News Portal

  • काम गरेर पनि गुमनाम रहेको नाम र घटना !

    हिमाली संचार संवाददाता
    ८३४ पटक

    विराटनगर, २९ साउन : विराटनगरस्थित कोशी अस्पतालमा १५ दिनअघि आएका एक बेवारिसे युवा जसको देब्रे खुट्टामा घाउ पुरै गन्हाउने थियो र खुट्टा नै कुहिसकेको थियो। अस्पताल परिसरमै उक्त युवा १५ दिनदेखी सहयोगको गुहार गरेपनी कोहि सहयोगकोलागी पुगेको थिएन। तर एका बिहानै बिराटनगरका पत्रकार एवम सामाजिक अभियन्ता बीरेन्द्रकुमार साह र समाजिक अभियन्ता सरोज कोईराला अस्पताल परिसरमा पुगे।

    उनिहरुले पुगेर फोटो मात्र खिचेनन उक्त युवाको उपचार गराउनु पर्छ भन्दै विभिन्न ब्यक्ति र सस्थालाई फोन घुमाउन थाले। बिराटनगर कै सामजसेबी अभा अनुपमाले बिरामिलाई उपचार गराउन आफ्नो पनि सहयोग रहने बताए।

    बिहान अस्पताल परिसरमा उक्त बिरामी युवालाई बीरेन्द्र र सरोजले खानेकुराहरु ल्याएर दिए र तपाईको उपचार जसरी नि हामी गराउछौ भनेर आस्वासन दिए।
    यतिकैमा बिराटनगर महानगरपालिकाका प्रशासकिय अधिकृत एकदेब अधिकारी आए र जसरी नि यी बेबारिसे बिरामिको उपचार हुनुपर्ने र बिरामिको आफुले जिम्म लिने भने ।

    बीरेन्द्र र सरोज तेहि थिए। उता माईनिटिग भईरहेको थियो यता बीरेन्द्र र सरोजले बिरामिको फर्म आफैले भरिदिए र सहि छाप लगाउन लगाए बिरामिको शरीर पुरै गनाउने भएको थियो घाउ सडेर तेस्को पर्वाहा नगरी बीरेन्द्र र सरोज र मृत्युनजय झाले बोकेर बेडसम्म बिरामिलाई पुर्याए पछि समाजसेबी अभा अनुपमा युवा अभियन्ता बिनोद चाहार बीरेन्द्र सरोजले मिलेर घाउ सफा गतिदिए अस्पतालको एक कर्मचारिको सहयोगमा र सफा कपडा पनि लगाईदिए।

    केही बोल्न नसक्ने युवाले सर्सफाईपछि खानेकुरा खाए र खुशी हुँदै भने तपाईहरुलाई धन्यवाद अब म बाच्छु है?

    युवाले आफ्नो घर ओखलढुंगा र नाम शंकर मगर बताईरहेको छ। मगर १५ दिन अघिदेखि अस्पतालको आकस्मिक कक्ष अगाडी वेवारिसे अवस्थामा थिए। भारतको हरियाणाबाट फर्कने क्रममा आफूलाई चोट लागेको बताउने वेवारिसे व्यक्तिले भारतमा रहँदा कुल्लीको काम गरेको बताएका थिए ।

    कोशी अस्पतालका अर्थाेपेडिक सर्जन डाक्टर यज्ञराज खरेलका अनुसार विरामीको खुट्टा काटेर फाल्नु पर्ने अवस्था रहेको बताए।

    बिरेन्द्रकुमार साहले यस अघि २ जना क्यानसर पिडित र थुप्रै बिरामिलाई सफल उपचार गराईसकेका छन् भने सरोज एक समाजिक अभियन्ताको रुपमा बिराटनगरमा सामाजिक क्षेत्रमा सकृय छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १२ गतेको राशिफल

    आज असोज १२, २०८२ (सेप्टेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज ११ गतेको राशिफल

    आज असोज ११, २०८२ (सेप्टेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सबै नेताको सम्पत्ति छानबिन गर्ने आयोग बनाइने: प्रचण्ड

    काठमाडौं, असोज १० – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै नेताको सम्पत्ति छानबिन...

    दुर्गा प्रसाईँले अस्वीकारे प्रधानमन्त्रीको अफर: जेनजी आन्दोलनपछि प्रस्ताव आएको दाबी

    काठमाडौं, असोज १० – मेडिकल व्यवसायी र नागरिक अधिकारकर्मी दुर्गा प्रसाईँले जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्री...

    जेनजीका माग सही, तर विध्वंस स्वीकार्य छैन: ओली

    भक्तपुर, असोज १० – नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको मागहरू गलत...