News Portal

दुई तिहाईको आडमा सरकार निरंकुश बन्दै गयो : सभापति देउवा

हिमाली संचार संवाददाता
४०६ पटक

भक्तपुर-नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान नेकपाको सरकार दुई तिहाईको आडमा निरंकुश बन्दै गएको आरोप लगाएका छन् ।शनिबार भक्तपुरको कौशलटारमा लेखक दिपेन्द्रराज गिरीको पुस्तक विधाताको विमोचन गर्दै सभापति देउवाले भने ‘प्रधानमन्त्री केपी शर्मा ओलीले सबै शक्ति हातमा लिएर निरंकुश बन्दै गए ।

प्रधानमन्त्रीले सेना, प्रहरीलाई आफू माHतहत ल्याउन खोजेको र स्वतन्त्र न्यायालयमा समेत हस्तक्षेप गर्न थालेको आरोप सभापति देउवाको छ ।  देश र जनताको सेवामा लाग्नु पर्ने सेना,प्रहरी, कर्मचारीलाई सरकारले पार्टीको गुलाम जस्तो बनाएको भन्दै उनले भने ‘तपाईहरु राष्ट्र सेवकहरु हो, तपाईंहरु कुनै सत्ता प्राप्त गर्ने पार्टीको गुलाम बन्ने होइन, व्यवसायिक भएर देश र जनताको सेवा गर्ने हो ।’

‘तपाईहरुलाई नेकपाले तलब ख्वाएको होइन, जनताको करबाट तलब खाने तपाईहरुले जनताकै पक्षमा काम गर्नुस्, साथमा हामी छौं,’ सभापति देउवाले भने ।  पार्टीका नेता तथा कार्यकर्तालाई लोकतन्त्रमाथि चुनौतिपूर्ण अवस्था आएको भन्दै त्यसविरुद्ध संघर्षका लागि तयार रहन निर्देशन दिएका छन् ।

सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको बताउँदै उनले कांग्रेसलाई लोकतन्त्र माथिको हस्तक्षेप अस्वीकार्य रहेको उल्लेख गरे ।  प्रेस स्वतन्त्रताको महत्वपूर्ण जग र नागरिकको महत्वपूर्ण अधिकार नै प्रेस भएपनि सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्न खोजेको समेत उनको भनाई छ ।

‘सरविधानलाई मिच्दै जनताका हक अधिकार कुण्ठित गर्दै गए संसदमा संर्घषरत प्रमुख प्रतिपक्षी दल कांग्रेस सडकमा समेत संघर्ष गर्न बाध्य हुने छ’ देउवाले भने । कार्यक्रममा कांग्रेस नेता विश्वप्रकाश शर्मा, गगन थापा, पूर्व सभामुख दमननाथ ढुंगाना, प्रा.डा.गोबिन्दराज पोखरेल, कांग्रेस जिल्ला सभापति दुर्लभ थापा लगायतले पुस्तकको चर्चा गर्दै अब देशमा कुनै पनि प्रकारको युद्ध होइन शान्ति र समृद्धि चाहिएको बतास्रोतहरू खुलाइएका बाहेक रातोपाटीमा प्रकाशित सम्पूर्ण सामग्रीहरू डिस्कवरी न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...