News Portal

प्रणामी सहकारीमा खातै छैन, त्यहाँ पैसा कसरी आयो : पुर्वमन्त्री बस्नेत

सहकारीमा पुर्वमन्त्री बस्नेतको नाममा कुनै खाता छैन : सिइओ थापा

हिमाली संचार संवाददाता
८३३ पटक

काठमाडौं, ४ साउन : नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले आफ्नो चरित्र हत्या गर्ने गरी केही संचारमाध्यममा भ्रमपूर्ण समाचार आएको प्रति आपत्ति व्यक्त गरेका छन् ।

उनले प्रणामी बचत तथा ऋण सहकारी संस्थामा आफ्नो नाममा कुनै खाता नरहेको स्पष्ट पारेको छन् । ‘त्यो सहकारी संस्थामा मेरो कुनैपनि खाता छैन। मेरो परिवारको नाममा समेत खाता छैन, ,’खाता नभएपछि मेरो नाममा पैसा हुने कुरै भएन।’ उनले भने, मेरो चरित्र हत्या गर्न भ्रमपूर्ण समाचार छापियो ।

‘जहाँ विकृति विसंगती छन् त्यो हटाउनुपर्छ भनेर मन्त्री पदमा हुदाँ र नहुदाँ मैले उठाएका आवाजलाई निस्तेज गर्ने दुस्प्रयास मात्र हो। म लोकतान्त्रिक विधिमा विश्वास राख्ने भएकाले अहिले सरकारले निशाना बनाएको छ’ उनले भने ।

सहकारीमा पुर्वमन्त्री बस्नेतको नाममा कुनै खाता छैन : सिइओ थापा

जुन सहकारीमा पूर्वमन्त्रीको खाता छ भन्ने हल्ला आएको छ त्यो सहकारीका कार्यकारी अधिकृतले नै बस्नेतको नाममा कुनै खाता नरहेको र पैसा समेत नभएको बताएका छन्।

प्रणामी बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत दीपक बिक्रम थापाले संचारमाध्यममा आएको जस्तो आफ्नो सहकारीमा बस्नेतको कुनै खाता नभएको स्पष्ट पारेका छन् ।

आफ्नो सहकारीको ब्यालेन्ससीटको आकारनै ६० करोड भन्दा कम रहेको बताउँदै उनले यति धेरै रकम एकै व्यक्तिको नाममा सहकारीमा जम्मा हुनै नसक्ने बताए ।

हाम्रो सहकारीमा उहाँ र उहाँको परिवारको खाता छैन,’उनले भने । थापाले सहकारीका सिद्धान्तलाई आत्मसाथ गर्दै कारोबार गर्दै आएको बताए ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...