News Portal

  • नेपाल मेडिकल काउन्सिलको परीक्षामा २४ प्रतिशत डाक्टर मात्रै उतीर्ण

    हिमाली संचार संवाददाता
    ४९१ पटक

    २७ साउन, काठमाडौं – नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा २४.४ प्रतिशत मात्र उतीर्ण भएका छन् । ७७६ जना एमबीबीएस पास गरेका चिकित्सकहरुले दिएको लाइसेन्स परीक्षामा जम्मा १८९ जनामात्र पास भएका छन् ।

    ‘यो नजितालाई हेर्दा धेरे विद्यार्थी फेल भएको देखिएपनि वर्षभरीको नतिजालाई आधार मान्दा नेपालमा वाषिर्क ६० देखि ७० प्रतिशत विद्यार्थी पास भएकै देखिन्छ । जुन आफैमा नराम्रो नतिजा हैन ।’ नेपाल मेडिकल काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले भने ।

    यद्यपि, यस पटक सामेल भएका अधिकांश विद्यार्थी पुराना व्याचको -छ वर्ष अगाडि देखिएकोे) भएकोले पनि नतिजा राम्रो नआएको हुनसक्ने काउन्सिलले जनाएको छ ।

    नेपाल मेडिकल काउन्सिलले मार्च, अगष्ट र डिसेम्बर गरी वर्षमा तीन पटक चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा लिने गर्दछ । जसमध्य डिसेम्बरमा सबैभन्दा धेरै विद्यार्थीहरुले उक्त परीक्षामा सामेल हुने गर्दछ ।

    ‘यस पटक सामेल भएका विद्यार्थीमध्य करिब चार सयदेखि पाच सय विद्यार्थी पुराना व्याच (छ वर्ष अघिको) भएकोले पनि हुनसक्छ, यति कमजोर नतिजा आएको सम्भवत यो नै पहिलो हो । यद्यपि, यसकै भरमा पढाइको गुणस्तर नै घट्यो भनेर भन्न सकिने अवस्था भने छैन ।’ काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले भने ।

    विशेषगरी, विद्यार्थीको संख्या, पढाइको स्तर तथा विद्यार्थीको क्षमताले पनि नतिजामा असर पार्ने हुँदा प्रतिशतका हिसाबले पनि यस पटकको नतिजा अहिलेसम्मकै कमजोर देखिएको उनले बताए ।

    उनका अनुसार काउन्सिलले यस भन्दा अगाडि ०७४ साल मंसिर १६ गते लिएको परीक्षामाजम्मा ३९ प्रतिशतमात्र उत्तीर्ण भएका थिए । जुन यसभन्दा अगाडिको सबैभन्दा कमजोर नतिजा हो ।

    बिडीएसमा ५७ प्रतिशत उतीर्ण

    यस्तै, काउन्सिलले शनिवार लिएको बीडीएस तर्फको परीक्षामा भने ५७.५ प्रतिशत विद्यार्थी पास भएका छन् ।

    जम्मा १२७ जना परीक्षार्थी सामेल उक्त परीक्षामा ७३ जना (५७.४८प्रतिशत) जना पास भएको काउन्सिलले जनाएको छ ।

    यो नतिजासँगै काउन्सिलले हिजो लिएको दुवै परीक्षामा पास हुनेको संख्या जम्मा २९ प्रतिशत रहेको पाइएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ १६ गतेको राशिफल

    आज भदौ १६, २०८२ (सेप्टेम्बर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कालोमोसोको धम्कीपछि यातायात विभागमा प्रहरी परिचालन

    काठमाडौँ, भदौ १५ – अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयको विरोधमा कालोमोसोको धम्की...

    मोदी–ओली भेट: नेपाल–भारत सम्बन्ध ‘गहिरो र विशेष’ भन्दै मोदीले जोड दिए

    काठमाडौं, १५ भदौ – चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र...

    परीक्षा नदिने बहानामा बमको हल्ला, युवक पक्राउ

    काठमाडौं, भदौ १५ – काठमाडौं उपत्यकामा बम राखिएको भन्दै प्रहरीले कन्ट्रोल रुममा फोन गरेर आतंक...

    ९ कार्यालयबाट इम्बोस्ड नम्बर जडान, असोज १ देखि थप ७ कार्यालयमा सेवा

    काठमाडौं, भदौ १५ – सरकारले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेपछि देशभर यस प्रणालीलाई विस्तार...