News Portal

जाजरकोटका पहिरो पिडितलाई काँग्रेस नेता खड्काले गरे २ लाख ७० हजार राहत सहयोग

हिमाली संचार संवाददाता
१८८३ पटक

साउन २७,जाजरकोट – नेपाली काँग्रेस जाजरकोटका नेता एवं समाजसेवी रत्नबहादुर खड्काले जाजरकोटका पहिरो पिडीत परिवारलाई राहत रकम प्रदान गरेका छन ।गएको साउन २० गते जाजरकोट सदरमूकाम खलंगामा पहिरोमा परि ज्यान गुमाएका ९ जनाका पिडित परिवारलार्ई प्रति मृतक ३० हजारका दरले २ लाख ७० हजार राहत रकम प्रदान गरेका हुन ।

पहिरोका कारण विस्थापित भएर स्थानीय ठाँटीबजार स्थित वृद्धाश्रममा बस्दै आएका पिडीतलाई एक कार्यक्रमका विच जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेत र काँग्रेस नेता खड्काले संयुक्त रुपमा राहत हस्तान्तरण गरेका हुन ।

पहिरोमा परि मृत्यु भएका भेरी नगरपालिका ६ गंगटियाका लालवहादुर लुहारकी श्रीमति सितला लुहार छोरीहरु भगवती, रन्जना र मनिषाको लागि प्रति मृतक ३० हजारका दरले एक लाख २० हजार, कुशे गाउँपालिका ५ खुर्पा घर भइ नलगाड नगरपालिका ३ करुवाका गोविन्द परियार र दसरथ परियारको लागि उनीहरुको दिदी सुरीता परियारलाइ ६० हजार , कुशे गाउँपालिका ६ भार्माका नवीन परियारको लागि उनका वुवा कृष्ण परियालाइ ३० हजार तथा सोहि गाउँपालिकाको वडा नम्वर ५ नाउलीखेतका नरेन्द्र परियारको लागि उनका वुवा प्रेम परियारलाइ ३० हजार गरि ९ जनाका पिडित परिवारलाइ खड्काले २ लाख ७० हजार नगद सहयोग गरेका हुन ।

कार्यक्रमा प्रमुख जिल्ला अधिकारी वस्नेतले राज्यले गर्नुपर्ने सहयोग खड्काले गरेर ठुलो गुण लगाएको बताए ।

राहत वितरण कार्यक्रममा काँग्रेस महासमिती सदस्य समेत रहेका खड्काले पहिरोमा परि ९ जनाको ज्यान गएको घटनाले आफू स्तब्ध भएको बताउदै राहत प्रदान गरेको बताए । उनले विगत देखीनै जाजरकोटी जनताको सुख, दुखमा साथ दिदै आएको र आगमी दिनमा पनि साथ दिने बचन दिए । धन भन्दा पनि पिडितहरुको दुखेको मन ठुलो भएकोले आफुले आफनो कमाइको रकमवाट उनीहरुलाइ यो सहयोग गरेको हु ,भने ।

कार्यक्रमा उपस्थित स्थानीयहरुले सरकार र सवै सरोकारवाला निकाय मिलेर खलंगालाइ पहिरोको जोखिमवाट जोगाउने उपाय गर्नुपर्ने माग राखेका थिए ।

निर्माण व्यवसायी सहेत रहेका रत्नबहादुर खड्काले जाजरकोटका विभिन्न ठाउँमा आफ्नो जिम्मेवारीमा रहेको सडक निर्माणको काम उत्कृष्ठ गरेको भन्दै स्थानीयवाट प्रशंसा समेत हुने गरेको छ ।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...