले जान लागेको ब्रिफिङ गरेका थिए।

उनले बुधबार आयोजित कार्यक्रममा संविधान दिवसअगाडि नै आउने भनेका थिए । उनी भाद्र २० गते नेपाल फर्कने कार्यक्रम रहेको जानकारी दिइएको छ ।

प्रतिकृया दिनुहोस्

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...