News Portal

संयुक्त रचना वाचन कार्यक्रम सम्पन्न

हिमाली संचार संवाददाता
८४९ पटक

सुर्खेत, ३ भदौ : वाङ्मय चौतारी नेपाल सुर्खेत र कर्णाली साहित्य समाजको आयोजनामा वीरेन्द्रनगरमा संयुक्त रचना वाचन कार्यक्रम भएको छ। दुई दर्जन साहित्यकारहरुले रचना वाचन गरेको उक्त कार्यक्रममा कवि राजेन्द्रप्रसाद अधिकारीको उपस्थिति रहेको थियो।

२०३५ सालमा जागिरको लागि पहिलोपटक सुर्खेत आएका अधिकारीले सुर्खेतबाटै आफ्नो साहित्यिक यात्राको सुरुवात भएको बताए। उनले भने, ‘आज भन्दा ४० वर्ष अगाडि सुर्खेत र अहिलेको सुर्खेत भौतिक रुपमा मात्र परिवर्तन भई बौद्धिक रुपमा समेत परिवर्तन भएको छ। साहित्यले समेत निकै फड्को मारेको पाउँदा मलाई खुसी लागेको छ।

रचना वाचन कार्यक्रममा साहित्यकार डा.दीपक गौतमले कार्यक्रमको समीक्षा गर्दै साहित्यकारहरु समाज परिवर्तनका संवाहक भएकोले साहित्यिक रचनाले समाजका सबै गतिविधिहरुलाई समेट्न सक्नु पर्ने बताए।

कार्यक्रममा महेन्द्र चन्द महासागर, सरस्वती पन्त, देवकी तिमिल्सेना समीक्षा, पहल असिम थापा, भीम परियारलगायतले गजल, मुक्तक, कविता, गेडी जस्ता रचनाहरु वाचन गरेका थिए भने कार्यक्रम वाङ्मय चौतारीका अध्यक्ष गणेशभक्त गौतमको अध्यक्षतामा भएको थियो। कार्यक्रमको सहजिकरण कर्णाली साहित्य समाजका अध्यक्ष खगेन्द्र अधिकारी अमृतले गरेका थिए।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...