News Portal

  • संयुक्त रचना वाचन कार्यक्रम सम्पन्न

    हिमाली संचार संवाददाता
    ७२४ पटक

    सुर्खेत, ३ भदौ : वाङ्मय चौतारी नेपाल सुर्खेत र कर्णाली साहित्य समाजको आयोजनामा वीरेन्द्रनगरमा संयुक्त रचना वाचन कार्यक्रम भएको छ। दुई दर्जन साहित्यकारहरुले रचना वाचन गरेको उक्त कार्यक्रममा कवि राजेन्द्रप्रसाद अधिकारीको उपस्थिति रहेको थियो।

    २०३५ सालमा जागिरको लागि पहिलोपटक सुर्खेत आएका अधिकारीले सुर्खेतबाटै आफ्नो साहित्यिक यात्राको सुरुवात भएको बताए। उनले भने, ‘आज भन्दा ४० वर्ष अगाडि सुर्खेत र अहिलेको सुर्खेत भौतिक रुपमा मात्र परिवर्तन भई बौद्धिक रुपमा समेत परिवर्तन भएको छ। साहित्यले समेत निकै फड्को मारेको पाउँदा मलाई खुसी लागेको छ।

    रचना वाचन कार्यक्रममा साहित्यकार डा.दीपक गौतमले कार्यक्रमको समीक्षा गर्दै साहित्यकारहरु समाज परिवर्तनका संवाहक भएकोले साहित्यिक रचनाले समाजका सबै गतिविधिहरुलाई समेट्न सक्नु पर्ने बताए।

    कार्यक्रममा महेन्द्र चन्द महासागर, सरस्वती पन्त, देवकी तिमिल्सेना समीक्षा, पहल असिम थापा, भीम परियारलगायतले गजल, मुक्तक, कविता, गेडी जस्ता रचनाहरु वाचन गरेका थिए भने कार्यक्रम वाङ्मय चौतारीका अध्यक्ष गणेशभक्त गौतमको अध्यक्षतामा भएको थियो। कार्यक्रमको सहजिकरण कर्णाली साहित्य समाजका अध्यक्ष खगेन्द्र अधिकारी अमृतले गरेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    तीनकुने घटनाबारे दुर्गा प्रसाईंको पहिलो खुलासा

    काठमाडौं, भदौ २ – डिल्लीबजार कारागारबाट दुई साताअघि छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल...

    राष्ट्रपति पौडेल: हिन्दूकुश हिमालयको जैविक विविधता संकटमा, समाधानका लागि सबै मिलेर कदम चालौँ

    काठमाडौं, भदौ २ – राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूकुश हिमालय क्षेत्रको जैविक विविधता संकटमा रहेको चेतावनी...

    तुलसीपुरमा किशोरीमाथि जबरजस्ती करणी, युवक पक्राउ

    दाङ, भदौ २ – तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०...

    प्रधानमन्त्री ओलीको पहलः विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि सरकार सक्रिय

    काठमाडौं, भदौ २ – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्रोही हमास समूहले बन्धक बनाएका नेपाली युवा...

    चितवनमा अपराधमा बालबालिकाको प्रयोग बढ्दो, प्रहरी चिन्तित

    चितवन, भदौ २ – पछिल्लो एक वर्षमा चितवन जिल्लामा बालबालिकालाई अपराधमा संलग्न गराउने घटनामा उल्लेख्य...