News Portal

अवैध हतियार सङ्कलन !

हिमाली संचार संवाददाता
६६९ पटक

रुकुमपूर्व, ३१ असार : जिल्लामा १५३ थान अवैध घरेलु भरुवा बन्दुक सङ्कलन गरिएको छ। आठ महीनाको अवधिमा जिल्लाका ३ स्थानीय तहबाट उक्त परिमाणमा बन्दुक सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तेस्रो चरणमा सङ्कलन गरिएका ४२ थान अवैध हातहतियारबारे जानकारी गराउन प्रहरीले आज पत्रकार सम्मेलन गररे सार्वजनिक गर्दै आठ महीनाको अवधिमा १५३ पुर्‍याउन सफल भएको जनाएको छ ।

तेस्रो चरणमा १४ वडा रहेका पुथा उत्तरगङ्गा गाउँपालिका–१, २, ३, ४, ७, ८ र ९ वडाबाट हतियार सङ्कलन गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी वडा नं १०, ११ र १३ बाट पनि अवैध घरेलु हतियार सङ्कलन गरिएको प्रहरीले जनाएको छ । योभन्दा अगाडि पनि अवैध घरेलु हतियार सङ्कलन गरी दुई पटक सार्वजनिक गरिसकेको छ ।

पहिलो पटक ०७५ साल मङ्सिर १२ गते ५५ थान हतियार सार्वजनिक गरिएको थियो । त्यसैगरी ०७६ साल वैशाख ८ गते ५६ थान अवैध घरेलु हातहतियार सङ्कलन गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले बताउनुभयो । – रासस

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...