News Portal

  • बाढीपीडितहरु राहतको पर्खाइमा, मुख्यमन्त्री राउतको भने अर्कै धन्दा

    हिमाली संचार संवाददाता
    ४४५ पटक

    जनकपुर– प्रदेश २ मा आएको अविरल वर्षाका कारण आएको बाढीले जनता पीडामा रहेको बेला सो प्रदेशका मुख्यमन्त्री लालबाबु राउत भने साइकल वितरणतिर लागेका छन् ।  बाढी पीडितहरु एक छाक खान नपाएर राहतको पखाईमा रहेको बेला मुख्यमन्त्री राउत राहतको सट्टा बाढी प्रभावित क्षेत्रमा गएर साइकल वितरण गरिरहेका छन् । उनको यो शैली देखेर सर्वसाधारण अचम्ममा परेका छन् ।
    आर्थिक वर्ष २०७५/०७६ को असार मसान्तसम्ममा पनि विभिन्न योजनाका चेक वितरण र प्रदेश नम्बर २ को ८ वटै जिल्लामा गत आर्थिक वर्षकै साईकल वितरणमा उनी लागेका हुन् ।  असार मसान्तमै आएको अविरल वर्षाका कारण आएको बाढीले गर्दा सबैभन्दा बढी मानिसको निधन प्रदेश २ मा नै भएको छ । सैकडौँ घरपरिवार विहीन भएको अवस्थामा मुख्यमन्त्री राउतले राहत भने पुनःस्र्थापनातिर ध्यान नदिइ गत आर्थिक वर्षको बजेट सकाउन पनि साइकल वितरणमा लागेका छन् ।

    त्यस्तो त उनकै सरकारका केही मन्त्रीहरु जनकपुरको होटलमा बसेर बिल भर्पाई मिलाउँदै चेक वितरण गरेको भिडियो फेसबुकमा भाइरल भएको छ । र, आज मुख्यमन्त्री राउतले गरेको कामले पनि धेरैलाई आश्चर्यमा पारेको छ ।  बाढी पीडितले प्रदेश सरकारको कुनै पनि किसिमको अनुभूति नै गर्न नसकेको गुनासो बाढी पीडितहरुको छ ।

    आर्थिक मसान्तको कार्य सम्पन्न भएलगत्तै बाढी पीडित माथि गम्भिर रहेको देखाउनका लागि रौतहटमा करिब २ करोड रकम बराबरको राहत वितरण गरेपनि मुख्यमन्त्री राउतले अन्यत्र जिल्लाका बाढी पीडितको अवस्था समेत बुझ्न आवश्यकता ठानेका छैनन् । उनले शुक्रबार महोत्तरीको निगौलमा छात्रालाई केहि थान साईकल वितरण गरेका छन् । अहिले ती विद्यार्थीलाई साइकल होइन, खाने दाना र बस्ने घर चाहिएको थियो ।

    मुख्यमन्त्री राउत जनताप्रति असंवेदनशील देखिएको प्रा.डा. भोगेन्द्र झा बताउँछन् । प्रा.डा.भोगेन्द्र झाले समय सापेक्षताअनुसार प्रदेश सरकारले बाढी पीडितको लागि देखाउनुपर्ने तदारुकता नदेखाएको र बजेट समापनतर्फ लाग्नुले मुख्यमन्त्री राउतमा संवेदनशीलता नरहेको टिप्पणी गरे । उनले समय सापेक्षताअनुसार जनतासँग हिड्न नसक्नाले प्रदेश सरकार शून्यताको अवस्थामा रहेको बताए ।

    बाढी पीडितहरु अहिले पनि पानी पर्ने त्रासदीको अवस्थामा रहेको बेला गाँस र बाँस खोज्दैछन् । तर मुख्यमन्त्री राउतमा भने बजेटको चटारो अहिलेसम्म पनि देखिनु दुःखद अवस्था रहेको जनकपुर ४ का पुरुषोत्तम साह बताउँछन् ।

    त्यस्तै प्रदेशसभाका सदस्य रामचन्द्र मण्डलले बाढी पीडितको अवस्थाप्रति मुख्यमन्त्री राउत गम्भिर नरहेको बताए । प्रदेशसभा सदस्य मण्डलले बाढी पीडितको समस्या र अवस्था बुझेर प्रदेश सरकारले राहत वितरण तथा सान्त्वनाका लागि कार्य गर्नुपर्ने बेलामा साईकल वितरणतर्फ जोड दिनुले गलत अर्थ लागेको बताए ।

    तत्काल प्रदेश सरकारले साईकल वितरण लगायतका कार्य रोकेर बाढी पीडित जनतालाई राहत वितरण तथा पुनःस्थापनातर्फ ध्यान दिनु जरुरी रहेको बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १२ गतेको राशिफल

    आज असोज १२, २०८२ (सेप्टेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज ११ गतेको राशिफल

    आज असोज ११, २०८२ (सेप्टेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सबै नेताको सम्पत्ति छानबिन गर्ने आयोग बनाइने: प्रचण्ड

    काठमाडौं, असोज १० – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै नेताको सम्पत्ति छानबिन...

    दुर्गा प्रसाईँले अस्वीकारे प्रधानमन्त्रीको अफर: जेनजी आन्दोलनपछि प्रस्ताव आएको दाबी

    काठमाडौं, असोज १० – मेडिकल व्यवसायी र नागरिक अधिकारकर्मी दुर्गा प्रसाईँले जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्री...

    जेनजीका माग सही, तर विध्वंस स्वीकार्य छैन: ओली

    भक्तपुर, असोज १० – नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको मागहरू गलत...