News Portal

संसदीय समितिको नेतृत्वका लागि निर्वाचन प्रक्रिया शुरु

संवाददाता
५४५ पटक

प्रदेश नं ५ को प्रदेशसभाको संसदीय समितिको नेतृत्वका लागि प्रदेशसभामा निर्वाचन प्रक्रिया शुरु भएको छ ।

प्रदेशसभामा मंगलबार भएको समितिको सभापतिका लागि भएको मनोनयनमा तीन वटा संसदीय समितिमा नेतृत्व चयन भएको छ । प्रदेशसभामा छ वटा संसदीय समितिमध्ये मंगलबार मनोनयन दर्ता गर्ने क्रममा एक÷एक जनाको मात्रै मनोनयन दर्ता भएपछि तीन वटा समितिको नेतृत्व निर्विरोध चयन भएको हो । बाँकी तीनवटा समितिका लागि आज मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

तीनवटा समितिमध्ये सार्वजनिक लेखा समितिमा प्रतिपक्षी दलका डिल्लीबहादुर चौधरी सर्वसम्मत निर्वाचित भएका छन ।
यस्तै सत्तापक्षबाट अर्थ उद्योग तथा पर्यटन समितिमा नेकपाका दधिराम न्यौपाने र भौतिक पूर्वाधार तथा विकास समितिमा आशा स्वर्णकार निर्विरोध भएका छन् ।

प्रदेश मामिला तथा कानून समिति, सामाजिक विकास समिति र कृषि, वन तथा वातावरण समितिका लागि आज मनोनयन दर्ता हुँदैछ । आज मनोनयन हुने तीनवटै समितिमा पनि कसलाई सभापति बनाउने भन्ने टुंगो सत्तापक्षले लगाएको नेकपा संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले जानकारी दिए ।

उनका अनुसार प्रदेश मामिला तथा कानून समितिमा सत्तापक्षीय दामाकुमारी शर्मा र सामाजिक विकास समितिको सभापतिमा दीर्घनारायण पाण्डेले मनोनयन दर्ता गराउनु हुनेछ भने संघीय समाजवादी फोरमका तर्फबाट कृषि, वन तथा वातावरण समितिमा विजयबहादुर यादवले मनोनयन पत्र दर्ता गराउने सहमति भएको छ ।

प्रदेश नं ५ मा नेकपाका ६१ प्रदेशसभा सदस्य रहेका छन् भने विपक्षी नेपाली काँग्रेसका १९ र फोरमका पाँच, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चाका एक÷एक जना सदस्य रहेका छन्

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा...