News Portal

  • स्थानिय नेताको किचलोको कारण कार्यक्रम स्थगित !

    हिमाली संचार संवाददाता
    ६१९ पटक

    मोरङ, २० साउन : जि पि कोइराला अध्यायन केन्द्र मोरङले गर्ने भनिएको बिचार गोष्टी स्थगित भएको छ । गिरिजा बाबुले देखाएको बाटो र वर्तमान समयमा युवाहरुको भुमिका भन्ने विष्यमा जि पी कोइराला अध्यायन केन्द्र मोरङले आज सोमवार गर्ने भनिएको विचार गोष्टी अन्तिम समयमा आएर स्थकीत भएको हो ।

    कार्यक्रमको सबै तयारी भएको नेताहरु पनि आउदै गरेका तर एक्कासी ५ दिन अघि मृत्यू भएका तरुण क्षेत्रिय उपाध्यक्ष पोष्ण कुमार मल्लको कारण देखाउदै कार्यक्रम स्थकीत भएको जनाईएको छ। यता नगर सचिव दुर्गा भट्टराईका अनुसार शोकका कारण स्थकीत भएको र शोक पछि चाडै कार्यक्रम गर्ने बताए ।

    कार्यक्रमको सबै तयारी भएको थियो तर पाटिका जिम्मेवार ब्याक्तीले कार्यक्रम स्थकीत भएको भन्दै नेता बक्ताअरुलाई सुचना गरेछन त्यसैले कार्यक्रमको अघिल्लो दिन एकासी नेताहरुले अन्यन्त्र कार्यक्रम तय गरेको जानकारी पाएको कार्यक्रम संयोजक तथा जि पि कोइराला अध्यायन केन्द्र मोरङका सभापति सुविन पराजुलीले बताए ।

    कार्यक्रममा धनराज गुरुङ र चन्द्र भण्डारीको आफ्नौ जिल्लामा कार्यक्रम भएकाले आउन नभ्याउने जानकारी गराउनु भयो यता गगन थापालाई भने कार्यक्रम स्थकीत भएको भनेर झुटो सुचना पुगेको रहेछ पराजुलीले बताए ।

    सम्बभता पथरीशनिश्चरेमा यो नै ठुलो कार्यक्रम हुन लागेको थियो । पाटिको आन्तरीक किचलो, गुट र उप गुटका कारण कुनै पनि कार्यक्रम हुन सकेको छैन । लामो समय सम्म कुनै कार्यक्रम नभएकाले उदाउदा जुझारु युवा नेता तथा जि पि अध्यायन केन्द्र मोरङका सभापति सुविन पराजुली, रोशन पराजुली, गिरिस सावाले नगर कार्यसमितीको समन्यमा कार्यक्रम तय गरेका थिए ।

    नेकपाले जरो गडोको ठाउमा काग्रेसका श्रीश नेता शशंक कोइराला, गगन थापा, प्रदिप पौडे्ल, गुरुराज घिमिरे, बद्रि पाण्डे, जिवन परियार र कुन्दन काफ्ले आउने भएका थिए। बिना जानकारी कार्यक्रम स्थगित भए पछि स्थानिय नेतामा खैला बैला मचिएको छ ।

    आयोजकले आइतबार दिनको १२ बजे सम्म बजारमा झन्डा गाड्दै आएको तर एक्कासी कसैको श्वार्थका लागि कार्यक्रम स्थकीत भएको स्थानीय कार्यकर्ताको बुझाई रहेको छ। कार्यक्रममको लागि शशांक कोइरालालाई लिन जानु भएको पाटि जिल्ला सचिव नागेस कोईराला मार्फत कार्यक्रम स्थकित भएकोे भन्ने कुरा थाहा भएको तर के कति कारणले स्थकित भएको थाहा नभएको अर्का जिल्ला सचिव मोदराज घिमिरेले बताए ।

    तर युवा भाइहरुले गरेको कार्यक्रम पुर्ण तयारी भएको थियो हामी जिल्लाका सबै सहभागि हुने तयारी थियो यसरी स्थकित हुदा पाटिलाई ठुलो घाटा भएको धिमिरेले बताए । कार्यक्रम के कति कारणले रोकिएको भन्ने बिषयमा स्थानिय नेता तथा कार्यकर्ताहरुमा समेत जानकारी छैन ।

    एक कार्यकर्ताले नाम गोप्य राख्ने सर्तमा भने “कार्यक्रमको सबै तयारी पुरा भएको र नेताहरु पनि आउने तयारी भएको थियो केहि नेता हिडी सकेका थिए तर पुर्व महाधिबेशन प्रतिनिधी केशव दुलालले आफुलाई कार्यक्रमका विषयमा सोधि खोजि नगरेको भन्दै आउने नेताहरुलाई रोकेको बुझन्मा आकोछ ।”

    जव स्थानिय स्तरमा कार्यक्रम र चुनावहरु हुने गर्छ तव गाँउ पस्ने गरेका दुलाल आफु निकटकालाई सहयोग गर्ने र मन नपरेका पाटिकै कार्यकर्तालाई हराउने गरेका स्थानियको आरोप छ। यता दुलालसंग संम्पर्क गर्दा आफुलाई सो कायक्र्रमको विषयमा केहि थाहाँ नभएको बताए। आफुले कार्यक्रमको बारेमा र बजारमा उठेका नकरात्मक टिपणीको विषयमा पत्रकार मार्फत जानकारी भएको बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १२ गतेको राशिफल

    आज असोज १२, २०८२ (सेप्टेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज ११ गतेको राशिफल

    आज असोज ११, २०८२ (सेप्टेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सबै नेताको सम्पत्ति छानबिन गर्ने आयोग बनाइने: प्रचण्ड

    काठमाडौं, असोज १० – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै नेताको सम्पत्ति छानबिन...

    दुर्गा प्रसाईँले अस्वीकारे प्रधानमन्त्रीको अफर: जेनजी आन्दोलनपछि प्रस्ताव आएको दाबी

    काठमाडौं, असोज १० – मेडिकल व्यवसायी र नागरिक अधिकारकर्मी दुर्गा प्रसाईँले जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्री...

    जेनजीका माग सही, तर विध्वंस स्वीकार्य छैन: ओली

    भक्तपुर, असोज १० – नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको मागहरू गलत...