News Portal

स्थानिय नेताको किचलोको कारण कार्यक्रम स्थगित !

हिमाली संचार संवाददाता
७०९ पटक

मोरङ, २० साउन : जि पि कोइराला अध्यायन केन्द्र मोरङले गर्ने भनिएको बिचार गोष्टी स्थगित भएको छ । गिरिजा बाबुले देखाएको बाटो र वर्तमान समयमा युवाहरुको भुमिका भन्ने विष्यमा जि पी कोइराला अध्यायन केन्द्र मोरङले आज सोमवार गर्ने भनिएको विचार गोष्टी अन्तिम समयमा आएर स्थकीत भएको हो ।

कार्यक्रमको सबै तयारी भएको नेताहरु पनि आउदै गरेका तर एक्कासी ५ दिन अघि मृत्यू भएका तरुण क्षेत्रिय उपाध्यक्ष पोष्ण कुमार मल्लको कारण देखाउदै कार्यक्रम स्थकीत भएको जनाईएको छ। यता नगर सचिव दुर्गा भट्टराईका अनुसार शोकका कारण स्थकीत भएको र शोक पछि चाडै कार्यक्रम गर्ने बताए ।

कार्यक्रमको सबै तयारी भएको थियो तर पाटिका जिम्मेवार ब्याक्तीले कार्यक्रम स्थकीत भएको भन्दै नेता बक्ताअरुलाई सुचना गरेछन त्यसैले कार्यक्रमको अघिल्लो दिन एकासी नेताहरुले अन्यन्त्र कार्यक्रम तय गरेको जानकारी पाएको कार्यक्रम संयोजक तथा जि पि कोइराला अध्यायन केन्द्र मोरङका सभापति सुविन पराजुलीले बताए ।

कार्यक्रममा धनराज गुरुङ र चन्द्र भण्डारीको आफ्नौ जिल्लामा कार्यक्रम भएकाले आउन नभ्याउने जानकारी गराउनु भयो यता गगन थापालाई भने कार्यक्रम स्थकीत भएको भनेर झुटो सुचना पुगेको रहेछ पराजुलीले बताए ।

सम्बभता पथरीशनिश्चरेमा यो नै ठुलो कार्यक्रम हुन लागेको थियो । पाटिको आन्तरीक किचलो, गुट र उप गुटका कारण कुनै पनि कार्यक्रम हुन सकेको छैन । लामो समय सम्म कुनै कार्यक्रम नभएकाले उदाउदा जुझारु युवा नेता तथा जि पि अध्यायन केन्द्र मोरङका सभापति सुविन पराजुली, रोशन पराजुली, गिरिस सावाले नगर कार्यसमितीको समन्यमा कार्यक्रम तय गरेका थिए ।

नेकपाले जरो गडोको ठाउमा काग्रेसका श्रीश नेता शशंक कोइराला, गगन थापा, प्रदिप पौडे्ल, गुरुराज घिमिरे, बद्रि पाण्डे, जिवन परियार र कुन्दन काफ्ले आउने भएका थिए। बिना जानकारी कार्यक्रम स्थगित भए पछि स्थानिय नेतामा खैला बैला मचिएको छ ।

आयोजकले आइतबार दिनको १२ बजे सम्म बजारमा झन्डा गाड्दै आएको तर एक्कासी कसैको श्वार्थका लागि कार्यक्रम स्थकीत भएको स्थानीय कार्यकर्ताको बुझाई रहेको छ। कार्यक्रममको लागि शशांक कोइरालालाई लिन जानु भएको पाटि जिल्ला सचिव नागेस कोईराला मार्फत कार्यक्रम स्थकित भएकोे भन्ने कुरा थाहा भएको तर के कति कारणले स्थकित भएको थाहा नभएको अर्का जिल्ला सचिव मोदराज घिमिरेले बताए ।

तर युवा भाइहरुले गरेको कार्यक्रम पुर्ण तयारी भएको थियो हामी जिल्लाका सबै सहभागि हुने तयारी थियो यसरी स्थकित हुदा पाटिलाई ठुलो घाटा भएको धिमिरेले बताए । कार्यक्रम के कति कारणले रोकिएको भन्ने बिषयमा स्थानिय नेता तथा कार्यकर्ताहरुमा समेत जानकारी छैन ।

एक कार्यकर्ताले नाम गोप्य राख्ने सर्तमा भने “कार्यक्रमको सबै तयारी पुरा भएको र नेताहरु पनि आउने तयारी भएको थियो केहि नेता हिडी सकेका थिए तर पुर्व महाधिबेशन प्रतिनिधी केशव दुलालले आफुलाई कार्यक्रमका विषयमा सोधि खोजि नगरेको भन्दै आउने नेताहरुलाई रोकेको बुझन्मा आकोछ ।”

जव स्थानिय स्तरमा कार्यक्रम र चुनावहरु हुने गर्छ तव गाँउ पस्ने गरेका दुलाल आफु निकटकालाई सहयोग गर्ने र मन नपरेका पाटिकै कार्यकर्तालाई हराउने गरेका स्थानियको आरोप छ। यता दुलालसंग संम्पर्क गर्दा आफुलाई सो कायक्र्रमको विषयमा केहि थाहाँ नभएको बताए। आफुले कार्यक्रमको बारेमा र बजारमा उठेका नकरात्मक टिपणीको विषयमा पत्रकार मार्फत जानकारी भएको बताए।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...