News Portal

दुई तिहाईको आडमा सरकार निरंकुश बन्दै गयो : सभापति देउवा

हिमाली संचार संवाददाता
४५६ पटक

भक्तपुर-नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान नेकपाको सरकार दुई तिहाईको आडमा निरंकुश बन्दै गएको आरोप लगाएका छन् ।शनिबार भक्तपुरको कौशलटारमा लेखक दिपेन्द्रराज गिरीको पुस्तक विधाताको विमोचन गर्दै सभापति देउवाले भने ‘प्रधानमन्त्री केपी शर्मा ओलीले सबै शक्ति हातमा लिएर निरंकुश बन्दै गए ।

प्रधानमन्त्रीले सेना, प्रहरीलाई आफू माHतहत ल्याउन खोजेको र स्वतन्त्र न्यायालयमा समेत हस्तक्षेप गर्न थालेको आरोप सभापति देउवाको छ ।  देश र जनताको सेवामा लाग्नु पर्ने सेना,प्रहरी, कर्मचारीलाई सरकारले पार्टीको गुलाम जस्तो बनाएको भन्दै उनले भने ‘तपाईहरु राष्ट्र सेवकहरु हो, तपाईंहरु कुनै सत्ता प्राप्त गर्ने पार्टीको गुलाम बन्ने होइन, व्यवसायिक भएर देश र जनताको सेवा गर्ने हो ।’

‘तपाईहरुलाई नेकपाले तलब ख्वाएको होइन, जनताको करबाट तलब खाने तपाईहरुले जनताकै पक्षमा काम गर्नुस्, साथमा हामी छौं,’ सभापति देउवाले भने ।  पार्टीका नेता तथा कार्यकर्तालाई लोकतन्त्रमाथि चुनौतिपूर्ण अवस्था आएको भन्दै त्यसविरुद्ध संघर्षका लागि तयार रहन निर्देशन दिएका छन् ।

सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको बताउँदै उनले कांग्रेसलाई लोकतन्त्र माथिको हस्तक्षेप अस्वीकार्य रहेको उल्लेख गरे ।  प्रेस स्वतन्त्रताको महत्वपूर्ण जग र नागरिकको महत्वपूर्ण अधिकार नै प्रेस भएपनि सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्न खोजेको समेत उनको भनाई छ ।

‘सरविधानलाई मिच्दै जनताका हक अधिकार कुण्ठित गर्दै गए संसदमा संर्घषरत प्रमुख प्रतिपक्षी दल कांग्रेस सडकमा समेत संघर्ष गर्न बाध्य हुने छ’ देउवाले भने । कार्यक्रममा कांग्रेस नेता विश्वप्रकाश शर्मा, गगन थापा, पूर्व सभामुख दमननाथ ढुंगाना, प्रा.डा.गोबिन्दराज पोखरेल, कांग्रेस जिल्ला सभापति दुर्लभ थापा लगायतले पुस्तकको चर्चा गर्दै अब देशमा कुनै पनि प्रकारको युद्ध होइन शान्ति र समृद्धि चाहिएको बतास्रोतहरू खुलाइएका बाहेक रातोपाटीमा प्रकाशित सम्पूर्ण सामग्रीहरू डिस्कवरी न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...